बिजुली, ऐना र साहित्य

नारायणप्रसाद घिमिरे

बिजुली पृथ्वीमा हुन्छ । स्याउबाट बिजुली निकाल्न सकिन्छ । कतै पढ्नुभएको होला । नभए पक्कै सुन्नुभएको छ । बिजुली पानीमा हुन्छ । प्रायः बिजुली पानीबाटै निकालिएका हुन् । तेज आफैँमा बिजुली हो । तपाईँको घरमा सोलार होला । बिजुली वायुमा हुन्छ । रोपवे सेवा सञ्चालित छँदैछ । बिजुली आकाशमा हुन्छ । नत्र किन चम्किन्थ्यो रु बिजुली पूरा पञ्च महाभूतमा हुन्छ । यसको कार्यमा नहोला र रु

 

बिजुली हातमा हुन्छ । हात रगट्दा तातो हुन्छ । बिजुली मनमा हुन्छ । किनकि मन जलेको कुरा सुनाइन्छ । बिजुली भाषणमा हुन्छ । भाषणले दुनियाँको रगत उम्लिन्छ । अब भन्न कठिन छ । बिजुली कहाँ हुँदैनरु

 

अदृश्य छ तर बिजुली चम्किन्छ । ब्लबमा जोडे बिजुली चम्किन्छ । हस्पिटलमा बिजुली जन्मिन्छ र हुर्किन्छ । ग्याँसच्याम्बरमा बिजुली प्रलय बन्छ । पङ्खामा बिजुली घुम्नथाल्छ । ट्रेनमा बिजुली कुद्नथाल्छ । बिजुली प्लेन बनेर उड्छ र उडिरहेको प्लेन बिजुली बनेर रोकिन्छ । हिटरमा बिजुली तातिन्छ । फ्रिजमा चिसिन्छ । एयरकण्डिसनमा बिजुली कण्डिसनमा हुन्छ । माइकमा बिजुली चिच्याउन थाल्छ । चिच्याइरहेको पागलमा चुप हुन्छ । बताउन मुस्किल छ बिजुली के बन्दैन रु

 

मलाई सोधिएको छ । बिजुली कस्तो हुन्छ रु, बिजुली कहाँ हुन्छ रु बिजुली कस्तो हुनुपर्छ रु किनकि म साहित्यलाई बिजुली भन्ठान्छु । म कसरी अन्याय गर्नसक्छु रु यसका अनेक रूपलाई । कुनै एउटाको नाम लिएर । आत्मरूप माने साहित्य बिजुली हो । कता जोड्ने, त्यो अधिकार पाठकसँग हुन्छ । इलेक्ट्रिकजस्तै ।

 

आफ्नै आँखाले आफ्नै हात प्रष्ट देख्छ । गोडा देख्छ । शरीरका प्रायः अङ्ग नियाल्नसक्छ । बलै गर्दा चुच्चो नाक, त्यति नभए नाकको चुच्चोसम्म देख्नसक्छ । बिडम्बना नै भनौँ । आफ्नै आँखाले आफ्नो अनुहार कहिल्यै देख्दैन । यो कुराले ममा बिजुली बालिदियो । दिउँसै तारा देखाइदियो । तिरिमिरी तिरिमिरी देखेँ । आजचाहिँ तिरिमिरी छैन । आफ्नो अनुहार नियाल्न कठिन छ तर असम्भव छैन । किनकि जहाँ इच्छा छ त्यहाँ उपाय छ । जहाँ छ जन्म त्यहाँ मृत्यु छ । जहाँ समस्या छ त्यहाँ समाधान छ । यो ध्रुवसत्य हो ।

 

प्रत्यक्ष, अनुमान, उपमान र शाब्द । तपाईँलाई थाहा छ । प्रमाण चारओटा छन् ।

 

आफ्नै अनुहार आफ्नै आँखाले हेर्नुछ । यसका लागि आफ्नो आँखा र आफ्नो अनुहारको सन्निकर्ष हुनुपर्छ । सन्निकर्ष माने जम्काभेट । यो मेरो सर्त हो । मलाई प्रत्यक्षले भन्यो । तर आफ्नो आँखामा त्यो सामर्थ्य छैन । भनौँ न आफ्नै अनुहारको दर्शन आफ्नै आँखाबाट गराउने सामर्थ्य प्रत्यक्षमा छैन ।

 

