पारिजात

parijat pपारिजात नै त्यस्ती स्रष्टा हुन् जो नेपाली भाषासाहित्यकी एउटा सार्वजनिक चौताराकी पर्यायवाची बनिन् । जजसले पारिजातलाई हाम्री मात्र पेवा भने पनि र पारिजात स्वयम्ले पनि आफूलाई कुनै खेमाभित्र सीमित पार्न चाहे पनि अन्ततः उनी सम्पूर्ण नेपालीकी पेवा बनिन् । अनि उनी नेपाली भाषासाहित्यकी एक प्रतिनिधि अस्तित्व नै बनिन् ।
पारिजातको जन्म १९९४ सालमा भएको थियो । यिनको स्कुलको नाउँचाहिँ विष्णुकुमारी वाइबा थियो । साथै यिनको चिनाको नाउँ भने छेकुडोल्मा थियो । विष्णुकुमारी वाइबाले पारिजातको फूल नदेख्तै आफैले आफ्नो नाउँ पारिजात राखेकी थिइन् । पारिजातको फूलको बोट भने यिनले काठमाडौं आएपछि मात्र देखेकी थिइन् । पारिजातको नाउँ राम्रो लागेर र पारिजातको फूल झरेपछि भुइँबाट मात्र टिपिन्छ भन्ने थाहा पाएर यिनले आफूलाई पारिजातमा नै रङ्गाएकी थिइन् ।
पारिजातका बुबा केएस लामा भारतीय सैनिक सेवामा आबद्ध थिए र आमा अमृता लामाले चाहिँ घरगृहस्थीलाई आफ्नो थाप्लामा बोकेकी थिइन् । पछि सैनिक सेवा छाडेर के। एस। लामा होमियो चिकित्सामा लागे । सैनिक सेवा छाडेपछि अथवा भनूँ औषधी बेच्ने काममा लाग्दा लामापरिवारको घरको छानो आर्थिक रूपले पातलो भएको थियो ।
पारिजातको बाल्यकाल कठ्याङ्ग्रिएर नै बित्यो । सानैदेखि उनी बिरामी भइरहन्थिन् । त्यसै बेलादेखि उनको शरीर कुँजिनेक्रम सुरु भएको थियो । पारिजात तेह्र वर्षी छँदा उनलाई हाडजोर्नी दुख्ने रोगले आक्रमण गरेको थियो । त्यही दुखाइ नै उनको जीवनभरिको साथी बन्न गयो । त्यसले उनलाई हरेक पल दुक्ख मात्र दिइरहृयो ।
पारिजात सानैदेखि अन्तर्मुखी स्वभावकी थिइन् । त्यस बेलादेखि नै उनी अटेरी, जिद्दी र एकलकाँटे पनि थिइन् । उनको वैयक्तिक चरित्रले उनलाई काव्ययात्रामा डोर्‍याएको थियो । सानैदेखि उनलाई आफ्नो घरगाउँका पाखा, पर्वत र जङ्गलमा डुलूँडुलूँ लाग्थ्यो, खोलाका डिलडिलमा सुतूँसुतूँ लाग्थ्यो र बाटाबाटामा गएर नाचूँनाचूँ लाग्थ्यो । पारिजात बाहिर गएको बेला सधैँजसो बनपाखाबाट फूल टिपेर ल्याउँथिन् र घरमा सजाउने गर्थिन् । फूल उनको मन पर्ने विषय मानिन्थ्यो ।
बाल्यकालमा नै पारिजातले आफ्नी आमा गुमाएकी थिइन् । त्यसैले घरका कामधन्दाहरू पनि पारिजातमा नै अटाउनुपथ्र्यो । त्यस बेला यिनले यस भूगोलको निर्देशक आफैलाई ठान्ने गर्थिन् र उनी जे मनमा लाग्यो त्यही गर्ने गर्थिन् ।
