मुक्तक

मुक्तक

  हरायो मेरो बच्पन आज हरायो यसरी सँगसँगै सुन्दर जीवन हरायो यसरी । उनीसँगै खेल्दै हुर्कें प्रीय थियो साथ हाम्रो बनेको थिईन् धड्कन आज हरायो यसरी ।। भोला देवकोटा कल्लेरी धादिङ हालः सामाखुसि काठमान्डौँ

मुक्तक‬

सुष्मा खड्का, श्री आर.आर क्याम्पस छानिछेउ बुडो लौ हट्टाकट्टा बुढेसकालमा पनि पेन्सनपट्टा सरकारी जागीरे पाइछौ बधाई खुसी पाउ मलाई देको आँसु सट्टा ।।

मुक्तक

श्री बराहकालिका उमावी देशको निम्ती नेपाली मोर्न पछि पर्ने छैनांै नखोज निउ सिमा फेरी कोर्न पछि पर्ने छैनौं खबरदार भारतीय दुष्ट अनि दलालहरु परी आए डेरो आँखा फोर्न पछि पर्ने छैन

मुक्तक

कोहि भर थिएन उसको केहि आस थिएन उसको हो म मान्छु कसैप्रति विश्वास थिएन उसको मेरो दुनियामा कोहि छैन भनि आत्महत्या गरेछ के यो हावा ,पानी अनि आकाश थिएन उसकोरु

मुक्तक

तपेन्द्र घुडासैनी   यी ताराहरू जूनहरू मलिन देखिन्छन् चम्पा चमेली पनि सौन्दर्यबिहीन देखिन्छन् । यो सारा संसार फिक्का लाग्नथाल्छ जब तिम्रा श्रृड़्गारहरू रंगीन देखिन्छन् ।

मुक्तक

कोहि मान्छे बिझाउने दर्शनढुङ्गा जस्तो कोहि मान्छे नबिझाउनेफुलको थुङ्गा जस्तो कोहि मान्छे ढाट्ने कोहि फेद काट्ने हुन्छन कोहि मान्छे बर्खे भेल तारीदिने डुङ्गा जस्तो