साहित्य जीवन र जगतका लागि लेखिन्छ

DSC04686

नेपाली साहित्यको जीउँदो इतिहाँस बोकेका वसन्तकुमार शर्मा नेपाल माता हेमकुमारीदेवी र पिता पंडित दिवाकर शर्मा उपाध्यायका सुपुत्र हुन् । वि.सं १९७९ साल चैत्र रामनवमीका दिन महाराजगंज काठमाडौंमा जन्मिएका उनले हालसम्म ७६ ओटा कृतिहरु प्रकाशित गरिसकेका छन् भने प्रकाशित गर्न बाँकी सभासय ओटाभन्दा बढि कृतिहरु रहेका छन् ।

वसन्तकुमार शर्मा नै त्यस्ता स्रष्टा हुन् जो आफैंमा सिंगो नेपाली भाषा साहित्यको खुला किताब भन्दा फरक पर्दैन । उनले साहित्य–धर्मशास्त्र–राजशास्त्रमा शास्त्री, हिन्दी साहित्यमा साहित्यभूषण, नेपालीमा एम्.ए., बी. एड., हामियोडाक्टर उपाधि जस्ता शिक्षा हाँसिल गरिसकेका छन् । नेपाली भाषा प्रकाशनी समिति र भाषानुवाद् परिषद्मा बृहद् नेपाली शव्दकोषका सहायक संपादक तथा संक्षिप्त संस्कृत–नेपाली शव्दकोषका संपादक, नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान गद्यसाहित्य विभाग तथा विदेशी साहित्यकार संम्पर्क समितिका सचिव र चित्र–कला बिभागका सहायक सचिव जस्ता थुप्रै पदमा रहेर काम गरेका शर्माले थुप्रै सामाजिक तथा शैक्षिक संस्थाहरुमा रहेर काम गरे ।

कर्म गर्न सकेमात्र मानव जीवन सार्थक हुन्छ भन्ने विचार बोकेका महान साहित्यकार वसन्तकुमार शर्मा आजसम्म पनि संघर्षरत छन् । उनका अनुसार साहित्य जीवन र जगतका लागि लेखिन्छ ।उनले थुप्रै सम्मान तथा पुरस्कारहरु प्राप्त गरेका छन् ।उनै साहित्यका युगपुरुषसँग स्रष्टाखबरकालागि अमृता अर्यालले गरेको कुराकानीको संपादित अंश ः

(१) बाल्यकाल कसरी बित्यो ?

म पाँचवर्षको हुँदा मलाई दान गरेर जोगीलाई दिइएको थियो । मेरा धेरै आवश्यकताहरु उहाँले नै पुरा गरिदिनु हुन्थ्यो । जोगी भएकाले मलाई पढाउने आदेश थिएन । तर अरु चेलाहरुले पढेको देख्दा मलाई लोभ लाग्थ्यो । गाउँभरिका मानिसहरु र मेरा भाईबहिनीहरु पनि पढ्न पाउँथे ।

मलाई पढ्न धेरै रहर भएकाले म पनि गुरु आएदेखि बेलुकी गुरु नजादासम्म पर बसेर सुनिरहन्थें । यसरी पर बसेर सुन्दासुन्दै मलाई धेरै कुराहरु आउन थाल्यो । जुनपाठबाट जे सोधे पनि आउने हुनाले मेरी हजुुरआमाले मलाई पढाउनु पर्छ भन्नु भयो र मलाई पढ्ने सौभाग्य प्राप्त भयो ।

(२) नेपाली भाषा साहित्यमा जुन विवाद देखिएको छ त्यसको दोषी को ?

आमाबाट सिकेको बोलीचालीको भाषालाई सभ्यता पूर्वक प्रयोग गर्नु नै साहित्य हो । सर्वमान्य कुरालाई मानक भनिन्छ । म यसलाई आज्जु भन्दछु । उत्तरआधुनिकवादको नाममा होस् या अन्य कुनै नाममा यस्ता मानकलाई विगार्नेहरु भाषाका कपुत हुन् । जे गरेपनि फरक पर्दैन किनकी जे गर्छौं त्यो हाम्रो हो भन्ने हो भने जे गरेपनि हुन्छ । नियम जहिले पनि धेरै जनालाई सजिलो हुनेगरी बनाइन्छ । तर आफ्नो हातमा शक्ति भएका दुई चार जनाले आफुखुसि गरेर नियम बनाउनु अनैतिक कार्य हो ।

