पुस्तक प्रदर्शनीमा पाठकको ध्यानआकर्षण

स्रष्टाखवर समाचारदाता
२०७२, पुस २, अध्ययनबाट नै परिवर्तन सम्भव छ भन्ने उद्देश्यका साथ नाकावन्दीले ग्रष्त भएको पाठकको दिमागलाई भृकुटि मण्डपमा भईरहेको पुस्तक प्रदर्शनले ध्यानआकर्षण गराएको छ ।

साहित्यीक कितावहरुमात्र नभएर अन्य जीवनउपयोगी कितावहरु प्रदर्शनमा राखिएकाले पाठकको रुचि अझ बढेको आयोजक पाँच पोखरी प्रकाशन गृहले जनाएको छ ।

नेपाली पुस्तक बजारमा धेरै कितावहरु आएपनि दैनिक जीवनमा प्रयोग हुनेखालका कितावहरु कमै आएका छन् । तर पाँचपोखरी प्रकाशन गृहले भने मानिसको दैनिक जीवनमा प्रयोग हुने खालका कितावहरुनै बढी उपयोगी हुन्छ भन्ने हेतुले स्वस्थ्य, कृषि सम्बन्धि लगायत थुप्रै पुस्तकहरु प्रकाशन गर्दै आएको छ ।

विगत लामो समयदेखि आफुलाई बजारमा स्थापीत गराउन सफल पाँचपोखरी प्रकाशनले नाफा कमाउने उद्देश्यले भन्दा पनि पाठकलाई लाभ होस् भन्ने उद्देश्यले सस्तो शुल्कमा उपयोगी कितावहरु प्रकाशन गर्ने गरेको छ । पञ्चतत्व इन्टरनेशनल, साँग्रिला प्रकाशनको संयूक्त आयोजनामा भएको यस प्रदर्शनीमा पाठकहरुको भिडनै लागेको छ ।

महत्वपुर्ण एवं उपयोगी विदेशी कितावहरु नेपालीमा समेत प्रकाशन गर्ने गरेको प्रकाशनका अध्यक्ष राम श्रेष्ठले बताए । उनि भन्छन, पाठकको रुचिलाई ध्यानमा राखेर पुस्तक प्रकाशन गर्नु नै हाम्रो उद्देश्य हो । पुस्तक प्रदर्शनी पुस पाँच गतेसम्म चल्ने छ ।