साहित्यको विकास नभएको समाज पशुहरुको झुण्डजस्तै हुन्छ

२०३५ सालदेखि अनवरत साहित्यमा लागिरहनुभएको, २० थरी विभिन्न भाषाका शब्दकोशका साथसाथै निबन्ध, उपन्यास, समालोचना, कथा, गद्य र पद्य कविता, बाल साहित्य आदिका ३५ भन्दा बढी पुस्तक प्रकाशित गरिसक्नुभएका विनयकुमार शर्मा नेपाल (जन्म २०१७ असोज २८) सँग स्रष्टाखबरका लागि अमृता अर्यालले गरेको भलाकुसारीको संपादित अंशः 

१) यहाँको विधागत पहिलो रचना कुन हो ?
लेखनको त सम्झना छैन तर प्रकाशनको हिसाबले २०३५ भाद्र गाइजात्राको अङ्कमा कथा (नाम अहिले बिर्सेँ) र २०३६ सालको डाँडावारि भन्ने साहित्यिक पत्रिकामा बत्ती निभ्छ मैन बल्छ भन्ने कविता छापिएको हो । ॐ र त्यसको महत्त्व नामक पहिलो समालोचना भने २०४२ सालको गरिमामा छापिएको हो ।

२) अनि कृति नि ?
परिकल्पना उपन्यास २०३८ असोज हो ।

३) साहित्य केका लागि लेखिन्छ ?
अमृता बहिनी, यो बडो कठिन कुरो सोध्नुभो र लामो पनि । मान्छेले साहित्य लेख्ने कारणहरु अनगिन्ती होलान्, म केही सङ्क्षेपमा प्रयास गर्छु है त ?

साहित्य किन लेखिए वा केका लागि लेखिए वा किन लेखिन्छन् भन्ने तर्क र परिभाषा विभिन्न कालमा विभिन्न विद्वान्हरूले आ आफ्नै ढङ्गले गर्दै आएका छन् । मान्छेका चेतना, भाव, सोच, विचार, कार्य, समाज, व्यवहारजस्ता यावत् कुरालाई सोच्दा पनि विन्दुको खोजी गर्नुपर्ने हुन्छ । साहित्य मनोरञ्जनका निम्ति लेखिन्छ वा आत्मशान्तिका लागि लेखिन्छ भन्दा के मनोरञ्जन ? कस्तो मनोरञ्जन रु नकारात्मक कि सकारात्मक रु फाइदा(घाटा रु केका लागि ? कसका लागि ? भन्ने कुराहरू सहज नै उठ्ने हुनाले त्यस्ता विन्दुहरुलाई कारण ठान्नु उपयुक्त हो कि ? त्यसरी हेर्दा यी कुराहरुमध्ये के केका लागि साहित्य लेखियो त ?
१) आफे जानेका वा जान्न खोजेका ज्ञानविज्ञानका सोच, भाव, विचारबाट उठेका कुराहरू सिक्न र सिकाउन वा म यति जान्दछु भनी देखाउन ।
२) सत्यतथ्य, घटनाक्रम, कथा, जीवनी, वृतान्त, इतिहास आदि आदि बुझ्न र बुझाउन ।
३) स्वर्ग(नर्कका अर्थात् भूत(भविष्यका अनेक कपोलपल्पित कल्पनाका गाथा(कथाहरू कल्पेर तर्साउन वा सचेत गराई अनुशासन राख्न ।
४) ज्ञानविज्ञान, कला, साहित्य र संस्कृति आदिको महत्त्व बुझाउन ।
५) समाजलाई नियन्त्रणमा राख्न, शासन गर्न, नियम, विधि, विधान, कानुन आदि बनाउन ।
६) सुखमा रामरमाइलो गर्न वा शोकमा दुस्खको भाव प्रकट गर्न ।
७) धर्म, संस्कार, चलन, प्रथा चलाउन वा बुझाउन ।
८) समय बिताउन ।
९) आफ्नो भाव(विचार(सिद्धान्त लाद्न ।
१०) नाम वा कीर्तिको लोभ, अमर भइन्छ नि भन्ने लालचका लागि ।
यी र यस्तै अनेक कारणहरुले साहित्य लेखिए वा लेखिँदै गए । युग र समयअनुसार शास्त्र, विधि, विधान बनाइए । समय समयमा रस, लालित्य, अलङ्कार आदि आदि भूषण लगाइँदै गए । भेद उपभेद, विधा उपविधामा विस्तारित हुँदै गए । सिर्जना हुँदै गए, शास्त्र बन्दै गए । यस विकासको क्रममा एकथरी कडा, कठोर र दुरुहपूर्ण नियम बनाउन तल्लीन रहे भने अर्काथरी नियमलाई भाँचकुँच गर्दै, सहज र सरलतातिर मग्न रहे । यी दुवैबाट साहित्यले फाइदै फाइदा बटुल्यो, घाटै भएन । कारण स् कठोरताले उत्कृष्ट सिद्धान्तवादी रचनाहरु जन्मे भने सरलताले साहित्य दीन- दुःखी, गरिबहरुका बीच समेत फैलन पायो र तिनका कथा गाथा गाइयो । साहित्य शिक्षित- अशिक्षित, धनी -गरीब सबैको हो भन्ने विचार राख्नुपर्छ । प्रत्येक मान्छेको बुद्धि र विचार भिन्न भएजस्तै साहित्य पनि भिन्न भिन्न हुनुपर्छ तर सबै अनुकुल हुनुपर्छ र लेखिनुपर्छ ।

