समाचार

नातिकाजी सम्मान तथा पुरस्कार प्रदान

२०७२, माघ १७- आइतबार राजधानीमा नातिकाजी सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । संगीतकार नातिकाजी श्रेष्ठको ९१औं वार्षिक स्मृति दिवस सन्दर्भमा नातिकाजी स्मृति समाजद्वारा आयोजित कार्यक्रममा सो पुरस्कार तथा सम्मान प्रदान गरिएको हो । राष्ट्रपति भण्डारीबाट स्व. नातिकाजीद्वारा संगीतबद्ध देशभक्ति गीतहरूको सीडी विमोचनसमेत गरिएको थियो । राष्ट्रपति भण्डारीले कलाकार राष्ट्रका अमूल्य निधि र सम्पत्ति भएकाले नातिकाजी लगायत

नेपाल लिटरेचर फेस्टिबल भोलीसम्म

पोखरा, नेपाली साहित्यलाई प्रोत्साहन गर्ने उद्देश्यलेु एनसेलले शुक्रबारदेखि पोखरामा गरेको नेपाल लिटरेचर फेस्टिबल भोलीसम्म हुनेछ । बुकवर्म फाउन्डेसनले आयोजना गरेको चार दिने महोत्सवको समुद्घाटन लेखक तथा बेलायती गुर्खा सैनिकको अधिकारको अभियन्ता जेपीक्रसल गरे। आर्थिक विश्लेषक पिताम्बर शर्माको प्रवचनबाट महोत्सव सुरु गरिएको थियो ।महोत्सवको पाँचौ संस्करण पोखरामा गर्न पाउँदा अत्यन्तै उत्साहित छौं । हाम्रो प्रयास यो

कला नै जीविकाको आधार

हुन त कलालाई मूल्यांकन गरेर दाँज्न मिल्दैन  । कलाकारले अन्तरमन देखिको लगाव, मेहनत गरेर कुँदेको कलाको मूल्य अमूल्य हुन्छ । जीवन जिउने क्रममा यस्तै सिपलाई आधार बनाउनेहरूको जमात बढ्दो छ देशमा । मकवानपुरका केही महिलाले पनि यस्तै सिपलाई आफ्नो जीविकाको आधार बनाउने प्रयास थालेका छन् । घरैमा बसेर पनि आत्मनिर्भरताको बाटो पहिल्याउने खोजीमा जिल्लाका केही

मिनुष बनिन् मिस नर्स नेपाल

काठमाडौ÷रास– ‘युनिक्याम्पस मिस नर्स नेपाल २०७२’को उपाधि मिनुष कायस्थले जितेकी छन् । ४१ सुन्दरीलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् । उनले शीर्ष ताजसँगै सिर्जनशील बाल कल्याण केन्द्रको सद्भावना दूतसँगै अस्ट्रेलियामा छात्रवृत्तिमा पढ्ने अवसर र विभिन्न गिफ्ट ह्याम्पर पाइन् । नर्सिङ पेसामा रमाएका र भविष्य खोज्ने युवतीको प्रतिभा निखार्दै पेसा र समाजप्रति थप जिम्मेवार र

मुलुक मुस्कुराइरहेको हेर्न मन छ

माघ, २०७२- भनिन्छ, कला समय र समाजको ऐना हो र कलाकारले तिनैलाई अनेक माध्यमबाट अभिव्यक्त गर्छन् । सशस्त्र द्वन्द्वको समय चित्रकारहरूको क्यानभासमा रातो रंगको प्रधानता भेटिन्थ्यो, त्यो प्रवृत्ति अहिले कम हुँदै गएको देखिन्छ । भूकम्प र नाकाबन्दीले नागरिक चाहनालाई थिलथिलो बनाइरहेको बेला प्रधानमन्त्री केपी ओलीले भने ‘मुलुक मुस्कुराइरहेको चित्र हेर्ने’ चाहना रहेको बताएका छन् ।

