रदीफविनाका गजलहरू नुनविनाका तरकारीहरू हुन् ।

रदीफ गजलको अपरिहार्य तत्त्व होइन, जसरी तरकारीमा नुन । तर रदीफविनाका गजलहरू नुनविनाका तरकारीहरू हुन् ।

रदीफ सागरले नाम कसरी रोजे ? त्यसको कारण उनलाई थाहा छ तर सार्थक रोजे, यो मलाई पनि थाहा भयो । पढ्दै जाँदा गजल लेखनमा उनको रदीफचयन सबैभन्दा सबल लाग्यो ।

एउटा उदाहरण:-

केही सुधार्नुपर्ने बानी तिम्रो पनि छ,
अरुको जस्तै मनोमानी तिम्रो पनि छ ।

सक्छौ टुक्र्याऊ हाम्रो सम्बन्ध टुक्र्याऊ,
हुन्छ जति मलाई हानि तिम्रो पनि छ ।

तिमीलाई देखेर ऊ किन मुस्कुराउँछ,
पक्कै उससँग चिनाजानी तिम्रो पनि छ ।

नारायणप्रसाद घिमिरे                       ‘सागर’लाई क-कसले कुल्चिए नसोध,
पैँतालाहरूको निशानी तिम्रो पनि छ ।