कविता

पूर्ण सौन्दर्य शोभा

बदी प्रसाद दाहाल अग्ली – सग्ली , हिमशिखरकी , पूर्ण सौन्दर्य रेखा । आँखा लामा , झिमझिम गरी , पोख्छ सौन्दर्य लेखा ।। गाला हाँस्छन् , रङ-रस भरी , फुल्न थाले गुराँस । खेल्छन् पौडी , रसिक -मनमा , उल्किँदै राज-हाँस ।। ताजा ताता , अधर – तल ता , गोलकाक्री समान । मस्केकी छिन्

मेसिन

  सरोज सर्वहारा सौ फर्साटिकर ३ रुपन्देही हालः दक्षिण कोरिया   बाको मुखको ध्वनि सुनेर मेरो कानसम्म आईपुग्ने बतास बहँदैन यहाँ, आमाको काखको जस्तै न्यानोपन लिएर बिस्तरामै सुम्सुम्याउन पुग्ने घाम पनि आउँदैन, प्रियाको आकृती चोरेर मेरै कोठाको झ्यालबाट मलाई नै जिस्काउन आउने जूनले पनि जिस्क्याउँदैन यो मेसिनको शहरमा यहाँ ममता छर्केर हाँस्दैनन् बेलि चमेलि र

अहिले नै तिमी आयौ भने

पूर्ण विराम   अहिले नै तिमी आयौ भने यो विजनमा गोलको भारी बोकिरहेको समयभित्र मैले सुन्नु पर्ने छैन कहिले दायाँ पेटीमा कहिले बायाँ पेटीमा हाड चपाउन डेरा सार्ने गरेका ती कुकुरका आवाजहरु जसका स्वरहरुले मेरो एकान्तलाई विघट्न गरिरहेका छन् । अहिले नै तिमी आयौ भने म सुत्ने गरेको खाटले पाउने छ अनुदानमा रहने पुर्जी र

सप्तसरिता

प्रकृतिकाे वरद उपहार सप्तसरिताकाे प्रणय ग्रह,नक्षत्र र कुण्डलीकाे अनुपम संयाेग भेल हुनु पछिकाे पबित्रता मेल पश्चातकाे शालिनता यीनै हुन सप्तसरिताकाे महानता। न थकानकाे अनुभूति न विश्रामकाे अातुरता अविरल अविराम मेरा सिरा र धमनिहरूमा निसंकाेच बगिरहने सप्तसरिताकाे मायावी प्रवाह यही हाे नदीकाे विशालता यही हाे सप्तसरिताकाे महानता ।।

के गरूँ

जाऊँ कतै भनेदेखि पेट्रोलैको अकाल छ खाना पकाएर खान ग्याँसको अनिकाल छ ।। काँचै खाऊँ भनेदेखि खाद्यवस्तु नपाइने भेटिहाल्यो भनेदेखि मूल्यले मूर्छितै हुने ।। अात्मदाह गरी मर्न कहाँ इन्धन पाउने समाऊँ बिजुली तार भोल्टेजै कम आउने ।। न मर्न पाइयो साथी न यहाँ बाँच्न पाइयो जिन्दगीमा नपाएको गोता यो साल पाइयो ।। भूकम्पले भत्किएको घर

सायद

तेजविक्रम कार्की तिमीलाई ।।।। नभेटेको बर्षौ भए पनि सधै भेटिरहे झै लाग्नु आईरहनु तिम्रो मात्रै तिम्रो झझल्को आईरहनु पनि त कुनै संयोग हैन रु यसरी झरी पर्नु रुझेर फैल्याउदै यी हातहरु गुनगुनाईरहनु मात्र गुनगुनाईरहनु तिमिलाई र बेपर्वाह छुन दिनु पानीका थोपाहरुलाई यसरी सम्झिनु पनि त सम्झिनु मात्र हैन तिमीलाई ।।।।। राखेर थपक्क जुनझै एक टुक्रा