मृत्यु विरुद्ध | नेपाली उपन्यास | राजनप्रसाद निरौला

rajan-prasad-niraula

~राजनप्रसाद निरौला~

ब्याग भिरेको, केटै उमेरको एउटा मानिस होटलको मूलद्वारभित्र पस्यो । ढोकामा उभिएको सुरक्षागार्डले खुट्टा बजारेर सलाम ठोक्यो । काउन्टरमा पुगेर अलिकति निहँुरिदै त्यो मानिस अङ्ग्रेजीमा बोल्यो ।

“हेल्लो, मेरो नाम संघर्ष हो ।” ऊ कपटी भावले मुस्कुरायो पनि ।

“हेल्लो ।” केटी आकर्षक ढङ्गले बोली ।

“रात्रिका लागि बास बस्ने प्रबन्ध हुन सक्ला ?”

“पक्का, हाम्रो सौभाग्य हो ।” केटीले व्यापारसुलभ मुस्कानसहितको औपचारिकता देखाई ।

“एउटा कोठा, एउटा ओछ्यान कुनै पनि किसिमको ।”

“हाम्रो प्रबन्ध महोदयका निम्ति आरामदायी हुनेछ ।”

“मलाई साँचो दिनुहोस् ।”

“कृपया पेस्कीस्वरूप केही रकम दिनुपर्छ, कुनै महŒवपूर्ण वस्तु वा सम्पत्ति भए लकरमा राख्नुहोला ।”

उसले केही नोटहरू दियो । काउन्टरकी केटीले रजिष्टर अगाडि सारी । उसले त्यसमा आफ्नो नाम र ठेगाना लेख्यो, राहदानी निकाल्यो । केटीले राहदानीमा खासै रुचि देखाइन । नजिकै उभिएको सेवकले साँचो लिएर सामानको विषयमा सोध्यो ।

उसले भन्यो “मसँग सामान छैन” ।

केटो अगाडि लाग्यो । साँचो घुमाएपछि ढोका खुल्यो । उनीहरू भित्र पसे । भित्र, एउटी मस्त केटी ऐना हेरेर कपाल कोरिरहेकी छ । केटी मुस्काउँदै आगन्तुकतिर हेर्न थाली । संघर्षको निधार खुम्चियो ।

“यो कोठा डबलबेडको छ कृपया मिलेर बस्नु होला ।”

“मलाई कसैको आवश्यकता छैन । आवारा, छाडा केटीहरूसँग मेरो वास्ता रहँदैन । म असल, सभ्य केटीहरूसँग मात्र मतलब राख्छु, आवारा, छाडाहरूसँग होइन, तिमी उसको व्यवस्था गरिदेऊ, हैनभने मैले आफ्नो व्यवस्था गर्नुपर्छ ।

“ओ के सर ।” केटो बोल्यो । केटी रिसाउँदै, निहुरेर बाहिर निस्की ।

“यो बोलाउने घण्टी हो, खानाको के व्यवस्था गरौ सर ?”

“मैले खाना खाइसकेको छु । मलाई व्यवधान नपु-याऊ । ढोकामा व्यस्तको कार्ड झुण्ड्याएर जाऊ ।”

केटो गयो । उसले कोठालाई चारैतिर हे-यो । उल्लेखनीय वस्तु केही पाएन । सामान्य होटलको सामान्य कोठा । ओछ्यानको निरीक्षण ग-यो । पक्केै पनि अघिल्लो रात यो ओछ्यानमा छाडा, अश्लील कार्यकलाप भएको हुनुपर्छ तर ऐले यो सफा छ । ऊ कपडा खोलेर, बत्ती निभाएर ओछ्यानमा सुत्यो । गर्मीको समय ओढ्ने नओढी निदायो ।

ठूलो आवाजले ढोका ठटाइएकोले बिउँóयो । उसलाई सपना जस्तो लाग्यो । आँखा मिच्दै, धरमराउँदै उसले भित्रबाट चुकुल नलाएको ढोका खोल्यो । ढोकामा प्रहरीहरू छन् । एउटा प्रहरीले उसको हात समातेर तान्यो । प्रहरी ठूलो आवाजमा केही भनिरहेको छ । ऊ यहाँको स्थानीय भाषा बुóदैन । प्रहरीहरू उसको भाषा बुóदैनन् ।

