साहित्यिक एवं प्राविधिक नक्षत्र प्राडा जीवराज पोखरेल

जीवराज पोखरेल

                    जीवराज पोखरेल

देखेको हुन्छ मान्छेले सारै सुन्दर सपना
विपना त्यस्तो हुँदैन राम्रो गरे झैं कल्पना

जीवन प्राप्ति सत्कर्म अर्थात आफ्नो र समाजको हित हुने कार्य गर्नको लागि हो भन्ने धारणा भएका प्राडाजीवराज पोखरेल वास्तुकला आकाशका एक तारा मात्र नभई साहित्यिक नक्षत्र पनि हुन् । शालिन स्वभाव भएका पोखरेलले समाजलाई प्रविधिको क्षेत्रमा अमुल्य योगदान पु¥याएका छन् ।

जीवनको ६ दशक पार गरिसकेका पोखरेल आफ्नो आमा पट्टिको जेष्ठ पुत्र हुन् । आफ्नो जीवनको भोगाइहरूको संगालोलाई उनले साहित्य माफर्त समाजमा प्रस्फोटन गरेका छन् । आफूलाई प्राविधिक भन्न रुचाउने उनले विज्ञानको क्षेत्रमा काम गर्नुका साथै तीन ओटा साहित्यिक कृतिहरू समेत प्रकाशन गरेका छन् । उनको मैना बुलबुल (विपद महाकाव्य), पाटनको कृष्ण मन्दिर (नेपाली वास्तुकलात्मक झ्याउरे गीति काव्य), शिक्षक शिष्य संवाद (नेपाली वास्तुकलात्मक महाकाव्य), Architecture, oh!Architecture जस्ता अमुल्य कृतिहरू प्रकाशित छन् ।

जन्म-वाल्यकाल

जीवनमा कहिल्यै हार नमान्ने जीवराज पोखरेलको जन्म वि.सं. २०१० साल मंसिर महिनामा दिक्तेलको खार्पामा भएको थियो । उनी उचभभतष् स्वर्गीय खगराज पोखरेल र माता स्वर्गीय कमल कुमारी पोखरेलको जेष्ठ पुत्र हुन् । जन्मथलोको पाखा, पर्वत र पखेराहरूसँग खेल्दै अनि साँझमा बास्ने झ्याउकिरीको आवाजमा मन्त्र मुग्ध हुँदै अनि केराको पातहरूसँग थप्पडी बजाउँदै उनको बाल्यकाल विताएका थिए । विज्ञानमा मात्र नभई साहित्यमा समेत रमाउने पोखरेल खार्पा गाउँको झर्नाको सुसेलीहरूसँग जीवन सुसेल्दै आफ्ना कलम र कापीहरू भित्र भविष्य खोजि रहन्थे । अति शिल स्वभाव भएका पोखरेलले वाल्यकालमा परिवारसँगै नेपाल भित्रका विभिन्न ठाउँहरूको विचरण गरे ।

घरको वातावरण राम्रो भएको कारण राम्रोसँग पढ्नुपर्छ भन्ने छाप सानैदेखि उनमा परेको थियो । अरु बच्चाहरू जस्तो चञ्चल स्वभाव नभएका उनी शालिन स्वभावका थिए । त्यतिवेला उनका हजुरआमाकी बहिनीका छोरा काका विरेन्द्र केसरी उपाध्याय इन्जिनीयर थिए । हजुरबा तथा बाले विरेन्द्र जस्तै इन्जिनियर बन्नु पर्दछ भन्ने गरेकाले उनलाई इन्जिनीयर बन्ने इच्छा थियो ।

त्यतिवेला व्राह्मणहरूले वनारस लगायत विभिन्न ठाउँहरूमा गएर अध्ययन गरेर आउँथे । उनिहरूले वनारसमा पढेर आएपछि पुराणहरू, श्राद्धहरू तथा विभिन्न धार्मिक क्रियाकलापहरू गर्दथे । उनले आफ्नो बाल्यकाल स्मरणगर्दै भने, ‘विष्णुप्रसाद कोइराला गुरुले पढ्न सिकाएको । भूतपूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका सहपाठी तथा सखा श्री कोइराला ज्यादै विद्वान थिए । त्यसपछि उनले खार्पाको भाषा पाठसालामा साधारण शिक्षा पढे र जन्म थलोसँग विछोडको पिडा मन भरी बोकेर उद्देश्य प्राप्तीका लागि काठमाडौं सम्म आएर आफ्नो जीवनको अभिलाषा पूरा गरेका हुन ।

