दिनेश अधिकारीको तस्बिरको कथा सार्वजनिक

 

स्रष्टाखबर समाचारदाता
गीतकार तथा कवि दिनेश अधिकारीको तस्बिरको कथा पुस्तक सार्वजनिक भएको छ । अधिकारीले राजधानीको भृकुटीमण्डपमा भएको पुस्तक मेलामा फरक धारको पुस्तक सार्वजनक गरेका हुन् ।

पुस्तक ऐतिहासीक भएको कुरा साहित्यकार प्राडा अभि सुवेदीले बताउनु भयो । तस्बिरको कथा नेपाल सरकारका मुख्यसचिव राजेन्द्र किशोर क्षत्री, गायक प्रेमध्वज प्रधान र साहित्यकार प्राडा अभि सुवेदीद्वारा संयुक्तरूपमा विमोचन गरिएको हो

यस्तो महत्वपूर्ण तस्बिरहरुको कथा बोकेको पुस्तक नेपालमा पहिले नलेखिएको उपस्थित साहित्यकारहरु र लेखक स्वयंले पनि बताउनु भयो । कवि एवं गीतकार अधिकारीलाई आफ्नो अनन्य मित्रको रूपमा चिनाउँदै मुख्यसचिव क्षेत्री भन्नुहुन्छ तस्रबिर आफैं बोल्छ भन्ने पढ्दै आएको थिएँ । तर अधिकारीले पुस्तक मार्फत तस्वीर आफैं बोल्दैन, बोलाउनुपर्छ भन्ने सहि सन्देश दिनु भएको छ ।
त्यसै गरी गायक प्रेमध्वज प्रधानले पुस्तक निकै महत्त्भवपूर्ण र उपयोगी भएको बताउनु भयो ।

 

उक्त समारोहमा तस्बिरको कथा किन्ने र अधिकारीसँग तस्बिर खिचाउनेको कमि थिएन ।