सके अन्त नसके केजातिको जन्त । त्यसपछि म अनुमानसँग पुगेँ । पुग्नासाथ अनुमानले सोधिहाल्यो व्याप्ति तिमीसँग छ रु व्याप्ति माने साहचर्यनियम । जस्तो कि जहाँ धुवाँ छ त्यहाँ आगो छ । जहाँ आगो छैन त्यहाँ धुवाँ पनि छैन । मैले भन्नैपर्यो । त्यो त मसँग छैन । उसले मलाई हकारेर पठायो । म खिन्न भएँ । मनैमन मैले पनि सरापेँ अनुमानलाई ।

 

लुरुलुरु म उपमानकहाँ गएँ । कठिन छ । फलामको चिउरा चपाएका छौरु उसले सोध्नथाल्यो । छैन मैले भनेँ । नमरी स्वर्ग देखिएला यो असम्भव छ । मेरो जिज्ञासा सुनेर उसले भन्यो । हजुरबाट त होला भन्ने लाग्छ । म विनयी बनेँ । सादृश्य छ रु उसले सोध्यो । सादृश्य माने उस्तै वस्तु, म अकमकिएको देखेर भन्यो । के तिम्रोजस्तै अनुहार भएको मान्छे देखेका छौ रु अझ प्रष्ट पार्यो । उसले झन् फसायो । आफू कस्तो छु, त्यही थाहा छैन । अब को आफूजस्तो छ, कसरी थाहा पाउनु रु म जिल्ल परेँ ।

 

जस्तो कि कुश देखेको मान्छेलाई बताइयो, काँश पनि यस्तै हुन्छ । अब उसले काँश देखे पो, यही होला काँश कुशजस्तै रहेछ भन्ठान्छ त । नदेखे त भन्दै भन्दैन ।

 

ल मानौँ । कसैले बताइदियो, तिमीहरू उस्तै छौ । यसरी पनि आफ्नो अनुहारको ज्ञान आफ्नै आँखाले गर्न असम्भव हुनेरहेछ । सादृश्यबाट ज्ञान गर्नलाई पनि त्यो वस्तुलाई एकचोटि देख्नैपर्ने रहेछ । आफ्नै आँखाले आफ्नै अनुहार कहिलेपनि देख्दैन । यो कुरा त प्रत्यक्षले नै बताएको थियो । म गलेर लखतरान परेँ । अब मलाई मेरो जिज्ञासा नै गलत लाग्नथाल्यो ।

 

तर हार खाएको थिइनँ । यस्यान्यत्र गतिर्नास्ति तस्य वाराणसी गतिः । मैले अन्तिमपटक शाब्दप्रमाणको शरणमा जाने निर्णय गरेँ । उसको पनि दाल नगले म चुप लाग्ने थिएँ । लखरलखर म शाब्दप्रमाणसँग गएँ । नमस्ते गरेँ । उसले मलाई टेबुलमा राख्यो । केही बातचित भयो । आउनुको कारण बताएँ । आप्तवाक्य मेरो शर्त हो । उसले भन्यो, नत्र म तिमीलाई सहयोग गर्न सक्दिनँ । आप्त भनेको चाहिँ यथार्थवक्ता । नेपालको नेताजस्तो हैन । वस्तु जस्तो छ त्यस्तै देख्ने, जस्तो देख्यो त्यस्तै भन्नेखालको हुनुपर्छ । उसले अझ खुलायो ।

 

अनुहारको आप्त कसलाई मान्नेरु उसले कसरी अर्काको अनुहार अर्काकै आँखाबाट देखाउनेरु रूपको ज्ञान शब्दबाट कसरी सम्भव छ रु मलाई आफ्नै अनुहार हेर्ने लालसाले तिरिमिरी झ्याइँ पार्यो । कति दिनसम्म निद्रा लागेन । म लखतरान परेँ ।

 

मैले यथार्थवक्ता खोज्नुपर्ने भो । आफ्नो अनुहारको यथार्थवक्ता को हो रु तपाईँलाई अझै सन्देह होला । मेरो पनि कन्सिरी तातेको हो कयौँपटक । म बिरामीजस्तो भएको थिएँ । अनुहारको खोजी गर्दागर्दै ।

 

