नेपालीहरुले अभावमा पनि छठपर्व मनाए

रानी पोखरीमा भक्तजनहरु छठपर्व मनाउँदै

रानी पोखरीमा भक्तजनहरु छठपर्व मनाउँदै

मंसिर १, २०७२
छठ पर्र्व नेपालीहरुको संस्कृति झल्काउने एक महान पर्व हो ।  देश नाका बन्दीले ग्रस्त भएकाबेला पनि नेपालीहरुले छठपर्व खुसियालीका साथ मनाएका छन् ।  ब्रतालुहरुले अभावमा पनि राजधानीको रानीपोखरीमा मंगलबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ चढाए । सोमबारदेखि ब्रत बसेका ब्रतालुहरुले बुधबार उदाउँदो सूर्यलाई अर्घ गरी ब्रत समापन गरेका छन् ।

‘आफ्नै मुल्य मान्यता बोकेको यो पर्वलाई छठ पवनी पनि भन्ने गरेको पाइन्छ । पनि  भनीने यो पर्व कात्तिक शुक्लपक्ष पञ्चमी, षष्ठी र सप्तमी गरी तीन दिन मनाइने गर्दछ । चौथीको दिनमा भने स्नान गर्ने र चोखो खाने गर्दछन् । विषेशत यो पर्व तराईमा मनाईन्छ । तराईका विभिन्न भागबाट आई राजधानीमा वसोवास गरिरहेका तराईवासीहरुले राजधानीमा नै छठ मनाए ।
भक्तजनहरुको लागि काठमाडौं महानगरपालिकाले रानीपोखरीमा छठ पर्वको आयोजना गरेको त्यहाँका कार्यान्वयन महाशाखाका प्रमुख धनपति सापकोटाले बताए । यसरी आयोजना गरेवापत कसैसँग चन्दा वा शुल्क लिने नगरेको पनि उनले बताए ।
अघिल्ला वर्षहरुमा पनि  रानीपोखरीमा विभिन्न संस्थाले छठ पूजाको आयोजना गर्दै आएको थियो । यस पर्वमा सूर्यदेवलाई चढाउन ब्रतालुहरुलेचोखो रहेर सख्खर र पिठोबाट बन्ने मुख्य रोटी  भुसुवा र ठेकुवा अघिल्लो दिन नै पकाउने गर्छन् । साथै अरु आवश्यक सामाग्रीहरु अगाडि देखि नै तयार गर्ने गरेको भक्तजनहरु बताउँछन् ।

यो पर्व आयोजना गर्न रानी पोखरीलाई झिलिमिली बत्ती बाली  नयाँ दुलहीलाई झैं सिंगारिएको थियो । गत बैशाखमा गरेको महाभूकम्पले पोखरी बीचमा रहेको शिवमन्दिर चर्केकोले त्यहाँ जान भने बन्द गरिएको थियो । काठमाडौंको कमलपोखरी पुगी छठका ब्रतालुसँगै राष्ट्रपति विद्यादेवि भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पूजा गरेका थिए।

छठ पर्वमा ब्रत बसी ब्रतालुहरु नजिकको पोखरी, नदी तलाउमा गई छठको दिन अस्ताउँदो र भोलिपल्ट विहान उदाउँदो सूर्यदेवलाई अर्घ गरी ब्रत समापन गर्ने परम्परा रहेको छ ।
यो ब्रत खास गरेर परिवारका सदस्यहरुको सुस्वास्थ्य र दीघायुको कामना गर्दै बस्ने परम्परा रहेको मैथलीभाषाका पत्रकार जनकपुर निवासी सरोज ठिलाडीले बताए ।

तराईमा  भब्य रुपमा मनाइने यो व्रत खास गरी चर्म रोग निको हुनको लागि बस्ने गर्दछन् । छठ पर्व कहिलेदेखि मनाउने गरेको भन्ने सम्वन्धमा महाभारतमा पाण्डवहरुलाई १२ वर्ष वनवास र एक वर्ष अज्ञातवास बसेको बेलामा उनीहरुले वनवास र अज्ञातवास निर्विघ्नतापूर्वक सम्पन्न होस् भनी सूर्यदेवको उपासना गर्दा सफल भएको भन्ने ठानी त्यसैको विश्वासले मानिसहरु सूर्योपासना गर्न थालेको र त्यसै वेलादेखि छठ पर्व मनाउन थालिएको भन्ने जनविश्वास पाइन्छ ।