स्रष्टाहरू सरकारबाट उदासिन छन्

10676146_10202238678088739_3196595840193131983_nवि.सं. २०१५ असार २२ गते इलाम नगरपालिका–२मा जन्मनु भएका साहित्यकार राधेश्याम लेकाली माता शान्तिदेवी र पिता विश्वनाथ प्रसादका सुपुत्र हुन् ।सर्जक र सिर्जनालाई माया गर्ने लेकाली अनेसास नेपालको अध्यक्ष पदमा कार्यरत छन् ।
साहित्यले युग समेट्नु पर्छ भन्ने धारणा बोकेका लेकालीसँग स्रष्टाखबरका लागि अमृता अर्यालले गरेको कुराकानीको सम्पादित अंशः

 

१) कहिलेदेखि साहित्य यात्रामा लाग्नु भयो ? कसरी प्रेरणा प्राप्त भयो ?

साहित्य सिर्जनामा लागेको तीसको दशकबाट हो । पहिलो कविता प्रकाशन भने वि.स. २०३३ मा भएको हो । तत्कालीन सामाजिक, आर्थिक र राजनीतिक परिवेशले नै यस तर्फ आकर्षित गराएको हो । २०३३ सालमा कविता लेखेकै कारण थुनामा पनि परेर अझ प्रेरणा मिल्यो ।

२) साहित्यलाई कसरी बुझनु हुन्छ ?

सिधा अर्थमा भन्नु पर्दा साहित्यले पाठकको मन छुनु पर्छ । साहित्यले युग समेट्नु पर्छ । साहित्यले समय बोल्नु पर्छ । चेतयुक्त साहित्यले समाज बदल्ने हैसियत राख्छ । सबैखाले असमानता, हिंसा, अन्याय, विकृति बिसङ्गति, निरंकुशता आदि विषयबस्तुमा साहित्य सिर्जनाका माध्यमबाट कोर्रा हान्न सकिन्छ ।

३) साहित्य तर्फ कसरी मन तानियो ?

सुरुमा स्कुल –कलेजमा हुने प्रतियोगितामा सहभागी हुन कविता लेखियो । पछि माथि भने झैं निरकुंशताका विरुद्घ शब्द बम तयार गर्न आकर्षित भइयो ।

४) यहाँको विचारमा नेपाली भाषा र साहित्यमा देखिएको मुख्य समस्या के हो ?

राज्यस्तरबाट हुने कामको अभाव, प्रकाशन, प्रोत्साहन, वितरण, समन्वय आदि । साथै स्रष्टाको लेखन स्तरउन्नति । खास गरेर नेपाल प्रज्ञा प्रतिष्ठानले यस क्षेत्रमा गनुपर्ने प्रभावकारी भूमिका पटक्कै गरेको छैन । राजनीतिक नियुक्तिका अयोग्य प्राज्ञहरूको भीडले नेपाली भाषा र साहित्यको समग्र विकास हुन सक्दैन । भागबण्डाले समस्या समाधान हँुदैन । भागबण्डा लगाउनु भनेकै अयोग्यहरूको भीड जम्मा गर्नु हो । अहिले त कविता वाचनमा समेत भागबण्डा लगाउने गरिएको छ ।

५) कसरी समाधान गर्न सकिन्छ ?

सरकारले साहित्य सिर्जनालाई अनुत्पादक क्षेत्र होइन राष्ट्रको ढुकढकी र गौरवको रूपमा लिनुपर्छ । अन्य क्षेत्रलाई झैं पर्याप्त बजेट छुट्याउनु पर्छ । स्पष्ट नीति लागू गरी भन्सार, हुलाकलगायतको सुविधा दिनुपर्छ । सबैभन्दा त सम्बन्धित मन्त्रालयलाई प्रभावकारी बनाउँदै नेपाल प्रज्ञा प्रतिष्ठानमा भागबण्डाका प्राज्ञ होइन योग्य, दक्ष र सक्षमको मनोनयन गर्नुपर्छ ।

६) के नेपालमा साहित्यकारहरूको भविष्य छ ?

