रिमालको आखरको आरन सार्वजनिक


स्रष्टाखबर समाचारदाता
काठमाडौं, ।
शुक्रबार राजधानिमा कवि कृष्णदेव रिमालको कविता संग्रह ुआखरको आरनु सार्वजनिक भएको छ । ४३ ओटा कविता समावेश भएको उक्त कृति पूर्व मुख्यसचिव तथा चिनका लागि नवनियुक्त नेपाली राजदूत लीलामणि पौडेलले बिमोचन गर्नु भएको हो ।

उक्त पुस्तक सार्वजनिक समारोहको आयोजना गर्ने विद्त्कर्मी साहित्यिक समाजले साहित्यकारलाई प्राथमिकता दिएर एउटा उदाहरयीय कार्य गरेको र अझ साहित्य मार्फत समाजको विकास गर्नको लागि विश्वविद्यालयले बिना भेदभाब प्रोत्साहन गर्नुपर्ने कुरा कार्यक्रमका प्रमुख अतिथि पौडेलले बताउनु भयो । पौडेल भन्नुहुन्छ,जीवनमा सिर्जनाको पाटो सबैले उजागर गर्नुपर्दछ, राष्ट्रसेवक कर्मचारीहरूले विभिन्न भोगाइ र यात्राका अनुभूतिबाट साहित्य सिर्जना गर्न पाउँछन् ।’

ुआखरको आरनु कृति माथि आफ्नो धारणा प्रस्तुत गर्दै कवि आर।एम। डङ्गोलले व्यङ्ग्यधर्मी कवि व्यक्तित्व भएका कृष्णदेवका कविताहरू चोटिला छन् भन्नुभयो । उहाँले कविताहरू वैचारिक भएको बताउँदै लेखकलाई बधाई दिनुभयो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत्कर्मी साहित्यिक समाजले प्राधिकरणका प्राविधिक कर्मचारीहरूलाई साहित्यसँग जोड्ने पुलको काम गरेको छ भन्नुभयो । उहाँले समसामयिक विषयमा आएको रिमालको कविताले छुट्टै तरङ्ग दिने कुरा व्यक्त गनुभयो ।

प्राज्ञ मातृका पोखरेलले कवि रिमालको कविताहरु चोटिलो भएको बताउनु भयो । रामेश्वर राउत मातृदासको अध्यक्षतामा भएको पुस्तक विमोचन कार्यक्रममा शिशिर थापाले स्वागत मन्तव्य राख्नु भयो भने कृतिकार रिमालले धन्यवाद मन्तव्य राख्नुभयो । लेखक भन्नुहुन्छ, काम जस्तै कविता होस् कविता जस्तै काम होस् ,अनि पो दुवै जिउदो जाग्दो लाग्छ । रिमालको यो पहिलो कृति हो ।