प्रियंकाले जीतीन हलिउडको पिपुल्स च्वाईस अवार्ड

प्रियंकाले जीतीन हलिउडको पिपुल्स च्वाईस अवार्ड

प्रियंकाले जीतीन हलिउडको पिपुल्स च्वाईस अवार्ड

पुस २३, २०७२- बलिउड स्टार प्रियंका चोपडाले हलिउडको प्रतिष्ठित पिपुल्स च्वाईस अवार्ड जितेकी छन् । अमेरिकन टिभी श्रृखला ‘क्वान्टिको’मा मुख्य भूमिकामा अभिनय गरेकी प्रियंकाले त्यसै भूमिकाका लागि नयाँ टिभी श्रृखलाकी लोकप्रिय टिभी अभिनेत्रीको अवार्ड पाएकी हुन् ।

विश्व सुन्दरीको ताज जितेपछि बलिउड प्रवेश गरेकी प्रियंकाले गत वर्ष यो टिभी सिरिजमा भूमिका पाएकी थिइन् । अभिनयका साथै संगीतमा पनि लागेकी प्रियंकाले गत वर्ष नै आफ्ना गीतको एल्बम पनि निकालेकी थिइन् । हलिउडको पिपुल्स च्वाईस अवार्ड पाउने प्रियंका दक्षिण एशिया क्षेत्रकी पहिलो कलाकार हुन् । श्रृखलामा प्रियंका एफबिआई एजेन्ट एलेक्स पेरिसको भूमिकामा छन् ।स्रोतःकान्तिपुर