कलेजमा साहित्य

मुक्तक

  हरायो मेरो बच्पन आज हरायो यसरी सँगसँगै सुन्दर जीवन हरायो यसरी । उनीसँगै खेल्दै हुर्कें प्रीय थियो साथ हाम्रो बनेको थिईन् धड्कन आज हरायो यसरी ।। भोला देवकोटा कल्लेरी धादिङ हालः सामाखुसि काठमान्डौँ

गजल

रुपा सुनार ,लींकन कलेज खै कता गयो देशको शान हरायो विश्व सामु प्रख्यात त्यो मान हरायो पश्चिमी सस्कृतिले राज गर्न थाल्यो देशम नेपाली कला अनि लोक गान हरायो पिडामा छ देश भन्दै फैलाउदा हाथरु बिदेशिले दिएको दान हरायो अभावमा गुज्रिएछ देश भोका छन जनता हरु पिडा सुन्ने नेताको कान हरायो आशै आशमा बित्छ जुनि जस्तो

मुक्तक‬

सुष्मा खड्का, श्री आर.आर क्याम्पस छानिछेउ बुडो लौ हट्टाकट्टा बुढेसकालमा पनि पेन्सनपट्टा सरकारी जागीरे पाइछौ बधाई खुसी पाउ मलाई देको आँसु सट्टा ।।

मुक्तक

श्री बराहकालिका उमावी देशको निम्ती नेपाली मोर्न पछि पर्ने छैनांै नखोज निउ सिमा फेरी कोर्न पछि पर्ने छैनौं खबरदार भारतीय दुष्ट अनि दलालहरु परी आए डेरो आँखा फोर्न पछि पर्ने छैन

मुक्तक

कोहि भर थिएन उसको केहि आस थिएन उसको हो म मान्छु कसैप्रति विश्वास थिएन उसको मेरो दुनियामा कोहि छैन भनि आत्महत्या गरेछ के यो हावा ,पानी अनि आकाश थिएन उसकोरु