पोखरेलहरूको रवाफ
जीवन र दर्शनमा जोडदिँदै विगत र वर्तमानमा घोत्लिएर जीवराज पोखरेलले रिभोसाइन्सलाई आफ्नो जीवन कालखण्ड र पोखरेल थरको इतिहास यसरी स–विस्तार सुनाउँदै गए । “सातऔं शताब्दी ताका अंशुवर्मा जस्ता राजाहरू भएको समयमा नै पोखरेल थरहरू थिए भन्ने गरिएको छ । उनीहरु हर्षवर्धनको पालामा भारतमा रहेका र पछि पश्चिमी नेपाल हुंदै खार्पामा पनि बसोबास गरे भनिन्छ । खार्पामा परापूर्वकाल देखि नै एउटा प्रसिद्ध बस्ति छ जहा पोखरेलको बाहुल्यता देख्न सकिन्छ ।

पोखरेलहरू राजा राजेन्द्र विक्रमको पालामा कलकत्ताको वारुद फ्याक्ट्री एवं बन्दुक बनाउने कारखानामा काम गर्थे । नेपालमा त्यतीवेला बन्दुक वारुदको कमि नै थियो । बाहिरबाट बन्दुक, बारुद ल्याउने सहज वातावरण पनि थिएन । बन्दुक फ्याक्ट्रीमा काम गर्ने पोखरेलहरूले आफ्नो देशको लागि भनेर निकै चनाखो गरी बम बारुद नेपाल भित्र्याएका थिए । उनीहरूले हाम्रो आफन्त को निधन भयो, अन्तिम संस्कार घरमा नै लगेर गर्नुपर्ने भएकाले मृत लास बोकेर हिँडेको भनि बम बारुदलाई लास जस्तो बनाएर सङ्ख बजाएर ल्याएका थिए । यो निकै खभिरुचि पूर्ण कुरा थियो ।

सांस्कृतिक कुरामा दख्खल दिन हुँदैन भन्ने अंग्रेजहरूको मानसिकता थियो । किनभने भरखरै सन् १८५७ मा भएको सिपाही बिद्रोहबाट उनीहरु त्रसित भएका थिए । उनीहरू सांस्कृतिक कुरा भनेपछि हच्किन्थे । त्यही विद्रोहमा जङ्गबहादुरले लखनौमा गएर अंग्रेजहरूलाई सहयोग गरेको कारण बाँके, बर्दिया आदि जिल्ला सुगौलिको सन्धी पछि भारतमा रहे तापनि पछि नेपालमा गाभिएको थियो ।

वि.सं.१८५० तिरको समयमा बम, बारुद भित्र्याएपछि त्यो वन्दुक बारुद राजालाई लगेर बुझाइएको थियो । राजालाई लगेर वन्दुक वारुद दिएपछि विर काम गरेको भन्दै विर्ता दिने फैसला गरेका थिए । राजाले उनीहरूलाई चाहेको ठाउँमा विर्ता लिग भनेपछि उनीहरूले खार्पा, कुविन्डे, माम्खा आदि हामीलाई दिए हुन्छ भनेका थिए । राजाले खुसी भएर उनीहरूले रोजेको ठाउँ नै विर्ता दिएको प्रमाण पनि छ । यही ठाँउमा जन्मन पाएकोमा पोखरेलले गर्व गरे ।

घर÷परिवार
व्यक्ति असल भयो भने परिवार असल हुन्छ र परिवार असल भयो भने समाज असल हुन्छ भने समाज असल भएर नै राष्ट्र राम्रो हुन्छ । त्यस्तै हाम्रो परिवार असाध्यै असल परिवार थियो । गाउँलेहरू कुनै कुरा गर्दा हाम्रो परिवारको उदाहरण दिन्थे । मेरा माता÷उचभभतष् असाध्यै असल हुनुहुन्थ्यो । म मेरो आमा पट्टिको जेष्ठ पुत्र हुँ । ठूलो आमा पट्टीका एक जना दाजु हुुनुहुन्छ । उहाँलाई जेठो भन्छन् भने मलाई सानो जेठो भन्छन् । ठुलो आमाको निधन भएपछि मेरो आमालाई पिताले विवाह गर्नु भएको थियो ।

