ढकालको शब्दले मन छोयो

geet

स्रष्टा खबर समाचारदाता

काठमाडौं । मंसिर ८
महिला पुरुषभन्दा भावुक र कोमल हन्छ भन्ने जानुका ढकालको एकल शब्दमा रहेको पहिलो गीत एल्बम मंगलबार राजधानीमा विमोचन भएको छ । नारीहरुको सृजनामा देशको प्रगती देख्ने ढकालको शब्द चयन सुन्दर तथा सरल शब्द रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य परिषदका उप कुलपती माननिय शम्भुजित बास्कोटाले ‘गीत’ एल्बमको सुन्दर र सरल शब्द चयनको कारण मन छोएको बताए । उनी भन्छन् , ‘मेरो गीतसँग गहिरो सम्बन्ध छ । यस्ता राम्रा गीतहरु बजारमा आउदा खुसी लाग्छ ।’ कार्यक्रममा बोल्दै उनले भारतले गरेको नाका बन्दीको विरुद्धमा सवै नेपाली एकजुट भएर लाग्न समेत आग्रह गरे ।

नवनारी मिडिया एण्ड रिसर्च प्रालिको प्रस्तुती गीतकार जानुका ढकालको शब्द र संगीतकार बिनोद पछाईको एकल संगीतमा विभिन्न लोकप्रिय कलाकारहरुको आवाजमा रहेको यस गीति एल्बम ‘गीत’ को बिमोचन समारोहमा श्रोता तथा कलाकारहरुको ठूलै भिड लागेको थियो ।

गीत एल्बममा गायिका संगीता राना प्रधानको स्वरमा तिमी आउछौ भनेर हो की तिमा्रे याद आइरह्यो बोलको गीतमा नायिका गरिमा पन्त र मोडल पुष्प खड्काका साथमा बाल कलाकार गीत पछाईले अभिनय गरेकी छिन् ।

जुटौ अब बनाउन हाम्रो देशलाई भन्ने गीतको भिडियो समेत कार्यक्रममा प्रदर्शनी गरीएको थियो । गायक बिनोद पछाईं र संगीता राना प्रधानको स्वरमा रहेको यो गीतलाई निर्देशक अजुर्न अधिकारीले निर्देशन गरेका हुन् ।

नायीका झरना थापा, संगीतकार राजु सिंह, अष्टे«लियन समाजसेवी माइक होगन, गायिका संगीता राना प्रधान, साहित्यकार राधेश्याम लेकाली, गीतकार चुणामणी देवकोटा लगायत थुप्रै कलाकार तथा संगीतकारहरुको उपस्थिति रहेको यस एल्बमको बारेमा गीतकार, प्राज्ञ तथा संगीत एवं नाट्य प्रज्ञा परिषदका सदस्य समेत रहनु भएकी उन्नती बोहोरा शिलाले समिक्षा गर्नु भएको थियो ।

नेपाल संगीत तथा नाट्य परिषदका उप कुलपती माननिय शम्भुजित बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा श्रोता तथा कलाकारहरुको भिड लागेको थियो ।