४) अहिले भाषामा देखिएको विवादमा को दोषी छ ?
एक नम्बरमा त सरकार नै दोषी हो । देशको कला, साहित्य, संस्कृतिको जगेर्ना र व्यवस्थापन सरकारले नै गर्नु पर्ने हो । भाषालाई मानक बनाउने काम सरकारी स्तरबाट नै सम्भव छ । मान्छे त सबै सधैँ मैले भनेजस्तो मात्र होस् भनिठान्ने प्रवृत्ति भएका हुन्छन् । त्यसमा पनि सबै मान्छे सबै क्षेत्रमा मै ठूलो, मै जान्ने, मै श्रेष्ठ, मै बलियो भनिरहने प्राणी हो । सरकार कमजोर भएको, राष्ट्र कमजोर भएको बेलामा पैसामा बिक्ने विद्वान् भनिने भातमाराहरु जुर्मुराउनु स्वाभाविक नै हो । यस्तालाई समातेर विदेशीले मौकामा चौका हान्दछन् । भाषाको सम्बन्ध संस्कृतिसँग अटुट गाँसिएको हुन्छ । संस्कृति(विच्छेदन गराउन पाए आफ्नो स्वार्थ सिद्ध हुन्छ भनिठान्ने विदेशीको पैसामा बिकेर भाषा बिगार्ने यो देशको र हाम्रो सभ्यताका घातक हुन् । दुई नम्बरमा नागरिकको पनि आफ्नो दायित्व हुन्छ । मात्र नागरिकता बोकेर कसैले म यो देशको नागरिक हुँ भन्छ भने खोइ त्यसलाई के भन्नु रु मलाई लाग्छ हाम्रो देशमा नागरिक कर्तव्य र दायित्व बुझेका एक जना पनि छैनन कि जस्तो । फेरि पनि नागरिकलाई उसको दायित्व र कर्तव्यको बारेमा चेतना फैलाउने काम सरकारके हो, वातावरण उसैले मिलाउनुपर्छ तर बिडम्वना सरकार र सरकार हाबी भएका सबै प्रशासनिक वा प्रतिष्ठानहरू बजेटको बँटाइमा ठेक्कामा डुबेको अवस्थामा कुनै पनि राम्रो कुरो सहजसँग बन्न र बनेकोलाई टिकाउन गाह्रो देख्छु म ।

५) समाज र साहित्यको सम्बन्ध कस्तो देख्नु हुन्छ ?
मान्छेले आफ्नो आवश्यकता पूरा गर्न शब्द निर्माण गरे, समाज निर्माण गरे । शब्द र समाजको मेल वा उपलब्धि नै साहित्य र संस्कृति हो । समाजको निर्माणसँगै कथ्य साहित्य र संस्कृतिको विकास हुँदै गयो तर संस्कृतिको प्रर्दशन र साहित्यको लेखनको इतिहास भने अलिपछि नै भएको मान्नुपर्छ । समाज र साहित्य परस्पर निर्बाध जोडिएका हुन्छन् ।  त्यसैले साहित्य र संस्कृतिको विकास प्रत्येक समाजलाई हिजो पनि जरूरी थियो, आज पनि छ र भोलि पनि हुन्छ ।