हाम्रो जग्गा लेकमा र बेसीमा थियो । हामी लेकमा आलु, गेडागुडी लगाउँथ्यौं भने बेसीमा अन्नवाली अर्थात विभिन्न कृषि कार्य गर्ने गथ्र्यौं । विचको भुभाग पहाड अर्थात कछाडमा हामी बस्थ्यौं । केहि समय मेरोपिताले पनि कृषि व्यवसाय गर्नु हुन्थ्यो । पछि काठमाडौं आएर कालमोचन गुठीमा जागिर पाउनु भयो । मानिसहरू मेरो हजुरबालाई शाहसी पुरुष भनेर ठूलो मान्ने गदर्थे । गाउँमा उहाँको ठूलो शान थियो । पहिलेका बुढाहरू यति सम्म डरलाग्दा तथा बलिया हुन्थे, उनको हैकम तथा प्रभाव यति धेरै हुन्थ्यो कि उनीहरू हिंड्दा बाटोमा बाघ आयो भने बाघले पनि बाटो छोड्दििन्थ्यो, उनीहरूले हाच्छ्उिँ गर्दा साढे आए छ भनेर गोठमा बाँधेका बहर, गोरु पनि डुक्रिन्थे अथवा नजिकै वनमा भएका बाघ पनि अर्काे बाघ आएछ भनेर गर्जिन्थे आदि अतिशयोक्ति गर्दथे । मेरा हजुरबालाई पनि त्यस्तो विशेषण यदा कदा दिइएको मानिसले कुरा गर्दा सुनिन्थ्यो ।

मेरा हजुरबा देवदत्त पोखरेल कडा स्वभावको हुनुहुन्थ्यो । विर्ता पाएको हुनाले कर्म काण्ड गर्न हुदैन भन्ने थियो । मेरा माहिला हजुरबा लिलाकान्त पोखरेलले “पढ्न जान्छु” भनेर ५ रुपैया माग्नु भए छ । “वर्षाको समय छ, अहिले नजा पोहोर पनि यस्तै बेलामा जाने हुंदा भाइ अन्तरेको साप्सु नदीमा डबेर मृत्यु भयो भन्नु भएछ” । हाम्रा हजुरबाहरू ११ भाइ हुनुहुन्थ्यो, त्यस्मा मेरा हजुरबा जेठो भएकाले सबै भाइको रेखदेख गर्न पर्ने भएको थियो । तर माहिला हजुरबाले मगर गाउमा सत्यनारायणको पूजा लगाएकोले हजुरबाले उहाँलाई कुट्दै, कुट्दै रबुवा सम्म पु¥याउनु भएको थियो रे । पछि माहिला बा खार्पा छोडेर दलगाउ“ गएर बस्नु भयो र उहाँ हाम्रो हजुरबाको निधन नहुन्जेल खार्पा नआउने भनेर त्यहीं घरजम गरेर बस्नु भयो।

मेरो पिताले गुठीमा जागिर खानु भएको कुरा हजुरबाले थाहा पाउनु भयो र त्यहाँको एउटा गेडो मात्रै झुक्किएर खायो भने पनि सन्तानको उन्नति हुँदैन अवोन्नति मात्र हुन्छ भनेर भन्नुभयो । त्यसपछि वुवाले त्यो काम चटक्कै छोडेर चारखाल अड्डामा काम गर्न थाल्नुभयो र विस्तारै पदन्नोती पनि भयो । वि.सं. २०१६ सालमा वुवा दोलखामा गएर मुखीया बन्नु भयो । वुवा मुखिया हुँदा म पनि गएको थिए । तर म सानै हुनाले मलाई थोरै मात्र सम्झना छ । वुवाले मलाई कुममा बोकेर कालिन्चोक भगवतीको मन्दिरबाट त्यही हो काठमाडौ भनेर धरहरा देखाउनु भएको थियो । वि.सं.२०६६ सालमा पचाश वर्ष पछि म पुन त्यो ठाउँमा गएको थिए । पछि पदोन्नति भएर ऐसलुखर्कमा उचभभतष्जी डिट्ठा पनि हुनुभयो । शासक फेरिएपछि पिताको जागिर समाप्त भयो र उहाँ पछि वकिल हुनुभयो । हामी काठमाडौमा वस्दथ्यौ । मेरो पढाइ पद्मोदय हाई स्कूलमा एकै पटक सात कक्षा देखि सुरु भयो । वास्तवमा म ८ क्लासमा भर्ना भएको थिए तर दाइले ८ मा पढ्न सक्तैन भनेर ७ मा झारि दिनु भयो ।