“मलाई किन समातेको” ऊ नेपालीमा बोल्यो । तिनीहरूले उसको कुरा बुझे जस्तो लागेन ।

उसले अङ्गे्रजीमा “के भयो ? मलाई किन समातेको ?” भनेर सोध्यो । तिनीहरूले फेरि पनि उसको भाषा बुझेनन् । त्यो प्रहरीले उसलाई हातमा समातेर तान्दै लग्यो । प्रहरीको हाकिम हुनुपर्छ, संघर्षले हाकिमसँग अङ्ग्रेजीमा कुरा गर्ने प्रयास ग¥यो । सायद हाकिम पनि अङ्गे्रजी जान्दैन । हाकिमले के भन्यो को नि ? प्रहरीहरूले उसलाई तान्दै लगभग घिसार्दै प्रहरीभ्यानमा हाले । भ्यानमा केटा र केटीहरू धेरै जना छैनन्, सायद इजाजतपत्रबिनाका वेश्याहरू र तिनीहरूका ग्राहकहरूलाई प्रहरीले समातेको हुनुपर्छ । केही केटीहरूले इजाजतपत्र जस्तो कार्ड देखाए । तिनीहरूलाई प्रहरीले छोड्यो । उसलाई आफ्नो ब्यागको चिन्ता भयो । उसको भाषा कोही बुóदैनन् । संघर्ष स्थानीय भाषा बोल्न जान्दैन । आफूलाई अभिव्यक्त गर्न उसले ती केटा र केटीसँग अङ्ग्रेजी बोल्न खोज्यो तर कसैले बुझेनन् । एउटाले ऊसँग टुटेफुटेको भाषामा अङ्ग्रेजी बोल्यो । ऊ उत्साहित भएर बोल्न थाल्यो ।

“मलाई किन समातिएको हो मलाई थाहा भएन ?”

“वेश्यावृत्तिको आरोपमा तिमीलाई समातिएको हुनुपर्छ ।”

“मसँग कुनै केटी थिएनन् । म एक्लै सुतिरहेको थिएँ ।”

“तब, कुनै तल्लो स्तरको प्रहरीले बढुवा वा तक्मा पाउने आशमा तिमीलाई समातेको हुनसक्छ ।”

“के यो देशमा नागरिकले न्याय पाउँदैनन् ?”

“यो देशमा न्याय पाइन्छ । न्यायको कदर पनि हुन्छ तर एउटा प्रहरीको बदमासीका कारण सिङ्गो देशलाई दोष दिन मिल्दैन ।

“सायद तिमी ठीक भनिरहेका छौ । देशको प्रतिनिधित्व एउटा प्रहरी मात्रले गर्दैन ।”

“यसो भन्नु भूल हुनसक्छ वास्तवमा देशलाई सिपाहीले नै प्रतिनिधित्व गर्छ तर प्रत्येक सिपाहीको महŒवाकाङ्क्षालाई देशले सम्बोधन गर्न सक्दैन ।”

त्यतिखेरै चारपाँचजना सिपाही आएर भ्यानमा बसे । समातिएकाहरू जम्माजम्मी सातजना भए, बस्ने ठाउँ र भुइँमा जताततै बसेका छन् । केटीहरूलाई लाइसेन्सको आधारमा छोडियो भने केटाहरू कसैलाई पनि छोडिएन । संघर्ष अङ्ग्रेजी बोल्न सक्नेसँग बोल्यो ।

“के तिमी मेरो विषयमा प्रहरीसँग केही बोलिदिन सक्छौ ?”

“क्षमा गर, म केही बोल्न चाहन्न कारण उनीहरूले मलाई लठ्ठीले हान्ने छन् ।”

ऊ आफँै अङ्ग्रेजीमा बोल्यो “मैले वेश्यावृत्ति गरेको छुइन । यदि गरेकै भए पनि यो समातिनु पर्ने अपराध हैन ।”

प्रहरीले के के बोल्यो उसले बुझेन तर जब प्रहरीको लठ्ठीले उसको खुट्टामा चोट पु¥यायो, ऊ झसङ्ग भयो । डराएन तर दुःखाइ सहन गा¥हो भयो । ऊ चुप लाग्यो ।

बत्ती बलिरहेको सडकमा आँखा डुलाउँदै  ऊ चुपचाप भ्यानमा बसिरह््यो ।  ऊ पहिलो चोटि यो देशमा आएको छ ।

                निकै पैसा खर्च गरेर संघर्ष पैसा कमाउन यो देशमा आएको हो । सकेछ भने पढ्नेछ यहाँ । ऊ किञ्चित् डराएन । डराउनुपर्ने कुनै कारण देखेन । नयाँ देश, नयाँ ठाउँ जे होस उसले कुनै दोष लाग्ने काम गरेको छैन । ऊ मान्छे हो पैसा तिरेर होटलमा सुत्न पाउँछ । उसलाई घरकी बूढी आमा, स्वास्नी, छोरी कसैको याद आएन । दिदीबहिनी कसैको पनि सम्झना आएन । नयाँ ठाउँ, नयाँ शहर पैसैपैसा ऊ यस्तै सोचमा मस्त रह््यो । थुप्रो पैसा कमाएर धनी बन्ने कामनाका निम्ति इस्पात हुनैपर्छ, उसले यी सबै कुरा बुझेको छ ।

