मुक्त अनुभूतिमा २३ कवि

 

२३ कविको तीन\ तीन कविता समेटिएको संग्रह मुक्त अनुभूति कविता र विमर्शु सार्वजनिक भएको छ राजधानीमा आयोजित काव्य उत्सवमा उक्त संग्रह सार्वजनिक गरिएको हो ।

उक्त संग्रह दर्जनभन्दा बढी कविले भृकुटीमण्डपको पुस्तक मेलामा सार्वजनिक गरेका हुन् । उत्सवमा उपस्थित कविहरुले विमोचनसँगै पुस्तकमा संग्रहित एक(एक ओटा कविता वाचन गर्नुभएको थियो । चितवनका कवि भूपिनले भने संग्रह बाहिरको कविता ‘लाहुरे नं चौवालीस’ सुनाए। यस्तै, रामगोपाल आशुतोषले मुक्त अनूभूतिु शृंखलामा भुइँचालो र विमोचनमा बाढिको संयोग रहेको स्मरण गर्दै ‘भोकको रामायण–२’ सुनाए। विराटनगर, इटहरी लगायतका जिल्लाहरु डुबानमा परेको कुरामा चिन्तित रहेकी सीमा आभासले सुनाइन कविता ‘बयान’। विक्रम सुब्बाले रमाइलो ढंगले रमाइलो कविता ‘सगरमाथा नाङ्गो देखिन्छ’ सुनाए।

अन्य कविहरुमा मणि काफ्लेले ‘जिउँदो हुनु भनेको’, सुदीप पाख्रिनले ‘लोन्लिनेस’, सुमन पोखरेलले ‘यो सहर कसको हो ?’, केशव सिलवालले ‘एक प्रान्त’, शकुन्तला जोशीले ‘काजी बखतजंग ठकुरीलाई मनमाया सुनारको पत्र’, प्रकाश थामसुहाङले ‘जाडोको कथा’, स्वप्निल स्मृतिले ‘आकाशको कथा’, विप्लव ढकालले ‘भ्यागुताको बिहे’, श्रवण मुकारुङले ‘भानुभक्त’, विमला तुम्खेवाले ‘हजार सपना र मनमाया’ र हेमन यात्रीले ‘म त्यही हुँ तिमीले बिर्सिगएको मानिस’ कविता सुनाए। सञ्जीव राईको ‘वार्तालाप’ शीर्षकको कविता ज्योति जंगलले सुनाएकी थिइन्।

वरिष्ठ कवि तुलसी दिवसले कवितामाथि धारणा राख्नु भएको थियो ।