स्मरणीय यात्रा
त्यसपछि हामी वि.सं.२०२१ सालमा म ११ वर्षको हुँदा सुनसरी गयौं । यात्रा आफैंमा रमाइलो हुन्छ । त्यसमा पनि नयाँ अनुभुती गर्न पाउँदा यात्रा पक्कै पनि स्मरणीय हुन्छ । मेरो पनि वाल्यकालमा परिवारसँग गरेको यात्रा निकै स्मरणीय रह्यो । त्यो समय मधेस आकर्षणको क्षेत्र थियो । अन्न वाली प्रसस्त हुन्थ्यो भने त्यहाँबाट नुन तेल किनेर पहाडमा लगेर खान पाइन्थ्यो । अहिले भन्दा पहिला काठमाडौंमा धेरै जाडो हुन्थ्यो र नेवारी भाषा बोल्न नजान्ने हुनाले अलिकति अप्ठेरो वातावरण पनि थियो । काठमाडौंमा अहिले जस्तो सेवा तथा सुविधाहरू त्यतीवेला थिएन । त्यसैले हाम्रो परिवारले पनि मधेस जाने फैसला ग¥यो ।

बाल्यकालमा माहिलाबा आमासँग काठमाडौं देखि मधेशसम्म गरेको यात्रा मेरो जीवन कै अविस्मरणीय यात्रा हो । पिता पहिले नै मदेश जानु भएको थियो । हामी काठमाडौमा थियौ । माहिलाबा हामीलाई लिन आउनु भएको थियो । जव मैले काठमाडौंको पद्मोदय हाईस्कुलबाट कक्षा आठ सक्काए तव म परिवारसँगै मधेस लागेको थिए । पिताको कार्य क्षेत्र पनि उतै पारेर हामी वि.सं.२०२१ सालमा काठमाडौं छोडेर मधेस गएका थियौं । हामी मधेस जाँदा वाईरोडको बाटो हुँदै गएका थियौं । त्यतीवेला लोक भक्त ट्रान्स्पोर्ट भन्ने वाहन सेवा थियो । हामी त्यसमा नै चढेर मधेस गयौं । त्यस मोटरको मुख ट्रकको जस्तो थियो भने जीउ बसको जस्तो थियो । ट्रकलाई नै बस बनाइएको थियो । सुन्दर प्रकृतिको दृश्य अवलोकन गर्दै चिसो हावाले दिएको स्पर्श भित्र रमाउदै हामी यात्रामा लम्किरह्यौं । त्यसपछि घोडाले तान्ने गाडी अथवा टमटममा चढ्नु प¥यो । त्यहाँका मानिसहरू पनि अलि श्याम वर्णका देखिन्थे । घोडा पनि सजाइएको थियो । यो देख्दा मलाई अचम्म लागेको थियो । यसभन्दा अगाडि घोडाको गाडामा चढेको त के देखेको पनि थिइन । मलाई अनौठो अनुभूति भईरहेको थियो । सानै भएकाले होला त्यतीवेला मेरो लागि यो यात्रा निकै अचम्म लाग्दो र उत्साह पूर्ण थियो ।

यात्राको क्रममा समयले हामीलाई रक्सौल पु¥यायो । त्यहाँ पुगेपछि सुइय सिठ्ठी बजाउँदै धेरै लामो रेल धुवा उडाउँदै आयो । त्यसमा हामी चढेर भिम नगर पुग्यौं । यो मेरो जीवनको पहिलो रेल यात्रा हो । यात्रामा ठाउँ–ठाउँको दृश्य नौला–नौला अनुभूतिहरूको संगालो मनभरी बोकीरहेको थिए । त्यसपछि फेरी हामी ढुंगे रेलमा चढेर मधुवन गयौं । त्यस ढुंगे रेलले बारा क्षेत्रबाट ढुंगा बोकेर भारत, बंगला देश लगायत विभिन्न ठाउँहरूमा ढुंगा लैजाँदो रहेछ । ढुंगे रेलको यात्रा पछि हामी गोरुले तान्ने गाडामा चढ्यौं । मेरो बाल्य अवस्थाकै कारण होला यात्रामा सवैभन्दा धेरै खुसी म देखिन्थें । लगभग पाँच÷सात दिनको यात्रामा धेरै खालको सवारी साधनमा चढियो । नयाँ अनुभव गर्ने अवसर प्राप्त भयो ।