पारिजातले छ कक्षा पढ्न थालेदेखि नै धीत मर्ने गरी चुरोट तान्ने गर्थिन् । चुरोटमा राम्ररी बानी परेपछि यी गाँजा खान पनि तल्लीन हुन थालिन् । वास्तवमा बिहानबेलुकाको भात खाइसकेपछि धुवाँको हरर तलतल लागेको यी थाहा पाउँथिन् ।
पारिजातका बाबुको आफ्नी छोरीलाई डाक्टर पढाउने इच्छा थियो । तर पारिजातको भने नाच्न, गाउन, लेख्न, डुल्न, बरालिन, खेल्नमा नै मन थियो । त्यसैले उनले आफ्ना बाबुका योजनामा आफ्नो एक रत्ती मन दिएकी थिइनन् । उनी आफ्नो जीवनलाई स्वतन्त्र छाड्न प्रकृतिसँग अनुमति माग्थिन् । त्यसैले उनी कहिल्यै पनि अर्काको वशमा परिनन् ।
पारिजातले दशौं कक्षासम्म दार्जिलिङमा नै पढेर काठमाडौं प्रवेश गरिन् । काठमाडौंमा यिनी डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रममा भर्ना भएकी थिइन् ।
पारिजातले पद्मकन्या विद्याश्रमबाट एसएलसी पास गरिन् । यिनले आईए र बीए पद्मकन्या कलेजबाट पास गरिन् । पद्मकन्या कलेजमा पढ्दा पनि यिनले धेरै नै चुरोट तानिन् । त्यस बेला पद्मकन्यामा पढ्ने अरू विद्यार्थी पनि चुरोट खाने गर्थे । त्यहीँ पढेताका उनले गोविन्दबहादुर मल्ल गोठालेको ुयुगको शिकारु नामक नारीप्रधान नाटकमा नायिकाका रूपमा अभिनय गरिन्स त्यस नाटकमा यिनको जोडा चित्तरञ्जन नेपाली थिए । अनि त्यस नाटकका निर्देशकचाहिँ श्यामदास वैष्णव थिए ।
पारिजात स्नातक पास भएपछि वासुदेव लुइँटेलको सहयोगमा मदन मेमोरियल स्कुलमा अध्यापक बनिन् । त्यस बेला पारिजात त्यस स्कुलको नवौँ र दशौँ कक्षामा खास गरेर नेपाली, अङ्ग्रेजी, भूगोल र भारतको इतिहास पढाउँथिन् । त्यस बेला स्कुलमा गाइने पर््रार्थनागीत पनि यिनैले लेखेकी थिइन् । स्कुलमा गुरुआमा हुनुभन्दा अघि नै यी साहित्यसृजनामा पनि समर्पित थिइन् । पारिजातलाई साहित्यरचनामा प्रेरित गर्नेमध्ये अग्रपङ्क्तिमा चित्तरञ्जन नेपाली थिए ।
मदन मेमोरियल स्कुलमा पढाउँदापढाउँदै पारिजात क्रमशः बिमारी हुन थालिन् । यसले गर्दा उनी स्कुल छाड्न बाध्य भइन् । स्कुल छाडेपछि उनी बाथको बिमारले कुँजिइन् । त्यसैताका उनले खाटमा सुतीसुती साहित्यिक रचना रच्ने गरिन् । त्यही पीडामा रन्थनिएका बेला उनले एउटा उपन्यास पनि लेखिन् । उनको त्यस कृतिको नाउँ ुशिरीषको फूलु रहृयो । वास्तवमा त्यस किताबलाई उनले ुढिला विषु लगायत एघारवटा शर्ीषक राखी प्रेमा शाहलाई उपन्यासको उपयुक्त नाउँ चुन्न अनुरोध गरेकी थिइन् । त्यसैले त्यस कृतिको पाण्डुलिपि पढेर प्रेमा शाहले त्यसको नाउँ ुशिरीषको फूलु राख्न पारिजातलाई सल्लाह दिएकी थिइन् ।