                गरिबीविरुद्धको यो लडाइँ, मर्न तयार भएर ऊ विदेश छिरेको हो । बाँच्नका निम्ति आफ्नै देश पर्याप्त छ ।

——————————–0——————————

बन्दुक तेस्र्याएर उनीहरूलाई एउटा हल जस्तो कोठामा हुलियो । प्रहरी कार्यालय एकदम राम्रो हालतमा छ । कार्यालयजस्तै हल पनि राम्रो अवस्थामा छ ।  पङ्खा घुमिरहेको छ, पङ्खा चलाउनु पर्ने मौसम छ । कोठामा बेन्च जस्तो बस्ने वा सुत्ने ठाउँहरू छन् । ओढ्ने, ओच्छ्याउने छैन तर सफा छ ।  उनीहरूको प्रवेशपूर्व नै त्यहाँ पाँच जना छँदैछन् ।

संघर्षसँग अङ्ग्रेजी बोल्ने मान्छे अरुहरूसँग मिल्यो । ऊ एक्लो भयो । उसले पनि कोहीप्रति ध्यान दिएन । बेन्चमा चुपचाप बसिरह््यो । बाँकी एकआपसमा मध्यम स्वरमा कुरा गरिरहे । तिनीहरूको अनुहार तथा हाउभाउ हेर्दा धेरै डराएका जस्ता देखिन्छन् । कोही पनि बाँकी रातभर नै सुतेनन् । बिहानीपख उसलाई निद्रा लाग्यो करिब एक घण्टाजति निदाएछ ऊ । डराएको छैन । धैर्य गुमाएको छैन । आत्तिएको पनि छैन । खाना पाइन्छ कि पाइँदैन भन्ने चिन्ता भने लागेकै हो तर यी सबै कुराले ऊ बेहद चिन्तित भने भएन ।

बिहान भयो । फलामको ढोकामा लगाइएकोे ताल्चा खोलियो । ठाउँठाउँमा बन्दुक बोकेर प्रहरी उभिएका छन् । राम्रै उज्यालो भएपछि देखियो, अफिसकोठामा प्रहरीहरू सुतेका रहेछन् । थुनुवाहरूलाई ताजा हुनका लागि शौचालय तथा बाथरुमको मौका दिइयो । कहीँबाट पनि आकाश देख्न पाइदैन । शौचालय तथा बाथरुमको कामपछि उसलाई ताजापन महसुस भयो । यहाँबाट करिब दुई चारघण्टामा छुट्ने छ । त्यसपछि ऊ होटल जाने छ र आफ्नो ब्याग लिनेछ । उसले योजना बनायो ।

करिब नौ बजेपछि एकएकजनालाई पुछताछका निम्ति बोलाउन थालियो । ऊ आफ्नो पालो पर्खेर बसिरह््यो, बसिरह््यो । आफ्नो स्वतन्त्रताप्रति ऊ विश्वस्त छ । करिब दसबजेतिर चिया र पाउरोटी खान दिइयो । गएका मान्छेहरू फर्केर हलमा आएनन् । कार्यालयबाटै आफ्नो सामानसहित बाहिरिए । दिउँसो दुई बजेतिर खाना दिइयो । खाना मध्यमस्तरको थियो । केही रोटी, दाल र तरकारी पनि । पुछताछका निम्ति गएका मध्ये एकजना केटी र दुईजना केटा फर्के । अङ्ग्रेजी जान्ने मान्छे फर्किएन । उसले तिनीहरूसँगबाट केही पनि बुóन सकेन । उसले तिनीहरूसँग प्रश्नहरू सोध्यो तर जबाफमा बोलिएको भाषा बुझेन । करिब चारबजेतिर प्रहरीले उसको अगाडि आएर केही भन्यो तर उसले बुझेन ।  हातको इशारा बुóने प्रयास गर्दा बोलाएको भान भयो । बन्दुकधारीले ठेल्दै उसलाई चारैतिर फलामको बार लगाइएको कोठामा लग्यो र एउटा कुर्सीमा बसायो । टेबलमा उसको ब्याग छ । उसलाई अचम्म लाग्यो । उसले हात बढाएर आफ्नो ब्याग समाउन खोज्यो । अर्को कुर्सीमा विराजमान् प्रहरीले उसको हातमा डन्डाले हिर्कायो । उसलाई लाग्यो ऊ चुक्यो । उसले आफ्नो ब्यागलाई नचिनेको जस्तो गर्नुपथ्र्यो होला ।  क्रमश…