यहाँका शान्त र सब्य मानिसले बोलेका भाषामात्र भाषा हुन् जसले नेपाली भाषा संरक्षणमा मद्दत गरिरहेका हुन्छन् । सामान्यतया सब्य तरिकाले प्रयोग गरिने बोलीबचन नै साहित्य हो । चलनचल्तीमा आइरहेका शब्दहरु फेर्न गा¥यो हुन्छ । जस्तै ः बहिनी भनीरहेको शब्दमा बहिनी भन्न पाइँदैन भन्यो भने त्यसमा विचलन आउँछ ।

(५) सफल लेखक कसरी बन्ने ?
म सफल लेखक होइन किनकी आजसम्म पनि म खोजीरहेको छु तर पनि नेपालीभाषा भनेको के हो अझै भेट्टाउन सकेको छैन । विभिन्न सम्मेलनहरुमा गएर कविता सुनाउने कवि सफल कि असफल ? एउटा गन्धर्व गाएर नाचेर आनन्द लिन्छ भने के त्यो सफल हो ? सफल लेखक आफुले ठानेर होइन अरुले भनेर हुने कुरा हो । म नेपाली भाषाका धेरै गल्लिहरुमा हिँडेको छु तर अहिलेसम्म बाटो भेटेको छैन । नेपालमा प्रयोग हुने नयाँ शब्दहरु खोज्नको लागि मैले धेरै भुभागहरु पनि भ्रमण गरेको छु ।

(६) धर्म र साहित्य एकअर्कामा सम्बन्धित छन्  छैनन् ?
धर्म एउटा सामप्रदायीक विषय हो भने साहित्य कुनै एउटा समुहको होइन । त्यसैले धर्म साहित्यभन्दा फरक कुरा हो । धर्मसँग साहित्य मिसिएर आयो भने त्यो धार्मिक साहित्य हुन्छ । सफा मन अनि सफाभाषामा बनाएका साहित्यमात्र साहित्य हुन्छ । यसको उदाहरण हुन् आदिकवि भानुभक्त आचार्य जसले नेपाली भाषामा लेखे । त्यसकै विकसीत रुप आजको नेपाली भाषा हो । सुद्ध साहित्य धर्मबाट आउँदैन । तर कुनैपनि धर्म मान्नेहरुलाई अपमान गर्न निन्दा गर्न हुँदैन ।

(७) जीवन के हो ?
जीवन भोगाई हो । तर काम क्रोध मोह नछाडी काम गर्नुहुन्छ भने त्यो भोगाई खराव हुन्छ तर यी कुराहरुलाई त्यागेर काम गर्न सकेको खण्डमा सन्तुष्टि प्राप्त गर्न सकिन्छ । म आज पनि संघर्षरत छु । १० वर्षकै उमेरदेखि नोकरी गर्थे । जंगबहादुर राणालाई वेद पाठड गरेर सुनाउँथें । मेरो वेदपाठ गर्ने शैली असाध्यै राम्रो र शालीन स्वर भएकाले मलाई उक्त जागिर दिइएको थियो । पछि मैले विभिन्न ठाउँमा काम गरें । मलाई मन नपर्ने ठाउँमा मैले जागिर छोडें । वि.सं २०४५ साल वैशाख ५ गते देखिमैले नोकर छोडेर कृति रचना तीर नै लागिरहें ।

(८) अचेल कुन कार्यमा व्यस्त हुनुहुन्छ?
नेपाली भाषा साहित्यमा थप एउटा नयाँ कृति समविसमार्थकोश थप्ने जमर्को गर्दैछौं । यो कृति वसन्तकुमार शर्मा, बुनु लामिछाने र उपमा आचार्य मिलेर तयार गरेका हौं । नेपालमा अहिलेसम्म यस्तो कृति प्रकाशित भएका छैनन् । नेपाली साहित्यमा यो एउटा विल्कुलै नयाँ आयाम हो । प्रेसमा गईसकेको यो कृति छिट्टै सार्वजनिक गर्दैछौं ।

(९) अन्त्यमा केहि भन्नु पर्ने छ कि ?
अन्त्यमा कला,संस्कृति र साहित्को संगालो स्रष्टाखबरलाई धन्यवाद । यसरी नै सम्पूर्ण स्रष्टाहरुको खबरलाई समेट्दै जान सफल होस् भन्ने शुभकामना ।