६) जीवन र साहित्यको सम्बन्ध बारे के धारणा छ नि ?
समाज मानव जीवनकै अपरिहार्य तत्त्व हो । साहित्य समाज कै एउटा अङ्ग हो । यी परस्पर जोडिएका छन् । साहित्यद्वारा मानवले मानवको अनुभव अनुभूतिहरु प्रस्तुत गर्दछ र त्यसले पूर्व कालको समग्र ज्ञान, वर्तमान कालको जानकारी र भविष्यको समाजको बाटो निर्धारण गर्दछ । समाजले नै हिजो, आज र भोलिका मान्छेको जीवन सरल र सहज बनाइरहेछ । साहित्य, कला, संस्कृतिबाट टाढिएको मान्छे मात्र यन्त्र वा व्यवसायिक बन्दछ । त्यसैले साहित्यलाई जीवनमा आत्मसात गर्नेहरु मरेर पनि विचारद्वारा जीवित हुन्छन् । मान्छेको जीवन आफैमा सुन्दर छ त्यसलाई साहित्यद्वारा अझ सुन्दर पार्नु हाम्रो दायित्व र धर्म हो ।

७) शब्दकोश विधालाई त तपाईंले व्यवशायिक बनाइदिनु भो नि ?
हो, मैले लेख्न र मेरो प्रकाशनबाट शब्दकोशहरु छाप्न सुरू गर्नुभन्दा पहिले यहाँ फ्याट्टफुट्ट मात्र केहीले शब्दकोश लेख्थे र छाप्थे । लेखकहरुले छापेका त एक संस्करणबाट निस्केन निस्केन केही प्रकाशकले छापेका केही शब्दकोश पनि व्यावशायिक हुन सकेन । शब्दकोशहरूले निरन्तर परिमार्जन चाहन्छ त्यो प्रक्रियामा कोही लागेनन् । शब्दार्थ प्रकाशनले निरन्तर मेरो धेरै थरी शब्दकोश छाप्यो र निरन्तर संशोधन, परिमार्जन र पुनमुद्रण गरेर यो विधालाईं व्यावसायिक बनाउन मद्दत र्गयो, अब त अन्य केही प्रकाशन गृहहरु पनि प्रतिस्पर्द्धामा उत्रेका छन् ।

८) विधागत पत्रिका निकाल्ने सोच कसरी आयो त ?
मलाई जुनसुकै काम अलि नौलो ढङ्गले गर्नमा आनन्द लाग्दछ । अरुले गरेजस्तै गरे फेरि मेरो आफ्नो के रु यो प्रश्नले वेला वेला मलाई नयाँ मार्ग देखाइरहन्छ र यसै क्रममा नेपाली साहित्यको अभिवृद्धिका लागि विधागत अभियानको खाँचो छ भन्ने लाग्यो । २०३६ साल मै एक साथीसँग मिलेर एउटा ‘डाँडावारि’ नामको पत्रिकाको दुई अङ्क विधागत निकालेको थिएँ, तर पढ्दै गरेको विद्यार्थीले के भनेर निरन्तरता दिनसक्नु र रु २०६५ साल वैशाखबाट ‘वैजयन्ती’को आरम्भ गरेको हुँ र एक अङ्क नबिराई एक अङ्कमा एक विधा समेटेर अहिलेसम्म निस्की नै रहेको छ । सम्भवतस् यो नेपालकै पहिलो विधा केन्द्रित पत्रिका हो ।