ुशिरीषको फूलु लेखिसकेपछि पारिजातलाई रोगले झन्झन् सताउन थाल्यो । त्यसै बेलादेखि उनी जीवनभरि नउठ्ने भइन् । एउटा बैँसालु जीवनको भोग गरिरहेकै बेला उनी कुँजिने रोगबाट ग्रसित भइन् । त्यसपछि यिनले धूमपानका अतिरिक्त रक्सीको सेवनमा पनि आफूलाई डुबाउन थालिन् ।
शारीरिक रूपमा दर्ुबल, अशक्त र अक्षम भए तापनि मानसिक रूपमा पारिजात सशक्त थिइन् । उनको व्यक्तित्वको सबैभन्दा राम्रो विशेषता के थियो भने उनलाई देखेपछि जुनसुकै मान्छेलाई पनि उनीप्रतिको अत्यन्तै माया, श्रद्धा र स्नेहले पगाल्थ्यो । बैंसका बेलामा त यी सुगन्धित गुलाफ नै थिइन् र्।र् इश्वर बरालका अनुसार भन्ने हो भने ूबैंसमा पारिजातको रूप, शरीर र बोली तीनै थोकले युवाहरू मोहित हुन्थे ।ू त्यसैले धेरै युवाहरू उनका छेउ पुग्न धुरिन्थे ।
पारिजात प्रेमी स्वभावकी थिइन् । धेरैले पारिजात र शङ्कर लामिछानेका बीचमा पनि प्रेम रहेको शङ्का गरे । यसै प्रसङ्गमा वासुदेव लुइँटेलले भनेका थिए ूशङ्कर लामिछाने पारिजातका भान्से मात्र थिएस प्रेम गर्ने अरू नै थिए ।ू पारिजात सेक्सका मामलामा पनि त्यति टाढा थिइनन् । सेक्सका बारे उनी निर्धक्क भन्न र लेख्न पनि चुक्तिनथिन् र पछिसम्म उनले भनिरहिन् ूमेरो पहिलो प्रेमीसँगको शारीरिक चाहना अझ पनि छ मसँग ।ू
चौध वर्षपुगेपछि यिनले धनुवर मुखियासँग पहिलो औपचारिक प्रीति गाँसिन् । उनी सुन्दरी भएकै नाताले काठमाडौंमा पनि प्रायः साहित्यकारहरू उनका पछि लागिरहन्थे । त्यति बेला खास गरेर यौनपिपासुहरू माझ जोगिएर हिँड्न पारिजातलाई कठिन पनि थियो । वास्तवमा त्यस घडी आफ्नो नारीत्व जोगाउन उनी असफलै पनि थिइन् । किशोरावस्थामा नै दार्जिलिङबाट स्वच्छ तन लिएर काठमाडौंमा पसेकी पारिजातले भनेकी पनि थिइन् ूम दार्जिलिङबाट आउँदा चोखी केटी आएकी थिएँ, म कुनै करप्टेड केटी थिइन ।ू
पारिजातले साहित्य रचना गर्ने क्रममा प्रेम पनि लेखिन्, प्रकृति पनि लेखिन् र जीवन र जगत् पनि लेखिन् । लेख्तालेख्तै यिनले जम्माजम्मी तर्ेइस पुस्तक लेखिन् ।
पारिजातका जेजति साहित्यिक सृजना भए तापनि उनी ुशिरीषको फूलु ले नै बाँचेकी छिन् । उनका अन्य कृतिहरू आआफ्नै ठाउँमा स्थापित भए तापनि पारिजातलाई ुशिरीषको फूलुले मात्रै अघि सारेको छ । तर उनले कुनै बेला भनेकी थिइन् ूमेरो शिरीषको फूल च्यातिदिनू ।ू वास्तवमा उनका राजनीतिक गुरु गोविन्द भट्टले ुशिरीषको फूलुलाई ुकागजको फूलु लेखिदिएपछि उनले त्यस उपन्यासको तीव्र रूपमा आलोचना गरेकी थिइन् । मदन पुरस्कारसमेत टिपिसकेको त्यस कृतिलाई पारिजातले विकृत उपन्यासका रूपमा स्वीकार्दै जान थालेकी थिइन् ।
