सम्मान अर्पणसँगै पुस्तक विमोचन

स्रष्टाखबर समाचारदाता

शनिबार राजधानिमा कवि रुद्र अधिकारीको मुक्तकसंग्रह तिरस्कृत मनको विमोचन भएको छ । अभिनव साहित्य समाजको नियमीत काव्य श्रृङ्खलामा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीद्वारा तिरस्कृत मनको विमोचन गरएिको हो ।

परशुराम पराजुलीले विमोचित पुस्तक तिरस्कृत मनको समीक्षा गर्नु भयो । उहाँले यस नयाँकृतिले समाज परविर्तनमा टेवा पुर्याउने कुरा द्ययक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट कृति आओस् भनेर शुभकामना पनि व्यक्त गर्नुभयो ।
उक्त समाजले महाकवि देवकोटाको १०८ औँ जन्मजयन्तीको अवसरमा १ सय ७७ औँ मासिक काव्य श्रृङ्खलामा महाकविप्रति श्रद्धासुमन अर्पण गरेको छ । हरिप्रसाद घिमिरेको ९४ औँ जन्म जयन्तीको अवसरमा समाजले उहाँको नाममा स्थापना गरेको नगद रु १७,०००। सहित ताम्रपत्रले ‘नेपालमा प्रचलित दर्शनशास्त्रका सिद्धान्तहरू’ नामको ग्रन्थका रचनाकार श्री वेदुराम भुसाललाई सम्मान गरेको छ ।
जस्तै साहित्यिक संस्थाहरूको गतिविधि र योगदानकै कारण साहित्यको विकासमा उल्लेखनीय सहयोग पुग्दै आएको कुरा कुलपति उप्रेतीले बताउनु भयो ।

 

समारोहमा उपस्थित कविहरूमध्ये ५१ जनाले आ–आफ्ना रचना वाचन गर्नुभएको थियो । वाचित रचनामध्येबाट ओमप्रसाद कोइराला, उर्मिला कोइराला, कल्पना काफ्ले र भुवन सिवाकोटीलाई उत्कृष्ट रचना प्रस्तुत गरेवापत प्रोत्साहित पुरस्कार प्रदान गरिएको थियो ।

 

कार्यक्रमका अन्य सहभागीहरूमा गोविन्द नेपाल, प्रकाश वस्नेत, बाजुराम पौडेल, निर्मल पराजुली, घनश्याम प्रसाईं, कृष्णदेव रिमाल, प्रदीप मैनाली, अनन्तप्रसाद अर्याल, उत्तम विचार, शिवराम खड्का, मञ्जुश्री प्रधान, सुशील आचार्य, सरद पराजुली, सुनिल अधिकारी, हेमन्त शिशिर, तिलस्मी प्रभास, लक्ष्मी रुम्बा, कुसुम शर्मा, लीराराज दाहाल, मेनका पोखरेल, राधिका कुइँकेल, ऋचा, विष्णु न्यौपाने, शेषराज आचार्य, बिन्दा खतिवडा, रेहान खान, रत्ननिधि रेग्मी, सुशीला पौडेल, उदास कार्की, लक्ष्मी श्रेष्ठ, विमला दाहाल, रिता खतिवडा, , विशाल खड्का, बेनीबहादर थापा, टि।एन। भट्ट, दीपक अधिकारी आदि हुनुहुन्थ्यो ।

 

कार्यक्रममा वाचित रचनाहरुमाथि साहित्यकार शीतल गिरीले समिक्षा गर्नुभयो भने प्राज्ञ श्री विष्णु प्रभातले सम्मानित व्यक्ति बारे मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रमको सभादक्ष्य समाजका उपाध्यक्ष प्रकाशमणि दाहालले कार्यक्रमलाई विर्सजन गर्दै आगामी दिनमा पनि यस्तै कार्य गर्ने बताउनु भयो ।