नीतिकालाई मिस कलेजको ताज

काठमाडौं÷रास– ‘मिस कलेज–२०१५’ को उपाधि नीतिका कर्माचार्यले जितेकी छिन् । राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा नीतिकाले १६ प्रतिस्पर्धीलाई पछि पार्दै छैटांै संस्करणको उपाधि जितेकी हुन् । त्यस्तै, प्रतियोगिताको‘फस्ट रनर अप’ प्राची अर्याल तथा ‘सेकेन्ड रनर अप’ प्रतीक्षा बानियाँ हुन सफल भए । प्रतियोगिताको उपाधि विजेतालाई महिन्द्राको स्कुटर, साउथ वेस्टन स्टेट, क्याम्पियनलगायतका कलेजमा छात्रवृत्तिसँगै विभिन्न पुरस्कार प्रदान

वरिष्ठ कार्टुनिस्ट दुर्गा बराललाई राष्ट्रिय कलाश्री सम्मान

माघ, २०७२- नेपाली कला साहित्य डट कम प्रतिष्ठानले हरेक वर्ष दिँदै आएको कलाश्री पुरस्कार तथा सम्मानहरू शुक्रबार घोषणा गरिएको छ । यस वर्षको राष्ट्रिय कलाश्री सम्मान वरिष्ठ कार्टुनिस्ट तथा चित्रकार वात्सायान (दुर्गा बराल) लाई दिइने भएको छ । कार्टुन र चित्रमार्फत् नेपाली कला/संस्कृति सम्बद्र्धनमा अमूल्य योगदान पुर्‍याएबापत् कान्तिपुर दैनिकका वरिष्ठ कार्टुनिस्टसमेत रहेका वात्सायानलाई सम्मान गर्न

राजधानिमा नियमित स्रष्टा भेटघाट

माघ २, २०७२ अस्तित्वको कणकणमा कवित्वधारा छ । साहित्य मार्फत मानव सोचाइको सकारात्मक परिवर्तन सम्भव छ भन्ने हेतुले अनेसासको आयोजनामा राजधानिमा नियमित स्रष्टा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । साहित्यकार कृष्ण धारावासीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा मिसेस नेपाल र मिस लिम्बु नेपालका साथै ठूलो संख्यामा स्रष्टाहरुको उपस्थिती रहेको थियो ।साहित्य जीवन र जगतका लागि

रनवीर– दिपिकालाई फिल्मफेयर, ‘बाजिराव मस्तानी’ ९ विधामा उत्कृष्ट

एजेन्सी मुम्बई माघ २, २०७२- यस वर्षको फिल्मफेयर अवार्डमा रनवीर सिंह उत्कृष्ट अभिनेता र दिपिका पादुकोण उत्कृष्ट अभिनेत्री घोषित भएका छन् । रनवीरले ‘बाजिराव मस्तानी’का लागि र दिपिकाले ‘पिकु’का लागि अवार्ड पाएका हुन् । संजय लिला भन्सालीले निर्देशन गरेको ‘बाजिराव मस्तानी’ उत्कृष्ट फिल्म घोषित भयो भने यसकै लागि भन्सालीले उत्कृष्ट निर्देशकको फिल्मफेयर पाए । बाजिरावले

नेपाल प्रज्ञा भाषा पुरस्कार प्रा. डा माधवप्रसाद पोखरेल र प्रा. डा नोबल किशोर राईलाई

काठमाडौँ- नेपाल प्रज्ञा भाषा पुरस्कार प्रा. डा माधवप्रसाद पोखरेल र प्रा. डा नोबल किशोर राईलाई प्रदान गरिने भएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठानको ३०औँ प्राज्ञ सभाले उनीहरुलाई क्रमशः २०६९–७० र २०७१–७२ वर्षका लागि उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। त्यसैगरी, निर्णय अनुसार नेपाल प्रज्ञा संस्कृति, दर्शन र सामाजिक शास्त्र पुरस्कार डा.राजेन्द्रप्रसाद विमल २०६९–७०० र डा. जगमान