बलिउडले गुमायो चर्चित अभिनेता

 

मुम्बई । बलिउडका चर्चित अभिनेता ओम पुरीको ६६ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । हृदयघातका कारण उनको निधन भएको जनाइएको छ । ओम पुरीले आफ्नो करियरमा ३ सय भन्दा बढी फिल्ममा काम गरिसकेका छन् भने हउिडका फिल्ममा समेत काम गरिसकेका छन् ।

 

पुरी भारतको चर्चित पद्यमश्री पुरस्कारबाट समेत पुरस्कृत भइसकेका छन् । उनको अकस्मात भएको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख प्रकट गरेका छन् । १८ अक्टुबर १९५० मा जन्मिएका उनी अभिनयको क्षेत्रमा सक्रिय थिए । सन् १९८० मा प्रदर्शन भएको आक्रोस उनको करियरको पहिलो हिट फिल्म थियो ।