दाह्रीकपाल लामा भए । तर मेरो खोज टस को मस भएन । अब यो पार लागेन । फ्रेस हुन्छु भनेर म दाह्री काट्न सैलुन छिरेँ । म अचम्ममा पर्नु स्वाभाविक थियो । उस्तै अनुहार भएका मान्छे अनेकौँ देखेँ । धर्तीमा एउटै अनुहार भएका मान्छे सातजना हुन्छन् रे । मैले सुनेको थिएँ । यहाँ त त्योभन्दा पनि बढी मान्छे थिए उस्तै । मलाई उकुसमुकुस भयो । के गरौँ के गरौँ भयो । सोच्दै थिएँ । झन् चकित त तब पो भएँ जब अलि पर मेरोजस्तै पेट भएको मान्छे देखेँ । सर्ट पनि उस्तै । उस्तै जिउडाल । उस्तै खुट्टा । मैले हातमा पेन्सिल लिएको थिएँ । उसले पनि कहाँबाट ल्यायो । मलाई कसैले जिस्क्याएजस्तो लाग्यो । पेन्सिल भुइँमा झारेँ । उसको हातमा पनि पेन्सिल हरायो । म झन् उत्सुक भएँ । पछि बल्ल थाहा पाएँ, त्यो त मेरै प्रतिबिम्ब रहेछ । हजाम दाइले मलाई बताउनुभयो । अनि त्यो प्रतिबिम्ब देखाइदिनेको नामचाहिँ ऐना रे । अब मेरो प्रश्नले उत्तर भेटेजस्तो भयो । त्यहाँ भएका प्रत्येक वस्तुको अनुहार ऐनामा भेटेँ । ऐनाले कहिल्यै झुटो बोलेन । उसले मौनभाषामा नै धेरै बोल्यो । उसको अगाडि मैले धेरै कुरा राखेँ । उसले वस्तु जस्तो छ त्यस्तै देख्यो र जस्तो देख्यो त्यस्तै भन्यो । मलाई निश्चय भयो रूपको यथार्थवक्ता भनेकै ऐना हो । मैले एउटा ऐना किनेँ । घरमा ल्याएर झुण्ड्याएँ । रातो स्वीटर देखाएँ, त्यही देखायो । हरियो घास देखाएँ, प्रष्ट देखायो । उसले आफ्नो धर्म छाडेन । म आफ्नो काममा व्यस्त हुनथालेँ।

 

एकदिन अचानक अर्को ऐना भेटेँ । त्यसले पनि वस्तु जस्तो छ त्यस्तै देखाउँछ भन्ने विश्वास थियो । आलु ल्याएँ । ऐनाअगाडि राखेँ । धमिलो पो देखायो । ऐना पनि झुटो बोल्छजस्तो लाग्यो । कुनै यथार्थवक्ता कुनै अयथार्थवक्ता हुन्छजस्तो लाग्यो । मान्छेजस्तै । अहिले चाहिँ त्यो भ्रम हटिसक्यो । त्यस्तो त ऐनामा फोहोर लागेर भएको रहेछ । सफा गरेपछि जस्ताको तस्तै देखाउन थाल्यो । सोह्रै आना । मलाई बोध भयो । ऐना आप्त हुन निर्मल पनि हुनुपर्छ । मैले त्यो ऐनालाई खोपामा राखेँ । अब मसँग दुईवटा ऐना भए ।

 

अर्को दिन शनिवार थियो । नुहाएँ । झुण्ड्याएको ऐना हेरेँ । अचम्ममा परेँ । ऐनाले धर्म बिर्सेजस्तो लाग्यो । अर्को ऐना ल्याएकाले रिसाएजस्तो पनि लाग्यो । उसले मेरो अनुहार अस्पष्ट देखायो । तिरमिर तिरमिर देखायो । कारण अर्कै रहेछ । चैते हुरीले ऐना हल्लाएर यस्तो भएको रहेछ । तत्काल मलाई बोध भयो । ऐना यथार्थवक्ता हुन अविचलित हुनुपर्ने रहेछ ।

 

एकदिन म दिउँसै निदाएछु । ब्युझिएँ १ बजेतिर । ऐना हेरेँ । झन् अचम्ममा परेँ । सुत्नुअघि जुँगा थिएन । मलाई ऐनाले जिस्क्याएजस्तो लाग्यो । त्यो ऐना छाडेर अर्को ऐना हेरेँ । त्यसले पनि मुखभरी जुँगा देखायो र दाह्री पनि । ऐना पुछपाछ गरेँ र नहल्लिनेगरी राखेँ । हेरेँ । फेरि उस्तै देखायो । मलाई रीस उठ्यो । ऐनालाई मझेरीमा बजारेँ । चकनाचुर भयो । अनि शान्त भएँ । ठण्डा हुन मुख धोएँ । फेरि ऐना हेरेँ । आफ्नै सुकिलो अनुहार देखायो । भोलिपल्ट पो थाहा पाएँ । चिरञ्जीवीले मार्करले जुँगा बनाइदिएको रहेछ । हाँसो उठ्यो । रीस पनि । खेद पनि लाग्यो । ऐनाको धर्ममा मलाई दृढविश्वास भयो । आफू फुट्छ तर ऐना झुटो बोल्दैन । मित्र हुनु त ऐनाजस्तो भन्ने लाग्यो । कसै गरेपनि धोका नदिने । मरेरै भएपनि । मलाई ग्लानि र पश्चात्ताप भयो । त्यागी ऐना मेरो लागि सहिद भएको थियो । मलाई बल्ल थाहा भयो, निर्मल र अविचलित ऐना आत्मदर्शनको कारण हो ।