शिक्षा÷दिक्षा
काठमाडौंको पद्मोदय हाईस्कुलमा सात र आठ दुवै कक्षामा प्रथम हुन सफल भए । कक्षा आठ उत्र्तीण गरेर म सुनसरीको भगवती हाईस्कुलमा पढ्न गए । त्यतीवेला विज्ञान विषयको पनि पढाई हुन्थ्यो । विद्यालय जीवन देखिनै मलाई गणित र विज्ञान विषयमा रुचि थियो । इन्जिनीयर पढ्नको लागि गणित, विज्ञान र अंग्रेजी राम्रो हुनुपथ्र्यो । त्यहाँबाट मैले वि.सं. २०२४ सालमा प्रथम श्रेणीमा एसएलसी परिक्षा उत्तिर्ण गरें । तर मधेस ठाउँ भएकाले नेपाली विषय वाहेक अन्य सवै विषयहरू हिन्दी भाषामा पढ्नु पथ्र्यो । बाल्यकालमा नयाँ कुराहरू दिमागले बढी टिप्ने हुँदा हिन्दी भाषामा पढाई भएपनि बुझ्न त्यती गाह्रो भने भएन । विज्ञान विषयको पढाई भएतापनि त्यो समयमा विद्यालयहरूमा ल्याव लाईवेरीहरू हुँदैन थियो । प्रयोगात्मक अध्यापन गरेर देखाउने वस्तुहरू पनि थिएनन् । शिक्षकले पढाएको आधारमा कण्ठ पारेर परिक्षामा लेख्नुपथ्र्यो ।

एसएलसी परिक्षा उत्तिर्ण गरेपछि बिराटनगरबाट प्लेन चढेर काठमाडौं आउदा ८९ रुपैया प्लेन भाडा लागेको थियो । म जीवनमा पहिलो पटक प्लेन चढेको थिए । त्यहाँ ठूलो प्रतिक्षालय पनि रहेछ । यती ठूलो प्रतिक्षालय पहिले कहिल्यै देखेको थिइन । मलाई प्लेन चढ्दा रोटे पिङ् अर्थात लिङ्गे पिङ् खेलेको जस्तो अनुभव भयो । काठमाडौं आएर मैले अमृत साइन्स क्याम्पसमा आइएसी पढें । मैले पढ्दा अमृत साइन्स क्याम्पसको वातावरण अत्यन्तै राम्रो थियो ।

अमृतप्रसाद प्रधानको महानताबाट नै अमृत क्याम्पस बनेको हो । ठूलो हृदय भएका प्रधान महाभारत समयको कर्ण जस्तै हुनुहुन्थ्यो । कति पैसा त उहाले आफै पनि हाल्नु भएको थियो क्याम्पस बनाउन । उहाँको वैज्ञानीक सम्मेलनमा सहभागी हुने क्रममा विमान दुर्घटना भएर निधन भएको थियो । क्याम्पसको सामुन्ने उहाँको सालिक पनि राखिएको थियो । उहाँको वार्षिकी आउ“दा उहाँका आफन्तहरू फूल अर्पण गर्न आउ“थे । उहाँले धेरै दुःख गरेर बनाउनु भएको यो क्याम्पसमा तिमीहरूले राम्रोसँग पढ्नुपर्छ भनेर सुदर्शन रिसाल जस्ता शिक्षकहरूले भन्नुहुन्थ्यो । हामी विद्यार्थीहरू यी कुराहरू सुनेर नतमस्तक हुँदैै लालयित भएर पढ्थ्यौं ।

त्यतिवेला नारायन गोपाल भन्दा पनि अगाडिका कर्ण प्रिय स्वर भएका प्रेम ध्वज प्रधान एकदमै प्रख्यात हुनुहुन्थ्यो । उहाँले ‘नफाल जिन्दगी रोइरोइ अव त तिमि पुग्यौ रानी सोह्र वषर्’ भन्ने गीत गाउनु भएको थियो । पढाईसँगै सङ्गीत तर्फ पनि मेरो झुकाव थियो । तर मेरो लक्ष्य राम्रोसँग पढेर धेरै नम्बर ल्याएर इन्जिनीयर पढ्ने भएकाले अन्य कुरामा त्यति ध्यान दिने समय थिएन । म पढाइमा धेरै केन्द्रित हुन्थें । फलस्वरुप आइएसीमा म बोर्ड सेकेण्ड भए ।

आइएस्सी सकेर नेपालमा व्याचलर नभएकाले आर्किटेक्चर पढ्नको लागि म भारतको बरोडा भन्ने ठाउँमा गए । त्यो क्षेत्र अहिलेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको चुनाव क्षेत्र हो । त्यतिवेला मोदीले बरोडाको रेल स्टेसनमा चिया बेच्थे रे । त्यहाँ गएर मैले धेरै पटक चिया खाएको छु तर उहाँले नै बेचेको चिया खान पाए कि पाइन थाहा भएन । भारतमा गुजराती खानाको तरकारीमा नुनको सट्टा गुलियो राखिन्थ्यो भने पञ्जावी खानाको तरकारीमा नुन नै राखिने हुँदा म साधारणतया पञ्जावी खाना खान्थे ।

