भकुन्डेबाट जुनकिरीको छायांकन सुरु

काठमाडौं÷रास– चलचित्र जुनकिरीको छायांकन बिहीबारबाट सुरु भएको छ । काभ्रेको भकुन्डे बेंसीमा एक कार्यक्रमबीच यो चलचित्रको बिहीबार मुहूर्त गरिएको थियो ।

 

प्रधामन्त्री पुष्पकमल दाहालको सल्लाहकार बलबहादुर बीसी, यती कार्पेटका प्रमुख अनिल केडियालगायतले मुहूर्त समारोहमा चलचित्रको सफलताको कामना गरेका थिए । यो चलचित्रलाई अभिनेता विशाल विष्टले निर्देशन गर्दै छन् । चलचित्रको कथा मौलिक भएकाले आपूmले निर्देशन समेत गर्न लागेको विष्टले बताए । चलचित्रलाई प्राध्यापक प्रबलराज पोखरेलले लेखेका हुन् । चलचित्रको छायांकन काभ्रेको विभिन्न स्थानमा गरिने निर्देशक विष्टले बताए ।

 

बिहीबारबाटै छायांकन सुरु गरिएको यो चलचित्रमा विशालसँगै नविन श्रेष्ठ, सोनियाँ छन्त्याल, सबु विष्ट, प्रबलराज पोखरेल, मोहन निरौला, क्षितिज केशव, कानमा प्रसाई, गंगा दाहाल, वसन्त खवास, दोर्जी लामा र नगमा लामाको अभिनय रहेको छ ।