लघु कथा

गुईँठे सोल्टा

 

रमेश तामाङ सोल्टिले हिजो मात्र चाँदिका दात भरेर घर आ’का रैछन।उनलाई त्यो चादिको दात कस्लाई देखाउ कस्लाई देखाउ भएछ।कोहि पनि मानिसले उनको दात नहेरिदिएपछि अब उनले शहरतिरै गएर सबलाई दात देखाउने विचार गरेछन। त्यसपछि घरमा भएको खसिलाई बुइ बोकेर आफु साइकल हाँक्तै बेच्न भनि उनि शहर तर्फ लागेछन।सहरमा गएर सडक को छेउमा बसेछन । मान्छेहरुलाई टाढै बाट भएपनि दाँत देखाएर खिस्स हासिदिएछन तर फेरि खसिको दाम भने कोहि पनि सोध्न आएनछ। ३ घण्टा मुख ङिच्च पारेर दाँत देखाएर बसेपनि खसि किन्न भने कोही नि आएनछन।
त्यत्तिकैमा कताबाट डुल्दै कार्की बा राजुआइ पुगेछन् र आफ्नो हातको चोरि औला देखाउदै सोधेछन- उ: यो खसिको दाम कति हजार?
रमेश तामाङ- ( दात देखाउदै) पच्चिस।
कार्की बा-( औंलाले देखाएर) उ: यो खसिको दाम क्या यो खसिको।
रमेश तामाङ-( अझ मुख बाएर) पच्चिस्सस
कार्की बा-( अझ औंला नजिक पुर्याएर) यो खसिको दाम क्या यो खसिको।
रमेश तामाङलाई अब लाट्टो रिस उठेछ- यहाँ हेर न मेरो मुखमा पच्चिस भनिराछु त!
कार्की बा पनि उस्तै गरि- यहाँ हेर न मेरो औंला देखाइराछु त!
रमेश तामाङले यसो हेरेछन।कार्की बाको औंला मा त सुनको औंठि टल्कि रा’को पो रैछ।
रमेश तामाङ ठाउको ठाउ बिहोस!!
कार्की बा ले रमेश तामांग लाइ प्रसुति गृहमा भरना गरेका छन रे भेट्न मन हुनेहरुले फलफुल लिएर जाँदा हुन्छ
केरा कोशो र स्याउ दाना चै लान नभुल्नु होला