सुनिए आठ कवि

 

स्रष्टाखबर समाचारदाता

राजधानिमा शनिबार ८ कविहरू सुनिए । चार कविका चार\चार कविता र चार अतिथि कविका चार कविता गरी २० कविता वाचन भएको उक्त श्रृङ्खलामा दर्शकको भिड नै लागेको थियो ।
स्रष्टा प्रतिष्ठान नेपाल (सप्रने)को आयोजनामा भएको उक्त १६ औं श्रृङ्खलामा उर्वरा फाउण्डेसन नेपालले सहकार्य गरेको हो । कार्यक्रममा अतिथि कवि रमेश शुभेच्छुले ‘गधा’ शिर्षकको कविता, सन्ध्या पहाडीले ‘स्पर्श’ , हेम प्रभासले ‘कवि कृष्णेको सपना’ र सिता भट्टराईले ‘आह्वान’ शिर्षकको कविता वाचन गरे ।
गद्य र पद्यमा लेखिइका चोटिला कविता एउटै मञ्चबाट सुन्न पाउँदा दर्शकको ताली कार्यक्रम अवधि भर रोकिएन ।
कवि गणेश भट्ट अणुले मञ्चलाई निकै तताए । उनले ‘पानी र जिन्दगानी’ ‘राजमार्ग’ ‘सहीद’ र ‘पहिरो’ शिर्षकको कविता सुनाए । दर्शकले अणुलाई एउटा बोनस कविता सुनाउन समेत अनुरोध गरेका थिए ।

 


कवि सुनिता खनालले ‘ओ नायक’ , ‘दुईटा पृथ्वी’ ‘ऐनाको देश’ ‘पीडा उत्सव’ लगायतका कविता सुनाउनु भएको थियो । सुनिताले कविता सुनाइ रहँदा वन्स् मोर र तालीको कमि थिएन । खनालले कविता संग्रह छिट्टै बजारमा आउने समेत जानकारी गराइन् ।
कवि यात्रीप्रकाश पाण्डेले ‘दोबाटो क’, ‘दोबाटो ख’, ‘कुबिन्डोको खुट्टा’ र ‘फाँसी पछिको सजाए’ सुनाए । उनले कविता सुनाइ रहँदा दर्शकबाट वाह ! वाह ! निकै आयो ।
त्यस्तै अर्का जल्दावल्दा कवि हेमन्त शिशिरले ‘गुरु’, ‘नाउटे काका’, ‘भाईरसको अनुभव’ र ‘परिवर्तन’ शिर्षकको कविता सुनाए ।
प्रमुख अतिथि राजेन्द्र सुवेदीले कवितामा प्रतिकको प्रयोग गर्दा निकै ध्यान दिनु पर्ने बताए । सुवेदीले सप्रनेले विगतदेखि अहिलेसम्म गरेको कार्यक्रमले साहित्यको क्षेत्रमा ठुलो योगदान पु¥याएको बताउँदै यस्तो संस्थालाई सबैले सहयोग र प्रोत्साहन गर्नुपर्ने समेत बताए ।

 

 

सुस्मिता जिज्ञासुले सञ्चालन गरेको उक्त कार्यक्रममा बिन्दा खतिवडा ‘लुरी’ले उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो । २०७० साल देखि निरन्तर साहित्यिक गतिविधि गर्दै आएको सप्रनेले आगामी दिनमा पनि यस्तै कार्यक्रम गर्दै साहित्यमा फूलेका फूलहरूलाई अझ फूलाउन कोसिस गर्ने कुरा संस्थाकी अध्यक्ष कवि अमृता स्मृतिले बताइन् । ‘ जिन्दगीलाई बिन्ती पत्र’ शिर्षकको कविता वाचन गरेर उनले कार्यक्रम समापन भएको जानकारी गराइन् ।