नेपाल छोडेर जानु पर्दा अलि भिन्न खालको अनुभूति भैरहेको थियो । त्यहाँको वातावरण, भेषभुषा, चालचलन, संस्कृति नेपालको भन्दा फरक थियो । नेपालको सम्झनासँगै नयाँ परिवेशमा नौलो अनुभुति गर्न पाउँदा खुशी पनि लागेको थियो । त्यहाँ पुरुषले धोती लाए जस्तै गरेर महिलाहरूले पनि पछाडि सिउरिएर सारी लगाउँदा रहेछन् । यो देख्दा अचम्म लागेको थियो । पहिलेका मानिस घोडाको प्रयोग गर्ने र घोडा चढ्न सहज हुने भएकोले यसरी सारी लगाएको उनिहरू बताउँथे । संस्कृति फरक खालको भएपनि मधेसमा बसेको हुनाले भाषामा भने त्यति धेरै समस्या भएन ।

भारतको महाराजा सयाजिराओ विश्वविद्यालयबाट मैले व्याचलर अफ आर्किटेक्चरी पढें । आर्किटेक्चर कला प्रधान हुन्थ्यो । मेरो उद्देश्य नेपालमा नै काम गर्ने भएकाले पाँच वर्षमा व्याचलर सकेर नेपाल फर्किए । त्यसपछि वि.सं.२०४७ सालमा अध्ययनको शिलसिलामा म बेलायत गए । बेलायतको युनिभर्सिटी अफ योर्कमा १ वर्षे मास्टर गर्न गएको तर ३ वर्षको पिएचडी सकेर पुन नेपाल फर्किए । धेरै साथीहरू पढ्न जान्थे नेपाल नआएर उतै बस्थे । मलाई आफ्नो देश छोडेर त्यहाँ काम गर्ने इच्छा थिएन र यहाँ जागिर पनि भएकाले म मेरो प्यारो जन्मथलो नेपाल फर्किए ।

जागिरे यात्रा
कर्म गरेमात्र फल प्राप्ती हुन्छ । असल कर्म (जागिर) नगरेको जीवन सुखी अर्थात अर्थपूर्ण हुनसक्दैन । मेरो पनि भारतबाट व्याचलर सकेर नेपाल आएपछि जागिरे यात्राको सुरुवात भयो । मैले पुलचोक क्याम्पसमा सन् १९७५ बाट पढाउन थालें । यो विचमा म धरान क्याम्पसमा क्याम्पस प्रमुख पनि भए । फेरी वि.सं. २०४५ सालमा मेरो दरबन्दी त्रिभुवन विश्वविद्यालयमा भएको हुनाले म काठमाडौं आए ।

बेलायतमा पिएचडी सकेर नेपाल आएपछि मैले पुन त्रिभुवन विश्वविद्यालयमा पढाउने र वास्तुकला संरक्षणका काम गर्न थालें । माया देवीको मन्दिर लगायत अन्य विभिन्न डिजाइनका कामहरू पनि गरें । अर्को उल्लेख्य कार्य भनेको अरवान प्लानिङ्मा मास्टरस कोर्स नभएकाले म आएपछि अरवान प्लानिङ्मा मास्टरस कोर्सको स्थापना भयो । म त्यस मास्टरस कोर्सको प्रथम फाउण्डिङ् कोअडिनेटर थिए । धेरै पछि सन २०१०मा स्नातकोत्तर तहको विपद जोखिम व्यवस्थापन सम्बन्धी कोर्सको स्थापना भयो । खुशी लाग्छ कि मेरो आफ्नो जीवनमा मास्टरस लेवलमा दुई ओटा कोर्स स्थापना भए ।

मैले ४ वर्ष डिन भएर काम गरें । त्यसपछि म प्रोफेसर भएकाले मैले पुन शिक्षण गर्न थालें । सेन्टर अफ डिजास्टर स्टडीज भन्ने एउटा अध्ययन केन्द्र खोलियो र त्यसको निर्देशक भएर पनि कार्य गरियो । विस्तारै वास्तुकलाबाट विपद प्रविधि तर्फ उन्मुख भइयो । म साधारण प्रविधि जुन स्थानीय श्रोत, साधन तथा सीपबाट गर्न सकिने साधारण प्रविधिमा विश्वास गर्दछु । मैले खरको छानाको अग्नि प्रतिरोधक प्रविधिमा काम गरेको छु । यस सम्बन्धि विभिन्न ठाउँहरूमा स्थानीय बासीहरूलाई पनि सिकाइ रहेको छु । कतिपय ठाउँहरूमा त स्थानीयवासीले नै गर्न सक्ने भएका छन् ।

