लघु उपन्यास : मनोक्रान्ति

pralhad-dahal

~प्रल्हाद दाहाल ‘प्रेम मोती’~

पहिलो भाग

भोली त बिहीबार, हाट लाग्ने दीन, बुवाममीले,”सबैरै उठेर हाट बजार जाने” भन्नुभा छ ।

आहा! मलाई नी धेरै रमाइलो महसूस हुन्दैछ । तेंहा के के सामान बेच्न राख्या होलान । मेरो लागी पो छ की छैन होला? कपडा जिन्सपाईन्, टोपी भाको टि-सर्ट अनी टलटल टल्किने जुत्ता र हातमा मिलिक मिल्कने घडी । यी बाबालाई सप्पै किन्दीन भन्छु, हाटमा गयेसी । साँची त्यो घडी त राती पनि हेर्न मिल्छ रे, अब अंधेरोमा उज्यालो दीने, अनी घन्टा पिच्छे टिनटि..न घन्टी बज्छ रे । बुवाले भन्नु भाको नेपाल खाल्डोमा गएर देख्नु भाको रे, सुन्धारा भन्ने ठाममा ठुलो घडी छ रे तेस्ले नी घन्टा भयेसी १,दुई बजेसी २ घन्टी बजाउंछ रे! मलाई किन्ने, घडी नी तेस्तै हुन्छ रे, चिनमा बनाएको खासावाला साहूले बेच्न राख्छन रे । म त त्यो घडी लाउंदा कति राम्रो र हंसिलो देखिन्छु होला ।आहा! मेरो सबै साथी मसँग भएको घडी हेर्न कति उत्सुक हुन्छन होला । बालक दिमाख मा येस्तै व्यग्रतापूर्ण कुरा सोच्दासोच्दै रात सकिएछ, ममी आउनु भो छोरा लौ छ बज्यो उठ, हाट जानुपर्छ आज ।

कान्छो छोरोका रुपमा सबैले मलाई धेरै माया दिनुहुन्छ । हाटमा बुवाममीको हात समाउँदै मेलाको भिडमा रहेको म, अचानक !! मेरा आँखा केही पर नेपथ्यतिर मोडिए । तेंहाबाट कोही आइरहेका देंखे । जसमा स्पष्ट देखिन्छ , एक पुरुष अनी महिला येता नजिकै आउँदैछन उनीहरुका साथमा हात समांउँदै एक सुन्दर अनी मनमोहक अनुहार भएकि सानी केटी थीइन । लाग्थ्यो उनी जापानीज गुडिया हुन । उनलाई देख्नेकोही उनिबाट नजर हटाऊन चाहँदैनन एक निमेष पनि, मनमनै एक क्रान्ती सुरु हुन्छ । मनमा तडकभडक हुँदै गर्दा म अर्को सपनाको संसारमा पुगिसकेको रहेछु! जब म नजर मोडेर फेरी उनि खोज्दै गर्दा, उनी त बाबा-ममीसंगै त्यो भिडमा उनी बेपत्ता भईन । मैले सोचे जस्तै कपडा, हातेघडी अनी टलटल टल्कने जुत्ता किनीदिनु भयो । अनी अन्य घरमा आबश्यक समानहरू कीनमेल सकियो । संसारमा नभएको कुराले धेरै महत्व राख्छ जिबनमा, हिजो म जुन खुशी अनी सुख खोज्दैथे आज पाएँ तर पनि आज म फेरी अभाबमा छु । म उनीलाई पाउने आशामा दायाँबायाँ नजर लगाउंदै थिए । सायेद मानिस येही धेरै आबश्यकता र चाहना कारण संधै दुखी रहन्छ । भिड छोडी हामी घरतिर लाग्दै छौ र मेरा आँखा भिड निकै गहिरो तवरले नियाल्दै छन, कतै उनी फेरी देखिन्छिन की भनी । तर मेरा आँखा थाके उनी देखापरिनन। घर पुगे खानासाना खाइयो अनी म बिछौनामा पल्टिछु । अचम्म आज आँखा चिम्म गर्न नपाई निन्द्रा लाग्यो र निदायेछु। साएद धेरै थाकियेछ क्यार ।