९) तपाईंको निबन्ध ‘माथापच्ची’ के निबन्धमा नौलो प्रयोग नै हो त ?
यो कुरो त तपाईंजस्ता पाठक र साहित्यका महारथीहरुले निर्क्यौल गर्ने कुरा हो । तपाईंले मलाई सोधेपछि केही त मैले पनि भन्नै पर्छ । म यसमा मेरो उक्त पुस्तकको भूमिकाकै साहरा लिन्छु ( महाकवि देवकोटाले निबन्धलाई ‘टेबुल गफ’ वा ‘लहडी गफ’ भनेजस्तो निबन्ध खोज्न मैले धेरै निबन्धकारका निबन्धहरू पढेँ । स्वयम् देवकोटाका केही निबन्धपछि मलाई रामकृष्ण शर्मा, शङ्कर लामिछाने, भैरव अर्याल, रामकुमार पाँडेका मात्र एक एकओटा निबन्धले सुमधुर प्रभाव पारे । तिनै स्रष्टाका अन्य निबन्धले किन त्यस्तै प्रभाव पार्न सकेनन् रु प्रश्न आफैतिर फर्के, अनि के महाकविले भनेजस्तो निबन्ध लेख्न सकिएला रु
निबन्धमा संसार घुम्न सक्छ, सृष्टि नाच्न सक्छ, सूक्ष्मातिसूक्ष्म कण र विशालभन्दा विशाल मन नापिन सक्छ । निबन्धले समस्या देखाउन सक्छ र समस्याको निराकरण पनि गर्न सक्छ । साहित्यमा कुनै विधाले गर्न नसकेको काम निबन्धले गर्न सक्छ ।
तुलनात्मक निबन्धको प्रयोग विश्वसाहित्यमै कम छ । तर्क र प्रमाण, प्रश्न र उत्तर तुलनात्मक निबन्धका प्रमुख विन्दु हुन् । विश्वका अन्य भाषामा लेखिएका निबन्धहरूमा तुलनात्मक निबन्ध लेखिए वा लेखिएनन् रु यो खोज्नेले खोज्लान् नै ।
हो, तुलनात्मक निबन्ध लेखिन सक्छ र लेखिन हुन्छ भन्ने आशय प्रकट गर्न मात्र माथापच्चीको रूपमा उपस्थित रहेँ । कुनै निबन्धले विषयवस्तुकै रुपमा तुलनात्मकतालाई दृष्टि दिन्छ भने, कुनैमा भाव सम्प्रेषण मात्र तुलनात्मक छ, कतै संवादशैलीका एकालाप गरिने प्रयत्न पनि गरिएको छ ।

१०) तपाईंको समालोचना कृति ‘नेपाली महाकवि र महाकाव्य’ मा पनि केही नौलो प्रयोग छ कि रु
हो, नेपाली काव्य विद्याको महाकाव्य फाँटमा १६० वर्षको इतिहास छ त्यसमा । २०५८ सालसम्म निस्केका ५२ महाकाव्यकारका ८५ महाकाव्यको कथासार, परिचय र विश्लेषण छ । यो त्यस अर्थमा फरक छ कि यसमा नेपाली समालोचनामा चलेका पूर्व र पश्चिमका भेद वा सिद्धान्तभन्दा फरक पाठकीय समालोचनाको शैली प्रयोग गरिएको छ । आम पाठकले कुनै सिद्धान्तमा नलागी कृति पढदा आफाई अनुभूत भएका र मनमा गढेको कुरा पनि समालोचना हो भन्ने विचार अन्तर्गत यो तयार भएको छ ।