सम्मान तथा पुरस्कार ः
‘आमा’ (मेक्सिम गोर्की) को अनुवादमा रुस सरकारबाट पुरस्कृत—२०१०, शिक्षासेवा नगद पुरस्कार—२०२९, गुणराज व्याख्यान पुरस्कार—२०५१, पशुपति बहुमुखी क्याम्पसबाट अभिनन्दित—२०५३, नुवाकोट बहुमुखी क्याम्पसबाट प्रशंसापत्र—२०५६, उपनिषत् प्रसंगमा गुणराज पुरस्कार—२०५६, विजय श्री पुरस्कार—२०५८, हेमराज पुरस्कार—२०५८, विश्व हिन्दू परिषद्बाट अभिनन्दित—२०५८, व्रिलियन्ट उच्च बहुमुखी क्याम्पसबाट अभिनन्दित—२०५८, आºनो सहकारी कोषबाट अभिनन्दित—२०५८, नेपाल वंशज परिषद्बाट अभिनन्दित—२०५८, वीरेन्द्र ऐश्वर्य सेवा पदक—२०५८, पद्मकन्या विद्याश्रमबाट अभिनन्दित—२०५९, राष्ट्रिय व्यक्तित्व सम्मान—२०५९, बालचन्द्र पुरस्कार—२०५९, सुप्रवल गोरखा दक्षिणबाहु—२०५९, आयफा सम्मान—२०६०, त्रि.वि.वि.को तुलसाबाट अभिनन्दित—२०६०, देवकोटा काव्य सम्मान—२०६०, पद्मोदय सम्मान—२०६०, पशुपति क्याम्पसबाट सेवा सम्मान—२०६१, लेखनाथ रथयात्रा सम्मान—२०६१, श्रीमद्भागवत् ज्ञान महायज्ञ मूल समारोह समितिबाट अभिनन्दित—२०६१, मदन पुरस्कार स्वर्ण बर्ष सम्मान—२०६२, लोयलिटी एकाडेमी सम्मान—२०६२, स्टानफोर्ड, भानु प्रतिष्ठान, भानु जन्म स्थाल विकास समितिद्धारा सम्मान—२०६२, खिलशर्म–राजीवलोचन जोशी पुरस्कार–२०६२, पानी पोखरी युवा क्लवबाट सम्मान–२०६४, नेपाल पुस्तक तथा स्टेश्नरी व्यवसायी महासंघबाट अभिनन्दित–२०६४, योगी नरहरीनाथ ट्रष्ट सेवा केन्द्रबाट अभिनन्दित–२०६४, लुम्विनी एकेडेमी फाउन्डेशनबाट अभिनन्दित–२०६४, भद्रकुमारी घले सेवा सदनबाट अभिनन्दित–२०६४, ज्ञानदीप शिक्षा सदनबाट अभिनन्दित—२०६४, तन्नेरी द्वैमासिकबाट अभिनन्दित—२०६५, दायित्व वाङ्मय प्रतिष्ठानबाट अभिनन्दित—२०६५, चक्रपाणि स्मारक प्रतिष्ठानबाट सम्मान—२०६६, सीतापाइला बहुद्देश्य सहकारीबाट अभिनन्दित—२०६६, महाकवि देवकोटा शताब्दी सम्मान—२०६६, उदयानन्द पुरस्कार २०६७, अभिनव साहित्य समाजबाट कदरपत्र २०६७, बुढानीलकण्ठ स्कूलबाट सम्मान २०६७, सुरभि स्रष्टा सम्मान २०६७, डिल्लीबजार कन्या बहुमुखी क्याम्पसबाट अभिनन्दित २०६७, नुवाकोट बहुमुखी क्याम्पसबाट रजतजयन्ती सम्मान २०६७ , हृदयचन्द्र स्मृति प्रतिष्ठानबाट सम्मान २०६७ , नरेन्द्र वाङ्मय निधिबाट अभिनन्दित २०६८, नेपाली शिक्षा परिषद्बाट सम्मान २०६८, चाल्र्स डार्बिन एकेडेमीबाट सम्मान २०६८, आकाशगङ्गा इन्टरनेशनल एकेडेमीबाट सम्मान २०६८, भद्रकुमारी घले सेवा सदनबाट अग्रज सम्मान–२०६८, नेपाल बन्धु कल्याण समाजबाट सम्मान–२०६८, नौलो नेपाली सम्मान–२०६९, सुप्रबल जनसेवा श्री २०६९, ज्येष्ठ नागरिक सम्मान–२०६९, बि.डी. त्यागी स्मृति पुरस्कार २०६९, शमी साहित्य साधना सम्मान–२०७०, नया“वस्ती युवा क्लवबाट अभिनन्दित—२०७१, भद्रकुमारी घले व्यक्तित्व पुरस्कार –२०७१, गुञ्जनबाट अभिनन्दित–२०७१, पहलमान सिंह दीर्ध साहित्य साधक पुरस्कार–२०७१, वैयाकरण नेपाल प्रतिष्ठानबाट सम्मान–२०७१, रत्न पुस्तकालयबाट मानार्थ सदस्यता प्रदान–२०७१, गौरीनगर सुधार समितिबाट ज्येष्ठ नागरिक सम्मान २०७२ ।