बिहान भयो,बिद्यालय जनुपर्ने, कक्षाको पहिलो दीन हो । हतार गर्दा गर्दै नी, पानी परेको, बाटो पुरै हिलोमय थियो । बिद्यालय पुग्न ढिला भए, सबै साथीहरु कक्षामा पसिसकेका रहेछन । अनी गुरु नी प्रवेश गरिसक्नु भएछ । कक्षा ४ को पहिलो दिन, शिक्षकले परिचयात्मक कार्यक्रम सुरु गर्नुहुन्छ । हरि राम, श्याम, गोपाल, मोहन, रिता सीता, सावित्री, कमला, भवानी गरि लगभग ३० जना पछी मेरो पालो आयो । अनी म उठछु “म कृष्ण शर्मा, घर, नुवाकोट, तीनथाना गा.बि.स.-७ मा पर्छ । म भविष्यमा सिभिल इन्जिनिएर बन्नेछु”, मेरो पालो पश्चात नै, गुरु ले हातको इशाराद्वारा अर्की केटी साथीलाई परिचय दिन भन्नु हुन्छ । म टाउको घुमाउँदै उता हेर्छु । अचम्म !! एकैछिनमा सास रोकिए जस्तो, सबै बेन्च र बिद्यालय भवन हल्लिए झैँ महसुस हुँदैछ । लाग्यो ठुलै भुकुम्प गयो । यथार्थमा भूकम्प नगए पनि मेरो मनमा भने, त्यस समयमा एक ठुलो हलचल आएको छ । उनी त मैले हिजो देखेको केटी पो रहेछिन । हिजो एक निमेष देखेर हराएकी, आज आफ्नै अघि पाउँदा मेरो मनमा मनोक्रान्ति नै गर्दै छ, एक बिशाल आवाजले ।

त्यो स्थितीमा, म पूर्णरुपमा अचम्मित हुन पुग्छु । मुख सुके, आँखा लाल भएर आए अनि मुहार पुरै रातो भएर आको छ । एकैछिनमा आफुलाई सम्हाल्दै उनले परिचय दिएको सुन्छु । उनी:-“मेरो नाम जमुना हो, हाल मेरो घर त्रिशुली बजारमा पर्छ । मेरो लक्ष्य सफ्टवेर इन्जिनिएर बन्नेछु ।” उनको परिचय सकिएछ तर म, उनको नाम अनी पता थाहा पाएर निकै दंग अनी संगै एकै कक्षामा पढ्ने भएकोमा धेरै खुशी छु । संगै पढ्दा अनी बोलीचाली गर्दा नजिक हुनथाल्छु । उनले नी मलाई उनका खाजा दिन्छिन र म पनि खाने र आफ्नो खाजा दिने गरिरहेछु । लगभग कक्षामा पढ्ने दिनको अन्तिम तिर आइसकिए छ । तेस्तैमा एकदिन मेरो साथी हरिले उसलाई धम्काएर, उनको खाजा सहितको टिफिन बक्स लिएर गएछ । उनी एक्लै रुन थालिन । हरि अलि बलियो देखिन्थ्यो र ऊ सबैलाई आफ्नो अन्डरमा बस भन्ने गर्दथ्यो । अब मलाई यो दृश्य असह्य भएर आयो, म दौडेर हरिका सामु पुग्छु । पहिले राम्ररी भन्न थाल्छु :-“हरि जमुनाको टिफिन बक्स फिर्ता गर”। ऊ सुने नी नसुने झैँ भयो । यो देखि म हत्तपत्त टिफिन बक्स खोसेर लिने क्रममा हात अगाडी बढ्छु । उसले दिन नमान्दा हाम्रो सानो झैँ झगडा सुरु भयो । अन्त्यमा मैले टिफिन बक्स हातमा कब्जा गरेको देखेर, ऊस्ले मलाई मेरो बायाँ हातको पाखुरामा रगत आउने गरि टोकि दिन्छ । असह्य पिडा भयो र पनि म त्यो टिफिन बक्स पुर्याउन जमुनाको छेउ पुग्छु । उनले खाजा सहित टिफिन फिर्ता गरिदिएकोमा “thank you Krishna” भनिन ।

