बालकदेखि स्थापित स्रष्टासम्मको सिर्जना एउटै मञ्चमा

 

काठमाडौं । शनिबार राजधानिमा सप्रनेको १२ औं श्रृङखला भब्यताका साथ सम्पन्न भएको छ । प्रा।डा। ज्ञानू पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा बालकदेखि स्थापित स्रष्टासम्मले सिर्जना प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ज्ञानू पाण्डेले सप्रनेले अत्यन्तै सह्रानीय कार्य गरेको बताउनु भयो । उहाँ भन्नुहुन्छ, ूपहिला पनि धेरै सर्जकहरू थिए र त्यसमध्ये केहिमात्र स्थापीत हुन सफल भए । अहिले पनि केहिले मात्र उत्कृष्ट रचना गर्छन् । सबैमा उत्कृष्ट रचना गर्ने क्षमता हुँदैन । तर सबै खाले रचनाले आ–आफ्नो स्थानबाट साहित्य मार्फत समाजको विकासमा टेवा पु¥याइरहेका हुन्छ।ू लेखनीको सुरुमा हल्का किसिमको रचना गरेता पनि निरन्तरता दिन सके खारिँदै जाने कुरा समेत उहाँले बताउनु भयो । सप्रनेले भब्य र सव्य कार्यक्रमको आयोजना गरेकोमा बधाई दिंदै आगामी दिनमा पनि यस्तै कार्य गर्दै जान शुभकामना व्यक्त गर्नुभयो ।

 

६९ जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा ५८ जना स्रष्टाले  रचना वाचन गरे । वाचित रचनाहरू माथि प्रा। लक्ष्मीधर गुरागाईँले समिक्षा गर्नुभयो । उहाँले राम्रो रचना श्रवण गर्न पाएकोमा खुसि व्यक्त गर्नुभयो । उहाँले नेपाली साहित्यमा कविताको महत्वपूर्ण स्थान रहेको बताउँदै हाँस्यव्यङ्य विधा साहित्यमा चटनीको रुपमा रहेको समेत बताउनु भयो । कार्यक्रममा वाचित कविता, मुक्तक, गीत, गजलहरुको समिक्षा गर्दै गुरागाईँले भन्नुभयो,“खल्तीमा एकमोर छ । त्यो पनि साथीले चोर्छ । भने जस्तो गरि लेखिएको रचनाले साहित्यको विकासमा टेवा पु¥याउन सक्दैन । आज  देश बोलेका, प्रकृति बोलेका रचना प्रस्तुत भए । अझ उत्कृष्ट रचना आओस् । ”

 

समाजसेवी बिकु लामाले कार्यक्रममा बोल्दै  आफुले साहित्यको उत्थान गर्न पुस्तक र  पुस्तकालयकै क्षेत्रमा काम गरिरहेको बताउनु भयो । डिल्लीरमण पुस्तकालय लाजिम्पाटमा भएको उक्त कार्यक्रममा वरिष्ठ कवि पूर्ण विराम, ओमप्रसाद कोइराला, १० वर्षीय बालकवि सुजित भेटुवाल, विजयध्वज थापा, मणीराज शिंह, प्रमोद स्नेही, प्रशान्त खरेल, सुनिता खनाल, देवकी अभिलासी, तपेन्द्र घोडासैनी, गणेश भट्ट अणु, के।जी खड्का, सरु काविया, प्रदिप मैनाली, भुवन शिवाकोटी चौघरे, महेश प्रसाद रिमाल, बलराम बिष्ट, विक्रम पवन, सुस्मिता जिज्ञासु, राजेन्द्र प्रसाद ओझा, विन्दा खतिवडा लुरी, भावना न्यौपाने, कुमार नेपाल, भातृभण्डारी, दुर्गा अधिकारी, प्रदीप पोखरेल, परिवर्तन देवकोटा, रुपक ढुंगाना संरक्षण्, शिखर भट्ट, राजु भट्ट, केशवराज अर्याल, पवित्रा नेपाल, दीपक भेटुवाल, उदासी कार्की, निर्मल पराजुली ,शान्ता ढुङगाना, अस्मिता अधिकारी, रुद्र अधिकारी, उज्ज्वल उजागर गौतम, प्रभाकर पाण्डे, संजय श्रेष्ठ, इच्छुक अनिश्चित, असिम त्रिपाठी, उदास, दीपक रिमाल, हरि कोइराला साने, रचना रच्चु, भागिरथी ज्ञवाली, हेमा अधिकारी, टिएन भट्ट, हरिनारायण ढुङ्गाना, पुरुषोत्तम रिजाल, अनुराग खतिवडा, उत्तम विचार, उमेश पाण्डे, तारा के।सी, दुवारिका कुइकेल, नोहन रसिक, रश्मी रश्मी, लगायत ५८ जना स्रष्टाले रचना प्रस्तुत गरे ।

सप्रनेकी अध्यक्ष एवं उक्त कार्यक्रमकी सभादक्ष्य अमृता स्मृतिले उपस्थित स्रष्टालाई संबोधन गर्दै ‘सपनाको चिहानभित्र’ शिर्षकको कविता वाचन गरेर कार्यक्रम समापन गर्नुभयो ।