धादिंङमा सप्रनेको शाखा गठन

 

स्रष्टा प्रतिष्ठान नेपाल (सप्रने) को धादिंङ् शाखा गठन भएको छ । विगत ४ वर्षदेखि निरन्तर साहित्यिक गतिविधि गर्दै आएको स्रष्टा प्रतिष्ठान नेपालले शाखा विस्तारको क्रममा धादिंङ्बाट सुरुवात गरेको हो ।

 

उपस्थित भेलाले सप्रने धादिंङ् शाखामा ११ सदस्यको कार्यसमिति सर्वसम्मत चयन गरेको छ । अध्यक्षमा हरिशरण अर्याल, उपाध्यक्षमा कपिल जम्कट्टेल, सचिवमा कवि थापा मगर, सहसचिवमा बिनोद रिजाल र सर्गम राना त्यसैगरी कोषाध्यक्षमा सिर्जना लम्साल सहित सदस्यह बाबुराम श्रेष्ठ ,महेन्द्र तामाङ्, धर्मेन्द्र श्रेष्ठ, शक्तिमान लामा, रन्जीत पाठक चयन हुनु भएको छ ।

 

उक्त कार्यसमितिले आवश्यकता अनुसार सामाजिक तथा साहित्यिक गतिविधि गर्ने र प्रत्येक महिनाको अन्तिम शनिबार ठिक २ बजे धादिङ्बेसी धादिङ्मा नियमित सिर्जना प्रवाह गर्ने निर्णय गरेको छ ।