पारिजातको जीवनको दर्ुभाग्य उनको शरीर र घरको दयनीय आर्थिक अवस्था नै थियो । आर्थिक अवस्था ब्र्रिेका कारणले पारिजातले मदन पुरस्कारसँग प्राप्त गरेको चाँदीको फ्रेमपनि बेचेकी थिइन् । पारिजात बिरामी भएर थला पर्दा ठाउँठाउँमा उनका नाउँमा चन्दा उठाइन्थ्यो । जिल्लाजिल्लामा यिनको सहयोगार्थ थैली भेला पारिन्थ्यो । तर यिनका नाउँमा जेजति पैसा उठाइए तापनि यिनले कहीँबाट पनि कुनै पनि प्रकारका चन्दा र आर्थिक सहयोग लिइनन् ।
पारिजातलाई प्रगतिशील साहित्यकारहरूले गुरुआमा नै मान्थे । पारिजातको स्रष्टाले पहिलो चरणमा स्वच्छन्दतावाद र छायावादलाई अङ्कमाल गर्‍यो । त्यसपछिका दिनहरूमा पारिजातको साधनाले अस्तित्ववादी, राल्फावादी हुँदै प्रगतिवादी मोडमा पुगेर विश्रान्ति लियो ।
पारिजात साहित्यकार भएका नाताले राल्फाको नेतृत्वमा पसिन् । उनी नेपाल मानवअधिकार सङ्गठनकी उपाध्यक्ष पनि बनिन् । उनी प्रगतिशील लेखक सङ्घकी सदस्य पनि भइन् । उनी बन्दी सहायता नियोगकी संस्थापक तथा अध्यक्ष थिइन् । उनी मार्क्सवादी विचारमा बगेकी स्रष्टा थिइन् ।
पारिजातले नेपाली भाषासाहित्यको सेवा गरेबापत उनी २०२२ सालमा मदन पुरस्कारबाट सम्मानित भइन् । साथै यिनले गंकी वसुन्धरा पुरस्कार र र्सवश्रेष्ठ पाण्डुलिपि पुरस्कार पाइन् । त्यतिमात्रै होइन यिनले नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट विद्वद्वृत्ति प्राप्त गरेकी थिइन् । उनी त्रिभुवन विश्वविद्यालय सभाको सदस्यमा मनोनीत भइन् । त्यसै गरी उनलाई नेपाल तामाङ घेदुङ सङ्घ र ुजनमतु साहित्यिक मासिकबाट अभिनन्दन गरिएको थियो । उनको शेषपछि उनको तस्बिर अङ्कित तीन रुपियाँको हुलाक टिकट प्रकाशनमा ल्यायो । त्यसै गरी ठाउँठाउँमा पारिजातका सालिक बन्न थाले । त्रिमूर्त निकेतनले प्रेमराजेश्वरी थापा, गोमा र पारिजातलाई एकै ठाउँमा जोडेर पारिजातको पूर्णकदको सालिक निर्माण गर्ने पहल गरेको छ । उनका नाउँमा शिक्षण संस्था खुलेका छन् । उनका नाउँलाई शिर्षक बनाएर अनगिन्ती समालोचना, संस्मरण र जीवनीका कृति प्रकाशनमा आए ।
पारिजातको इहलीला २०५० साल वैशाख ५ गते एकाबिहानै समाप्त भएको थियो । पारिजातको स्वर्गारोहणले एकपटक नेपाल नै हल्लियो । नेपाली साहित्यकी सुगन्धको विर्सजनले नेपाली भाषासाहित्यको सम्पूर्ण फाँट नै गहिरो शोकमा डुब्यो । त्यसपछि पारिजात एउटा राजनैतिक खेमाकी सम्पत्ति मात्र नभई समस्त नेपाली भाषासाहित्यकी सार्वजनिक सम्पत्ति बनिन् । उनकाकृतिले नै उनी पाठकका भावनामा विराजमान भइन् ।

प्रस्तुति
नरेन्द्रराज प्रसाई