नेपाली हूँ नेपालको माया छाती भित्र

सुष्मा खड्का

नेपाली हूँ नेपालको माया छाती भित्र
खोजीहेर भेट्टाउनेछौ नेपालकै चित्र
हो……………. मेरो मुटु भित्र

(हिमालको देश मेरो, गौतम बुद्धको देश)२
अनेकथरी भाषा हाम्रो अनेकथरी भेष
नेपाली हूँ …नेपालको माया छाती भित्र
खोजीहेर भेट्टाउनेछौ नेपालकै चित्र
हो………………….मेरो मुटु भित्र

(हिन्दू मुस्लिम, बौद्ध अनि क्रीश्चियन मेरो धर्म)२
गरिव, रोगि, दिनदुःखीको सेवा मेरो कर्म
ईद पनि मुवारक हो, दशैतिहार शुभकामना
मेरी क्रीश्मस सबैलाई आउनुहै ल्होसारमा
हो………….. भेटौँला ल्होसारमा

चर्जमा दिप जलाई, मस्जिदमा नमाज पढौँला
स्तुपामा ध्यान जपी, मन्दिरमा अक्षता चढाउँला
यदि तिमी स्वर्ग खोज्न भौतारीन्छौ भने
स्वर्गकै हो एक टुक्रा मेरो नेपाल पनि
नेपाली हूँ नेपालको माया छाती भित्र
खोजीहेर भेट्टाउनेछौ नेपालकै चित्र