११) साहित्य संवर्द्धन केन्द्रको बारेमा अलिकति बताइदिनुहोस् न ?
यसको निक्कै लामो कथा छ, म छोटकरीमा सक्छु । २०५९ सालको पुसमा कवि नरेन्द्र पराशर, चन्द्रप्रसाद न्यौपाने र मेरो बीच गफैगफमा एउटा ‘महाकाव्य दिवस’ मनाउन पाए त हुन्थ्यो नि भन्ने कुरो निस्क्यो । कुरो कुरै हो, कुरैमा सेलायो । कहिले काहीँ प्रसङ्ग उठ्दा साथीहरूले तिमी त कार्यक्रमहरू गरिरहन्छौ त्यसैमा यसो तालमेल मिलाएर घोषणा गरिदेऊ न पनि भने तर मलाई लाग्छ एउटा संस्था त खल्टीमा दुईचार हजार भए खुलिहाल्छ तर त्यसलाई निरन्तर बचाइ राख्न गफ गरेजस्तै सजिलो भने हुन्न । नाम र धन कमाउन सजिलो छ तर बचाउन गाह्रो छ । गफ गर्न सजिलो छ र काम गर्न गाह्रो छ । त्यो त्यतिकै रह्यो । लगभग दश वर्षपछि २०६९ पुसमा एक दिन मित्र भुवनहरि सिग्देल, बुनू लामिछाने, नरेन्द्र पराशर र मबीच छलफल भयो र महाकाव्यबाट व्यापकताको खोजीमा ‘काव्य दिवस’सम्म पुगियो । यसपछि यस विषयमा मैले प्रा। राजेन्द्र सुवेदीज्यू र मित्र रामप्रसाद ज्ञवालीजीसँग छलफल गरेँ । राजेन्द्र सुवेदीसरले अति नै सहृदयतासाथ हामीलाई मार्ग निर्देशन गर्न स्विकार्नुभयो र ‘साहित्य दिवस’ नामको प्रस्ताव गरेर यस विषयलाई अझै व्यापक बनाइदिनुभयो अनि यसको दायरा बढाउँदै लग्नुपर्छ भन्ने विचारले पटक(पटक औपचारिकरअनौपचारिक छलफलहरू गरिए । प्रत्येक छलफलमा केही साथीहरू थपिनुभयो । केही साथीहरू भने काम गर्ने बेलामा बीच बीचमा हराउन थालेको अनुभव पनि बटुलियो । जे होस् जसरी होस् आँटेको कामलाई टुङ्गोमा र्पुयाउनै पर्छ भनेर प्रा। राजेन्द्र सुवेदी, बुनू लामिछाने, भूवनहरि सिग्देल, दुर्गाप्रसाद नेपाल र यो विनयकुमार भने कामै नपाएको मान्छेजस्तो लागेको लागेकै गरे र त्यसको फल २०६९ चैत्रको १७ गते विभिन्न विधाका लगभग ३० साहित्यकारबीच यस विषयमा के रु किन रु कसरी रु भन्ने गहिरो बहस भयो, तर साहित्य दिवसको औचित्यमाथि भने कसैले शङ्का गर्न सकेनन् ।
संसारमा विभिन्न कारण देखाइ अनेक दिवस मनाइँदै आइएको छ तर साहित्य दिवस अर्थात् ीष्तभचबचथ म्बथ भनेर मनाएको कतै सुनिएको छैन, त्यसो भनेर हामीले पहिलोको दाबी गर्नु जरुरी पनि छैन, सबै जानकारी हामीसम्म आइनपुगेको पनि हुनसक्छ । साहित्यका केही विधाहरूको यहाँ पनि दिवस मनाइएको सुनिन्छ तर ती कुनै पनि औपचारिक बन्न सकेको देखिन्न । सीमित स्रष्टाहरुले सीमित ढङ्गले हिँड्नुभन्दा सबैले एउटै छाता मुनि रहेर सबै वर्ग, दल, जाति, लिङ्ग, भाषाका प्रतिनिधि हुने गरी एकसाथ अगाडि बढ्न सके साहित्यको फाँट अझै फराकिलो होला कि भनेर साहित्य संवर्द्धन केन्द्रको स्थापना गरियो । साहित्य दिवस साहित्य संवर्द्धन केन्द्रकै एउटा कार्य हो ।
२०७० वैशाख ६ गते १२ बजे लगभग १०० स्रष्टाबीच छलफल गरियो । छलफलमा प्रा। राजेन्द्र सुवेदीज्यूले अवधारणा(पत्र राख्नुभयो । त्यसै दिन २ बजे सत्यमोहन जोशीज्यूको सभापतित्व र पूर्व प्रधानमन्त्री माधव नेपालको प्रमुख आतिथ्यमा राष्ट्रकवि माधवप्रसाद घिमिरे, उपन्यासकार मदनमणि दीक्षित, कोषकार वसन्तकुमार शर्म्मा नेपाल, कवि कृष्णप्रसाद पराजुली, कमलमणि दीक्षित, सुश्री भद्रकुमारी घले, प्रा।डा। वासुदेव त्रिपाठी, प्रा।डा। चूडामणि बन्धु, आनन्ददेव भट्ट, नित्यराज पाण्डे, भानुझपोखरेल लगायतका ४०० स्रष्टा उपस्थित रहेको विशाल समूहबीच साहित्य दिवसको घोषणा गरियो र यसै वर्षदेखि दुई पुरस्कारको पनि आरम्भ गरियो ।
१२) यसले गर्ने काम के के हो नि ?
‘साहित्य दिवस’ त एउटा कार्यक्रम मात्र हो । अरु गर्ने काम धेरै छन् तर पनि आरम्भमा हामीले केही कामहरूको परिकल्पना गरेका छौँ । १। साहित्यको प्रत्येक विधाको ग्रन्थको रेकर्ड राखेर एउटा साहित्यको वर्ष पुस्तक निकाल्ने र त्यसबाट नेपाली साहित्यको पुस्तकहरुको अभिलेखन हुनेछ यसको सुरूआत भेसकेको छ २०७१ सालको वर्ष साहित्य पुस्तक आइसकेको छ र यो प्रत्येक वर्षको ज्येष्ठमा आउने छ । २। निरन्तर परिमार्जन र परिशोधन गरेर एउटा लेखक कोश निकाल्ने जसले स्रष्टाको अभिलेखन गर्नेछ, यसको पनि काम आरम्भ भइसकेको छ, यो ०७३ को अन्तसम्ममा आउला कि । ३। वर्ष पुस्तकको प्रकाशनले हामी कहाँ पुस्तकहरू जम्मा हुने क्रम बढ्दो छ । यसलाई अलि बढाएर एउटा राष्ट्रियस्तरको अनुसन्धानमुखी पुस्तकालय खोल्ने जसको लागि हामीले सतुङ्गलबाट एक किलोमिटर भित्र मातातीर्थ जाने बाटोमा दुई रोपनी जग्गा प्राप्त गरिसकेका छौँ । ४। भाषा(साहित्यका विभिन्न विधाहरु समेटेर पुरस्कार र सम्मानको थालनी गर्ने, २०७० देखि नै यसको कार्य आरम्भ भएको हो हाल तीन क्षेत्रमा यसले सम्मान पुरस्कार प्रदान गरिरहेछ । ५। साहित्यिक व्यक्तित्वहरूका सबै विवरण खुल्ने अनुसन्धान कक्षहरूको निमार्ण गर्ने । ६। नेपालभित्रका सबै भाषा(साहित्य सेवीहरुको जमघट गराएर साहित्य दिवसमा भव्य रुपमा मनाउने आदि आदि । यहाँ गरिनु पर्ने धेरै काम छन् तर सबैकाम एकै पल्ट हुने होइन, निरन्तर प्रयास र प्रयत्न गरे पक्कै सफल भइन्छ भन्नेमा हामी ढुक्क छौँ ।

