नाटक ‘खडक सिंहको खडा हुँदैन’ विजयी

पुस १२, २०७२-नाटक ‘खडक सिंहको खडा हुँदैन’ लाई उत्कृष्ट सावित गर्दै कलेज थिएटर फेस्टिभल राजधानीमा शनिबार सकिएको छ ।

बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा सम्पन्न दसदिने फेस्टिभलमा मनीषजंग थापाले निर्देशन गरेको यो नाटकले २० हजार रुपैयाँसहित बेस्ट ड्रामा अवार्ड पाएको हो । एक्मी इन्जिनियरिङ कलेजको प्रस्तुति रहेको नाटक घमण्डले आफंैलाई हानि गर्छ भन्ने सन्देश बोकेको थियो ।

बेस्ट पर्फमरको उपाधिचाहिँ वामदेव केसीले पाए । उनले गोल्डेन इन्टरनेसनल कलेजको नाटक ‘प्रतीक्षालयमा मेटिएका कथाहरू’ को लागि उत्कृष्ट अभिनय गरेका हुन् । ग्रीष्मजंग कार्की र शेखर नेपालको निर्देशन रहेको नाटकमा वामदेव एउटैले चार पात्रको भूमिका गरेका थिए ।

अवार्डसँगै उनले १० हजार रुपैयाँ पनि पाए । फेस्टिभलमा नेपाल कलेज अफ म्यानेजमेन्ट, काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेमेन्ट ९कुसुम०, के एण्ड के इन्टरनेश्नल कलेज, आरआर क्याम्पस लगायत ६ वटा कलेज भाग लिएका थिए ।

नाटकको निर्णायकमण्डलमा घिमिरे युवराज, आशान्त शर्मा, अरुणा कार्की, केदार श्रेष्ठ र बादल भट्ट थिए । पाठशाला थिएटरले गरेको फेस्टिभलको यो तेस्रो संस्करण हो ।  स्रोतःकान्तिपुर