सदीक्षाले जितिन् मिस पोखरा

 पोखरा÷रास– पोखरा जेसिजको आयोजनामा आठौं संस्करणको मिस पोखरा–२०१६ को ताज २१ वर्षीया सदीक्षा पाण्डेले जितेकी छन् । पाण्डेले उपाधिसँगै ५० हजार रुपैयाँ र स्कुटर प्राप्त गरिन् ।

प्रतियोगितामा प्रश्मी थापा फस्र्ट रनरअप र उन्नति गुरुङ सेकेन्ड रनरअप भए । उनीहरूले क्रमशः ३० हजार र २० हजारका साथै विभिन्न उपहार पाए ।

यस्तै, मिस पर्सनालिटी, मिस ट्यालेन्ट, मिस बेस्ट स्माइल, मिस क्याटवाक, मिस बेस्ट डे«स, मिस फोटोजेनिक, मिस भ्युअर च्वाइस र मिस पपुलर टाइटल विजेताले पनि नगदसहित गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । निर्णायकमा सञ्चारकर्मी महेश भण्डारी, गायिका रेखा शाह, नेपाल पर्यटन बोर्डका अधिकृत सूर्य थपलिया, रीता जोशी पालिखे, नीरञ्जन श्रेष्ठ, पोखरा उपमहानगरपालिका कार्यालयका वरिष्ठ अधिकृत ओमराज पौडेललगायत रहेका थिए ।