 

ऐनामा सूर्य अटाउँछ, चन्द्र अटाउँछ । पूरा आकाशमण्डल अटाउँछ । सानोभन्दा सानो ऐनामा पूरा ब्रह्माण्ड अटाउँछ । ऐनाको अगाडि ब्रह्माण्ड राख्ने हिम्मतचाहिँ तपाईँमा हुनुपर्छ । तपाईँ जे बनेर ऐनाअगाडि उभिनुहुन्छ त्यो पूराको पूरा तपाईँलाई उसले देखाउँछ । आफैँभित्र अटाउँछ पनि ।

 

कसैले भनेका छन् । साहित्य समाजको दर्पण हो । दर्पण भनेकोचाहिँ ऐना । मलाई यो परिभाषा मनपर्छ । पूराचाहिँ होइन।

जब साहित्यको अगाडि समाज राखिन्छ, उसले समाजको अनुहार देखाउँछ । तपाईँ आफू उभिनुस्, तपाईँलाई देखाउँछ । जे होस् साहित्यको अगाडि जो जो र जे जे आउँछ सबैलाई साहित्यले झल्झली देखाउँछ ।

 

म साहित्यलाई ऐना भन्ठान्छु । केवल ऐना । अविचलित र निर्मल ऐना । यसमा जसले आएर हेरेपनि आफ्नो अनुहार फेला पार्नुपर्छ ।

 

विश्वमा कि आस्तिक छन् कि नास्तिक । बीचका केही छन् । जो जताबाट हुरी आउँछ त्यतै बत्तिन्छन् । एकजना नास्तिक महाशयले आफ्नो कोठामा न्यम ष्क लय धजभचभ । लेखेर टाँसेछन् । उद्देश्यचाहिँ छोरोलाई चिढ्याउनु रहेछ । छोरो आस्तिक रहेछ । छोरो त्यहाँ आउँदोरहेछ । झन् खुसी हुँदोरहेछ । बुबाले सोध्नुभएछ, तँलाई रीस उठेन रु हाहाहा छोराले हाँसेर भनेछ रीस त तपाईँलाई उठ्नुपर्ने हो । किनरु बुबाले सोध्नुभएछ । खुब नास्तिक भन्ठान्नुहुन्छ आफूलाई । अनि आफ्नै ढोकामा न्यम ष्क लयध जभचभ। लेख्नुहुन्छ छोराले भनेछ । बुबा जिल्ल पर्नुभएछ । यसैलाई म साहित्य भन्ठान्छु । यो ऐनामा आस्तिक नास्तिक सबैले आफ्नो अनुहार देख्छन् ।

 

साहित्य कस्तो हुनुपर्छ रु अब उत्तर आफैँ भन्न सक्नुहुन्छ । भनिहालेँ साहित्य दर्पण हो । साहित्यभन्दा अगाडि सम्झिनुस् ऐना कस्तो हुनुपर्छ रु सबैको अनुहार देखिने साहित्य जसले रचना गर्छ । त्यो असल साहित्यसर्जक हुन्छ । आफ्नोमात्र अनुहार देखिने साहित्य जसले लेख्छ त्यो त भ्रम हो । उसले आफ्नै अनुहार पनि देखेको हुँदैन । हामी त मनोरञ्जनका लागि लेखिरहेका छौँ । साहित्य होइन ।

 

सत्साहित्यको प्रयोजन के हो रु मलाई साहित्यमा सत् र असत् जोडेको मनपर्दैन । यो निर्मल अविचलित ऐनामात्र हो । यसको प्रयोजन के हो त रु प्रश्न जस्ताको तस्तै छ । जो जस्तो छ, उसलाई त्यस्तै देखाउनु यसको प्रयोजन हो । सत्यदर्शन, सत्यप्रकाशन वा आत्मप्रकाशन । तपाईँले साहित्यमा त्यो सब पाउनको लागि सर्वप्रथम साहित्य चिन्नुपर्छ । होसियार त्यतिमात्र भएर हुँदैन । आफ्नो असली अनुहार लिएर साहित्यको अगाडि उभिनुपर्छ । अनिमात्र साहित्य दर्पण हो र तपाईँ आत्मसत्य । जय साहित्य ।