नेपाली लेखक सम्राटले जीते ‘एनइए’ अवार्ड

पुस ८, २०७२-  नेपाली लेखक अमेरिकाको इन्डियाना विश्वविद्यालयमाका प्राध्यापक सम्राट उपाध्यायले आख्यानतर्फ अमेरिकाको नेसन इन्डोमेन्ट फर ड आर्टस् ‘एनइए’ अवार्ड जितेका छन् । अंग्रेजी भाषामा लेख्ने सम्राटले अवार्ड साथ २५ हजार डलरको फेलोसिप पनि पाएका छन् ।

नेपाली लेखकले जीते  ‘एनइए’  अवार्ड

नेपाली लेखकले जीते ‘एनइए’ अवार्ड

विलक्षण प्रतिभाका धनी साहित्यकार सम्राटसँगै अमेरिका भरी छरिएर रहेका ३७ जना फिक्सन तथा क्रियटिभ ननफिक्सन लेखकले पनि यो अवार्ड पाएका छन् ।

साहित्यकार सम्राटका एरेस्टिङ गड इन काठमान्डु, द रोयल घोस्ट, गुरु अफ लभ, बुद्धाज अरफान र दि सिटी जस्ता पुस्तकहरु प्रकाशित छन् । सम्राट अमेरिकामा रहेर एउटा नेपाली साहित्यकारले ‘एनइए’अवार्ड जीत्न सफल भएकोमा नेपालका साहित्यकारहरुलाई पनि प्रेरणा मिलेको विज्ञहरु बताउँछन् ।