 

पटक्कै छैन । खासगरेर देशको राजनीतिक अवस्थाले र अयोग्य र असक्षम भीडले स्रष्टाहरूको भविष्य कसरी सुरक्षित हुन्छ ? साहित्य बुझन सक्ने कुशल राजनीतिक नेतृत्व पनि हुन प¥यो नी ! यद्यपि स्वयम् सिर्जनशील स्रष्टाहरूको सिर्जनाहरूको भविष्य छ । तर बजार खै ? प्रोत्साहन खै ? सहयोग र समन्वय खै ? आजसम्म प्रकाशित कृतिहरूको अभिलेख खै ? स्रष्टाहरूलाई राज्यले खै के दिएको छ र ? २।४ जना आफ्न्त र कमिसनको लोभीपापी खेलाडीबाहेक स्वाभिमानी स्रष्टाहरू राज्यबाट उदासिन अवस्थामा छन् । राज्यस्तरबाट यस क्षेत्रमा कुनै गतिलो काम भएकै छैन ।

७) सरकारले साहित्य तथा नेपाली भाषाको क्षेत्रमा के गरिदियोस् भन्ने चाहनु हुन्छ ?

नेपाल प्रज्ञा प्रतिष्ठानलाई राजनीतिक भर्ती केन्द्रबाट मुक्त गर्नुपर्छ । संस्कृति मन्त्रालयबाट दिइने अनुदान राजनीतिक संस्थालाई बन्द गरिनु पर्छ । साथै केही अन्य संस्थाहरूलाई कमिसनको भरमा दिइने अनुदान काम र दक्षताको आधारमा उचित मूल्याङ्कन गरेर मन्त्रालयले ससम्मान बोलाएर दिनुपर्छ । हो अनुदानमा कमिसनको खेल बन्द गरी सहि काम गर्ने संस्था मार्फत काम गर्नुपर्छ । राज्यबाट दिइने पुरस्कार, सम्मान निष्पक्ष गरिनुपर्छ । राज्यबाट दिइने पुरस्कार असाहित्यिक मान्छे, व्यापारी र नातागोतालाई प्रदान गरिएको सबैलाई जानकारी छ । स्रष्टाका कृतिहरू कम्तिमा सबै स्थानीय निकायहरूमा खरीद गर्ने व्यवस्था गरिनु पर्छ ।

८) अनेसासमा कहिलेदेखि आवद्घ हुनुभयो ?

पहिलोपटक अनेसासबाट प्रकाशित हुने ‘अन्तर्दृष्टि’ साहित्यिक त्रैमासिकको अंङ्क ४ को २०५६ सालमा सम्पादन गरेको थिएँ । पछि सन् २००९ मा एन.आर.एन. र अनेसासको संयुक्त साहित्य उत्सवको सदस्य सचिव भएर काम गरें । यसपछि सन् २०१० मा केन्द्रीय कार्यसमितिमा मनोनयन भएँ । यसै वर्ष अनेसास नेपाल च्याप्टरको अध्यक्षमा निर्वाचित पनि भँए । अहिले केन्द्रको वरिष्ट उपाध्यक्ष र नेपाल च्याप्टरको अध्यक्षका रूपमा क्रियाशील छु ।

९) अनेसासले के–कस्ता कार्यहरू गर्दै आइरहेका छन् ?

अनेसासले ४२ वटा देशमा रहेका ८० भन्दा बढी च्याप्टरहरूका माध्यमबाट विभिन्न कार्यहरु गर्दै आइरहेको छ । खास गरेर अन्तर्राष्ट्रिय अवार्ड वितरण, कृति र पत्रिकाको प्रकाशन, वेभ साइडको सञ्चालन, राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलनहरूको आयोजना जस्ता कार्य गर्नुका साथै अनेकौ विभूतिहरूको समझनामा वर्षेनी कार्यक्रमहरूको आयोजन गर्ने गरेको छ । केही देशहरूमा नेपाली पाठशालाहरूको सञ्चालन र सहयोगलगायतका कामहरू पनि सम्पन्न गर्दै आइरहेको छ । साथै नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणका लागि यसले काम गर्दै आइरहेको छ ।

१०) अनेसासको नयाँ योजना के छ ?