प्रविधिको इतिहास
वैज्ञानिकलाई प्राविधिको विषयमा त्यति थाहा हुँदैन तर प्राविधिकलाई विज्ञानको विषयमा थाहा हुन्छ । वैज्ञानिकले प्राकृतिक घटनाको पर्यवेक्षण गरेर सिद्धान्तको निर्माण गर्दछ र प्रविधिकले यस सिद्धान्तलाई मानव कल्याणको लागि उपयोग गर्दछ । वैज्ञानिकले पानीले आफ्नो सतह आफै मिलाउ“छ भन्दछ तर प्राविधिकले यस सिद्धान्तको उपयोग गरेर पानीको धारा बनाउँछ । प्रविधि विना मानिसको दैनिक जीवन कष्टकर बन्न पुग्छ । नेपालमा पनि प्राचिनकालमा अहिले जस्तो आधुनिक खालको प्रविधि नभएपनि विभिन्न खालका पुराना प्रविधिहरू तथा प्राविधिकहरू थिए ।

नेपालमा लिच्छवीकालमा बनेका धेरै धाराहरू अहिलेसम्म पनि विद्यमान छन् । कतिपय ठाउँमा आज पनि ती धाराहरूबाट आएको पानी खान पाइन्छ । कृष्ण मन्दिर अगाडि मनीहिटी इश्वी सन ५७० मा बनेको धारा हो । अहिले त्यो १४ सय ४५ वर्षको भएर पनि एकदमै क्रियाशिल छ । धेरै मानिसहरूले अहिलेसम्म पनि त्यहाँको पानी उपयोग गरी रहेका छन् । यो देखेर पनि हामी प्रष्ट हुनसक्छौं कि हाम्रा पुर्खाहरू प्रविधिको निमार्णमा कति सक्षम थिए भन्ने कुरा । एउटा यस्तो मजवुत प्रविधि उनीहरूले बनाए जुन यती लामो समयसम्म पनि क्रियाशिल छ । तर आजकलका हाम्रा धाराहरूमा पानीको सट्टा बढी हावा आउने गरको छ ।

नास्टमा आएपछि
मानिसहरु नास्टले अहिलेसम्म पनि उल्लेखनीय काम गर्न नसकेको कुरा गर्दछन् । वास्तवमा अहिलेसम्मको समय पूर्वाधार निर्माणमा नै समाप्त भयो । अब नास्टले केही उल्लेखनीय काम गर्ने बेला आएको छ । विज्ञान तथा प्रविधिमा धैर्य धारण गर्नु पर्दछ । यो आजको भोलि हुने विषय होइन । भारत तथा चीनले एक नासले यस क्षत्रमा लगानी गरेकोले अहिले सफल भएका छन । नेपालले पनि केही वर्ष यस क्षत्रमा लगानी गरे सफलता हासिल गर्न नसकिने होइन ।

म आउन भन्दा अगाडि नाष्टमा आवश्यक बजेट थिएन । विभिन्न तह र तप्कालाई अनुरोध गरेर नाष्टमा बजेट ल्याइयो । पहिला हाम्रो अनुसन्धानका लागि बजेट ७१ लाख रुपैया मात्र थियो । तर अहिले हामीले साढे ४ करोड रुपैया ल्याएर काम गरिरहेका छौं । आगामी वर्षहरूमा नाष्टको लागि बजेट अझ बढ्ने अनुमान गरिएको छ भने बजेट अनुसार धेरै कामहरू पनि हुने नै छन् ।

नाष्टमा यस बजेटको लागि प्रधानमन्त्री सुशिल कोइराला, अर्थ मन्त्री रामसरण महत, अर्थ मन्त्रालय तथा विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयबाट सहयोग प्राप्त भएकाले यो सम्भव भएको हो । आउ“दा दिनहरूमा विज्ञान तथा प्रविधि प्रतिष्ठानबाट मूर्त खालको काम तथा उत्पादनहरू गर्ने योजना रहेको छ । हामीले अहिले उर्जा तथा विपदलाई विशेष रूपमा सम्बोधन गरिरहेका छौं । जीवन उपयोगी प्रविधिहरूको विकास गर्नको लागि अहिले पहल भएको छ ।

विवाह
भारतबाट व्याचलर सकेर नेपाल आएको केहि समय पछि वि.सं. २०३८ सालमा मिना पोखरेलसंग मेरो विवाह भयो । मेरो एक छोरी श्वेता पोखरेल र एक छोरा सागर पोखरेल गरी दुई सन्तान छन् । सागरले आइएनजीओमा काम गर्छ । उ इन्जिनीयर हो भने छोरी अर्वन प्लानर हो उनि दुवैमा काम गर्छिन ।

