ज्ञवालीको दुई कृति विमोचन.सँगै सम्मान कार्यक्रम सम्पन्न

 

 
शनिबार राजधानीमा डा.भगवानचन्द्र ज्ञवालीको ‘सङ्घर्षको बाटो’ कथा सङग्रह र ज्ञवालीद्वारा अनुवाद गरिएको ‘अन्धा सङ्गीतज्ञ’ उपन्यास विमोचन एवं सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ श्री श्रवण मुकारुङको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा ज्ञवालीको पुस्तक विमोचनसँगै ‘सप्रन’े ले उहाँलाई सम्मान पनि गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मुकारुङले लेखकलाई बधाई दिनु भयो । उहाँले लेखकले रचना गरेपछि स्वयंले त्यसको जिम्मा लीने नलिने भन्ने विषयमा पनि प्रष्ट पार्नु भयो ।
वरिष्ठ साहित्यकार प्रा.राजेन्द्र सुवेदीले ज्ञवालीको कथा सङ्ग्रह माथि समालोचकीय धारणा राख्नु भएको थियो । सुवेदीले निकै सुन्दर ढङ्गले गहकिलो अन्तर्वस्तु भएको कथा ‘सङ्घर्षको बाटो’ भित्र रहेको बताउनु भयो । उहाँले नेपाली साहित्यमा एउटा अर्को फड्को मार्न सक्ने समेत बताउनु भयो ।
समालोचक हरि सिल्वालले ‘अन्धा सङ्गीतज्ञ’ उपन्यास माथि समालोचकीय धारणा राख्नु भयो । भ्लादिमिर कोरोलेन्कोद्वारा लीखीत उक्त उपन्यासमा साना साना विषय वस्तुलाई समेत सुन्दर ढंगले चित्रण गरिइको र महत्वपूण्र्व विषय वस्तुको सही उठान भएको बताउनु भयो ।
नेपाली साहित्यिक आकासका चम्किला तारा ज्ञवालीको अनुवाद कृति सहित १ दर्जनभन्दा बढि कृतिहरु प्रकाशित छन् । सप्रनेको १५ औं श्रृङ्खलामा गरिएको उक्त कार्यक्रममा रचना समेत वाचन गरिएको थियो । स्रष्टा प्रतिष्ठान नेपालकी अध्यक्ष अमृता स्मृतिले समारोहलाई विर्सजन गर्नुभयो ।