बिकल्प

गणेश भट्ट

 

जो कोहिलाई लाग्दोरहेछ
सहरमा ढोकामा लगाएको ताला जस्तो
छिटो खुल्छ भाग्य
रिण बापत जफत गरिएको किताब जस्तो
जर्बजस्त ज्ञानि छ समय
:
तर यो सहरमा ,
समयले यति दगुराउँछ कि
मान्छे पत्तै पाउँदैन सिटि यातायत बनेको
हावा चिस्याएर लिन्छ
मान्छे पत्तै पाउँदैन मुटु आईसक्रिम बनेको
:
मान्छेहरुलाई खुब मन पर्यो
अनुहारको रङ उडाएर
कोठामा फरक फरक रङको बत्ति बाल्ने ठाऊँ
मान्छेहरुलाई खुब मन पर्यो
कम्पुयटरमा कारोबार गरेर
मोटोपन घटाऊन दौडन पर्ने ठाऊँ
मान्छेहरुलाई खुब मन पर्यो
आप्mनै खबर भुलेर
पत्रिका बेच्नुपर्ने ठाऊँ
:
निदारको बिकल्प यहि
सरकारको बिकल्प यहि
:
यहाँ जून आर्ट ग्यालरीमा मात्र उदाउँछ
यहाँ अलाम बास्छ, मान्छेहरु हतार हतार उठ्छन
यँहाका सन्यासिहरुमा घर बसाउने रहर हुन्छ
:
आजभोली, जसलाई पनि
पहाडमा हिऊँ फुलेको भन्दा
आकर्षक लाग्छ शहरको घडेरी