लघुकथाः शङ्कालुहरु (दुई)

 

होम सुवेदी

होम सुवेदी

“सीता तिमीले किन आज मलाई नसोधी पर्सबाट पैसा झिक्यौ रु अब मलाई ता महिना मार्न नै समस्या परिहाल्यो नि ।”
“लौ के भन्नु भा होला हजुरले रु मैले कहाँ झिक्नु रु”
“अनि मेरो पर्समा दुई हजार रुपियाँ थियो । यसो हेरेको ता अहिले एक हजार मात्र छ । कसले झिक्यो त रु छोराछोरीको ता बानी छैन यसो गर्ने ।”
“मलाई के थाहा रु”
“लौ अब महिना बिताउन पनि अझै तीन दिन छ, कति थोक सकिएको छ । हन कसले चलायो होला रु घरमा अरु कोही ता आएका थिएनन् रु चोरे कि कसो हो रु”
“अँहँ, कोही पनि आएका थिएनन् । कसले चोर्ने रु”
“बाबु ता सानै छ, उसमा के शंका गर्नु रु छोरी शिखा खै देख्तिन त रु उसले पो कुनै कामले चलाई कि रु हुन ता उसले कहिल्यै पनि यसरी चलाएको थाहा छैन । के शंका गर्नु र रु खोइ हँ, छोरी कता गई त रु”
“एकछिन बजार जान भनेर गएकी छे । के काम छ भन्थी ।”
“हुन सक्छ उसैले आज हात हाली पर्समा । आओस् मात्र न । मैले जान्या छ ।”
यत्तिकैमा छोरी शिखा आइपुगी हातमा एक प्याक गरेको प्याकेट लिएर । छोरीलाई बाबाले अलिक कडो वचनले सोधे
“तिमी कहाँ गएकी थियौ रु मेरो पर्सबाट हजार रुपियाँ नै छैन त रु तिमीले लगेको हो रु”
“हो बाबा १”
“जे चाहिन्थ्यो मलाई भन्नु पथ्र्यो नि । के किन्न परेको थियो रु के चाहिएको थियो र यसरी मलाई नसोधी पैसा चलाएको तिमीले रु यो ता राम्रो बानी भएन नि ।”
“सरी बाबा, मैले हजुरलाई सोध्न पाइनँ । यहाँ पैसा देखें । अनि त्यहाँ सपिङमलमा सेल लागेको थियो । सेलको दिन ता आजै लास्ट रहेछ । अनि मैले सोध्न भ्याइन बाबा ।”
“लौ के किन्नु परेको थियो रु अस्ति भर्खर सबैलाई ताता लुगासुगा र अरु कुराहरु पनि किनिदिएको हैन मैले रु फेरि कति चाहिया हो रु”
“हामीलाई कम भएर किनेको हैन बाबा । यस्तो चिसो छ आफू चाइँ पाँच वर्षको पुरानो जडाउरी लगाएर हिंडिरहनु हुन्छ । पचास प्रतिशत छुटमा पाएकोले हजुरका लागि एउटा स्वेटर लिएर आएकी । मैले गल्ती गरें । सरी बाबा ।”
“हँ मेरा लागि पो ११” उनलाई अलिक कस्तो कस्तो लाग्यो । अस्तिसम्म काखमा राखेर माया गरेकी छोरीलाई अहिले पनि तेसै गर्न मन लाग्यो । तर अलिक अर्कातिर मात्र फर्किए र भने—
“लौ भैगो यता ले म लाइहेरुँ त ठिक हुँदो रहेछ कि रहेनछ रु”
कुनै आनाकानी बेगरै उनले छोरीले ल्याइदिएको स्वेटर लगाए । रसाउन आँटेका आँखाको आँसु स्वेटर लगाउने बहानामा अरुले थाहै नपाउने गरी पुछे ।