पद्य

पूर्ण सौन्दर्य शोभा

बदी प्रसाद दाहाल अग्ली – सग्ली , हिमशिखरकी , पूर्ण सौन्दर्य रेखा । आँखा लामा , झिमझिम गरी , पोख्छ सौन्दर्य लेखा ।। गाला हाँस्छन् , रङ-रस भरी , फुल्न थाले गुराँस । खेल्छन् पौडी , रसिक -मनमा , उल्किँदै राज-हाँस ।। ताजा ताता , अधर – तल ता , गोलकाक्री समान । मस्केकी छिन्

के गरूँ

जाऊँ कतै भनेदेखि पेट्रोलैको अकाल छ खाना पकाएर खान ग्याँसको अनिकाल छ ।। काँचै खाऊँ भनेदेखि खाद्यवस्तु नपाइने भेटिहाल्यो भनेदेखि मूल्यले मूर्छितै हुने ।। अात्मदाह गरी मर्न कहाँ इन्धन पाउने समाऊँ बिजुली तार भोल्टेजै कम आउने ।। न मर्न पाइयो साथी न यहाँ बाँच्न पाइयो जिन्दगीमा नपाएको गोता यो साल पाइयो ।। भूकम्पले भत्किएको घर

एउटा कथा भन्छु

एउटा कथा भन्छु अब गीत तिम्रो लुकेको छ जिन्दगीका सत्येसत्ये वाचा कसम लुकेको छ । बालकैमा हामी दुई कतिकति सँगै खेल्थ्यौ ? धूलामाटाँ लडीबुडी खोला हुँदी पौरी खेल्थयौ । हाँच मिलाई हामी साथी खेल्दा कति हाँसेका छौँ जिन्दगी यो रङ्गीन पार्न आकाश धर्ती नाँचेका छौँ ।