निवन्ध

ताङ्सेको भिरबाट गोठालाहरूसँग एसएमएस

    आज शनिवारको दिन । पहाडको पुरानो आफ्नै पैत्रिक गाउँमा म छु । पल्लो गाउँतिर जान मन लागेको छ । उहिलेको आफूले गाई हेरेको भिर, सैसला खेलेको ठाउँ पनि हेरिने, समय पनि बित्ने सोचेर म लागें आम्बोटेतिर । मैले गाई चराएको भिरको बाटोबाट म हिंडिरहेको थिएँ, जाँदा जाँदै मेरा मनमा कुरा झुत्तिन थाले । उता

सम्झनामा एकदिन (संस्मरणात्मक निबन्ध)

  दीप्स शाह मिति ठ्याक्कै याद भएन, २०६१को जाडो बेला हुनुपर्छ जतिबेला म राइजिङ्ग स्टार राष्ट्रिय साप्ताहिकको सम्पादन गर्थें। तत्कालिन राष्ट्रिय क्षयरोग केन्द्र नेपाल तथा ‘सार्क’ क्षयरोगका डाइरेक्टर डा. दीर्घसिंह बमको जीवनी लेख्ने तयारी चल्दै थियो मेरो। भर्खरै पत्रकारिता गर्न थालेको ‘म’लाई यो चानचुने कुरो थिएन। तर पनि सानैदेखि लेख्न भनेपछि हुरुक्क हुने हुँदा त्यातिबेला

बिजुली, ऐना र साहित्य

नारायणप्रसाद घिमिरे बिजुली पृथ्वीमा हुन्छ । स्याउबाट बिजुली निकाल्न सकिन्छ । कतै पढ्नुभएको होला । नभए पक्कै सुन्नुभएको छ । बिजुली पानीमा हुन्छ । प्रायः बिजुली पानीबाटै निकालिएका हुन् । तेज आफैँमा बिजुली हो । तपाईँको घरमा सोलार होला । बिजुली वायुमा हुन्छ । रोपवे सेवा सञ्चालित छँदैछ । बिजुली आकाशमा हुन्छ । नत्र किन