सन् १९९१ मा स्थापना भएको यो संस्थाको सन् २०१६ मा २५ वर्ष पुग्छ । अतः २५ वर्ष पुगेको रजतजयन्तीको अवसरमा गरिने कार्यक्रमको बारेमा छलफल गर्दैछौं । अनेसासको आयोजनामा विश्वका अन्य भाषाका स्रष्टाहरूको भेला, च्याप्टर प्रतिनिधिहरूको भेला र अन्य नियमित कार्यहरू नै हुन ।

११) नेपाली साहित्यमा नयाँ आयाम थप्न के गर्नुपर्छ ?

नेपाली साहित्यको स्तरउन्नति गरी नेपाली साहित्यलाई विभिन्न भाषामा अनुवाद साहित्यका माध्यमबाट विश्वस्तरमा पु¥याउनु पर्छ । उचित बजार व्यवस्थापन गरिनु पर्छ । सिर्जनशील स्रष्टालाई विभिन्न अवसर प्रदान गर्दै राज्यबाट प्रदान गर्न सकिने सुविधाहरू उपलब्ध गराउन सकिए नेपाली साहित्यमा थप ईटा थप्न सकिन्छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय सभा र सम्मेलनहरूको आयोजना गरी नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण गर्न सकिए व्यवसायिक रूपमा पनि यो क्षेत्र फस्टाउन सक्ने छ ।

१२) सफल लेखक कसरी बन्ने ?

जसले कालजयी साहित्य सिर्जना गर्छ, जसले सामाजिक रूपान्तरणका लागि कलम चलाँउछ र समग्र पाठकको प्रिय बन्छ यस्तो स्रष्टा नै सफल सर्जक हो । तर विडम्वना अहिले त अरूलाई लेखाउने, प्रभाव र प्रलोभनमा पुरस्कार थाप्ने आफ्नो चर्चा गराउनेहरू नै कथित सफल सर्जक कहलिएका छन् । सफल सिर्जना गर्न अध्ययन, अनुभव, भ्रमण आदि नै हुन ।

   १३) जीवन के हो ?

बाञ्चुलजेलसम्मको स्वास हो । जीवनको परिभाषा उसको कर्मले गरिनुपर्छ । एउटा व्यक्ति राम्रो र नराम्रो कार्यले चिनिन्छ । सुकर्मले सुकृति बढ्छ । असल मान्छे उसको1936617_1062158214550_6211440_n मुत्युपछि पनि समाजमा बाँचिरहन्छ । बुद्घले जस्तै । यस अर्थमा जीवन अरूको लागि बाँच्न सकियो भने त्यो सफल जीवन हो ।

१४) धर्मप्रतिको धारणा ?

प्रत्येक मान्छे स्वयम् देउता हो ! उसको कर्म स्वयम््् मन्दिर हो । यद्यपि परम्परागत रूपमा मानिदै आएको सुसंस्कृति र परम्परा सबैले मान्नु पर्छ । यति नै आदर र सम्मान अरूको धर्म र संस्कृतिलाई पनि गर्नुपर्छ । असल धर्म त मानव धर्म नै हो ।

१५) अन्तमा भन्नै पर्ने कुरा ?

देश यति बेला विषय परिस्थितिबाट गुज्रिरहेको छ । सबै सचेत नागरिक र संस्थाहरूबाट खबरदारी गरिए पनि नेताहरूमा सतबुद्घि पलाएको छैन । व्यक्तिगत स्वार्थको चलखेलमा देशमा भ्रष्टाचार मौलाउँदै गएको छ । स्वार्थको भागबण्डामा देश डुबिसकेको छ । सबै सिर्जनशील स्रष्टाहरूले अब थप खबरदारी र कलम तिर्खानु पर्ने अवस्था मैले देखेको छु ।