१३) यसको लागि स्रोत के छ नि तपाईंहरुसँग ?
हेर्नोस् धन आज आउने भोलि जाने कुरा हो, धन कहिल्यै कसैको भएन । हिजोका धनीका पुस्ताहरू धनकै कारण नालायक भएर गरीब बनेका प्रशस्तै इतिहास पनि छ । जोसँग छैन उसले जेनतेन दुस्ख गरेर कमाउँछ र जम्मा गर्छ । अर्को पुस्ताले विनाश्रम पाएको धन प्रयोग गर्न नजानेर घटाउँछ, तेस्रो पुस्ता वा चौथो पुस्ता पुग्दा गरिब धनी र धनी गरिबमा परिवर्तन नहुने एक प्रतिशत पनि होलान् वा यसो नहुने नहोलान् भन्न सकिन्न । फेरि मर्दा कसैले केही लिएर जान सक्दैन । यहाँ कमाएको ज्ञान, धन, बुद्धि, विवेक आदि सबै बेलैमा बुझेर यहीँ बाँडेर जान सके राम्रो हो । बाँड्न कञ्जुस गरेर पनि कसैले के लिएर गएका छन् र रु त्यो खेर हाल्नु सट्टा यहीँ प्रयोग गर्न जाने बरू केही काल तिनको नाम सुनिने हो, आफ्नै पुस्ताको काम आउने हो । धन, ज्ञान, बुद्धि, अनुभव प्रयोग गर्ने कुरा हुन्, ठीक ढङ्गले राष्ट्रको लागि ठीक ठाउँमा प्रयोग गरौँन भन्दा साथी भाइ भेटिएलान् कि रु नेपालीहरु साह्रै मनकारी छन्, हुँदै जाला । आशा राखौँ समयले व्यवस्थापन गराउला ।
वर्ष पुस्तकको लागि पुस्तक उपलब्ध गराउने ठाउँ
साहित्य संवर्द्धन केन्द्र वा
शब्दार्थ प्रकाशन
चाबेल, गणेशस्थान
४४९७३५१र९८४१४९६१०३