विज्ञान र धर्म विचको सम्बन्ध
भावनात्मक धरातलमा उभिएर हेर्ने हो भने भगवान छन् । तर वस्तुपरक हिसावले कुरा गर्दा भगवान नहुन पनि सक्छन् । मानिसलाई संकटको वेलामा भगवानको स्मरण हुन्छ । गितामा पनि मानिसलाई संकट परेको वेला भगवानलाई सम्झने कुराको उल्लेख गरिएको छ । स्टेफन हकिङ् भन्ने वैज्ञानिकले भगवान नभएको कुरा गरेका छन् ।

jibraj_revo1
धर्ममा पनि कतिपय वैज्ञानिक कुराहरू हुने भएकाले त्यसलाई हामीले सम्बोधन गर्न सक्नुपर्छ । हाम्रो पारम्परिक प्रविधिहरूको अभिनय राख्ने, त्यसको संरक्षण गर्ने र आवश्यक भयो भने त्यसको पहिचान नबिग्रने गरी सहित आंशिक आवश्यक भएको खण्डमा आधुनिकि करण गर्ने भन्ने कुरा भएको हुनाले यसलाई हामीले सम्बोधन गर्न जरुरी छ । संस्कृतीलाई संरक्षण गर्ने हाम्रो प्रज्ञा प्रतिष्ठान पनि भएकाले हाम्रा विद्यमान पारम्परीक प्रविधिहरूलाई तिनीहरूको संरक्षण गर्ने र तिनीहरूलाई सम्बर्धन गर्ने हामी सवैको दायीत्व पनि हो । भगवान भएपनि नभएपनि यसको जग अडिक छ । यसलाई हामीले नकार्न सकिदैन भन्ने मान्यता छ ।

भविष्यको योजना
मानिसले गर्न सकुन्जेल असल कर्म गरिहनु पर्दछ । आफ्नो जिम्मेवारी वहन गर्दै अहिले पनि मैले विभिन्न पत्रपत्रिकामा लेखहरू लेखीरहेको छु । अहिले यो प्रशासनिक कामले गर्दा अलिक कम भएको छ । मलाई साहित्यमा रुचि भएका कारण म मेरो कलमलाई भविष्यमा पनि निरन्तरता दिने छु । प्रविधिकै क्षेत्रमा पनि मैले सकेको योगदान पु¥याइ रहने छु । सेवा निवृत भएपछि समुदायलाई आफ्नो अनुभवहरू बाँड्ने अर्थात लेखनको अतिरिक्त सामाजिक कामहरू गर्ने चाहना छ ।

जीवन दर्शन
कसैले जीवनलाई फूलको सुन्दर थुंगा मान्छन् भने कसैले जीवन काँडा नै काँडाहरूको दोबाटो ठान्छन् । जीवनलाई विभिन्न किसिमले परिभाषा गरेको पाइन्छ । वास्तवमा अनुशासनमा रहेर आफु र अरूलाई हित हुने अर्थात पछिसम्म स्मरण रहने खालको असल कर्म गर्नुसक्नु नै जीवन हो । जीवनमा कहिल्यै पनि नराम्रो परिणाम आउने कार्य गर्नुहुँदैन । जीवनमा कुनै पनि असल कर्म गरिएन भने त्यो जीवन अर्थहीन बन्न पुग्छ ।

जीवनमा गुमाए भन्दा पनि मलाई धेरै कुराहरू पाएको जस्तो अनुभुति भएको छ । आपूmले गरेका कार्यहरू सम्झिँदा आनन्द लाग्छ । त्यसैलाई कसरी उत्कर्षमा पु¥याउने भन्ने अभिलासा छ ।

साहित्य यात्रा
सानोदेखि नै साहित्य मेरो रुचिको विषय थियो । साहित्य कसलाई पो मन नपर्ला र ? साहित्य भनेको यस्तो चिज हो जुन वेला–वेलामा बम र बारुद भन्दा पनि बढि विस्फोटक हुन्छ । साहित्य समाजलाई सचेत गराउने एउटा धारिलो हतियार हो । म सानै भएपनि त्यतीवेला भएका कवि सम्मेलनहरूमा भाग लिन्थें ।

प्रश्नको विट मार्ने तरखरमा साहित्यमा रस कसरी आयो भन्ने प्रश्नमा उनले, ‘साहित्यका सवै विधा मलाई मनपर्छ । म विशेष गरी कविताहरू र लेखहरू लेख्ने गर्छु । यी गीतहरू मलाई असाध्यै मन पथ्र्यो । साहित्यले जीवनलाई चलाउन नसके पनि सृजनशील भने पक्कै बनाउ“छ ।’

प्रस्तुति : लक्ष्मण डंगोल र अमृता अर्याल,