केहि छिनमै मेरा हातबाट माना जति नै रगत बग्यो । सर मिस आउनु भयो र मलाई स्वास्थ चौकी लग्नु भयो । जमुना नी संगै गईन, जब उनी मेरो सामु आईन र रुँदै भन्न थालिन “मेरो लागि तिमीले एती धेरै दुख गर्यौ। भन, किन गरिरहेका छौ ? यो सब! म चुप लागे, उनी के के बोल्दै थिइन, म उनलाई हेरेर बसे । अन्त्यमा उनीले भनिन”I love you Krishna” मेरा कानमा ति शब्द अनवरत रुपमा सयौ चोटी गुन्जिरहे । तेस्पछी घर आए, अनी ममीलाई सबै कुरा बताए । म तेती बेला सम्म ममीलाई मेरा हरेक कुरा बताउंने गर्थे। तेसरी नै उनीसँग हाँसी खुशी गर्दा नै हाम्रो कक्षा ५ को अन्तिम परीक्षा पनि सकियो । अब हाम्रो भेट हुन अलि गार्हो थ्यो । मध्यम बर्गमा जन्मिएको म जस्ता नेपालीको सन्तानलाई बिदाका दिनहरुमा गाईगोठाला र बाख्रा गोठाला जानुपर्ने एक किसिमको बाध्यता नै हुन्थ्यो । उनी पनि खेल्न र मलाई भेट्न भनी, सल्लाघारी बनसम्म आउँथिन र हामी गोठालामा भाडाकुटी, लुकुडुम, रुमाल लुकाई, कबड्डी खेल जस्ता खेल खेल्ने गर्थ्यौ । हाम्रो परीक्षाको रिजल्ट पनि प्राप्त भयो, जसमा म १नं मा थिए र उनी दोश्रो भईन । हामी धेरै खुशी थियौ ।

एकदिन अचानक ! रातीको समय बर्खामाष थियो । अनी रोपाई गर्ने समय हुनलागेको थियो । गाउँभरि हल्ला मचियो, त्रिशुली खोलामा बाढी आएर सबै घर बगायो र अब हाम्रो गाउँ पनि बगाएर लान्छ होला। लगातार सातदिन भयो मुसलधारे पानी परिरहेको तेसैले जे पनि हुनसक्ने डरले हामी तेन्हाबाट बसाई सरि जानेकुरा भयो, । मलाई पिर पर्न थाल्यो अब उनीसँग कसरि भेट्ने । हामीले गाउँ छोड्ने कुरा गर्नु अगावै उनीहरु त गाउँ छोडी गईसकेछन । उनीका बुवा ठूला ब्यापारीमा गनिन्थे, तेसैले उनीहरु त सहरमा बस्न गएका छन रे सुने। उनका छिमेकी कसैले भने । हाम्रो पनि त्यो ठाम छोडी, नेपालको पुर्बीजिल्ला जाने निर्णय गर्नुभएछ बुवाममीले । हामी अहिले नुवाकोट तीनथाना छोडेर, बुटवल कै एक गाउँमा बस्न गयौ ।

अब भने मैले सरकारी बिद्यालयमा पढ्न पर्ने भयो । नचिनेको ठाम, नयाँ मानिस, अनी नयाँ बस्ति, चलन चल्ती अनी छुट्टै रितिरिवाज भएको ठाम रैछ । तेन्हा धेरै जातिको बसोबास रहेको छ साथै अधिकांश कृषि र घरेलु उध्योग गर्ने जनताको बसोबास भएको ठाम हो । मलाई नी हल्का नयाँ परिवेश, नौलो साथीभाई सँग घुलमिल हुन गार्हो नै भइरहेको थियो । अझैपनि म जमुना सँग भेट हुने कल्पना गर्दै बसिरहेको थिए । सरकारी बिद्यालयमा पढ्न थाले पछी, मेरो पढाईमा भन्दा अन्यत्र पनि ध्यान जानु थाल्यो । साथीभाई सँग फिलिम हेर्न जान्थे, पत्रपत्रिका तथा अन्य खोजखबर सम्बन्धि किताब पढ्ने र खेल सम्बन्धि जानकारी लिन र खेल हेर्न जान्थे । अनी एकदिन गोरखापत्रमा पढे, डा. भोला रिजाल, उंहाले पाठेघर खराब भएकी महिलाको शल्यक्रिया सफल गर्नु भएछ । झन्डै ज्यान गुमाएका आमा र सन्तानलाई बचाएर, त्यो सुनेसी मलाई अब म डाक्टर बन्छु । पढेर भन्ने सोच आयो । क्रमश…