जिगीषा हाइकूसंग्रह भित्रको मन खोज्दा…

निरञ्जन पौडेल कुश्मा बजार, पर्वत

निरञ्जन पौडेल
कुश्मा बजार, पर्वत

कृति समीक्षा
समाजलाई साहित्यिक चेतनाको प्रकाशले उद्याउन भनि इन्द्रकुमार विकल्पले जिगीषा हाइकूसंंग्रह बजारमा ल्याएका छन् । साहित्यिक नक्ष्ँेत्र विकल्पको हाइकूसंग्रहमा १७२ वटा हाइकूसंग्रहले देश, कवि र उक्त संग्रहलाई नै रंगिन बनाएको छ । श्रृङखलाबद्ध कलमे आन्दोलनहरूमा कयौंको आवाजलाई एउटा सुइरोमा बोकेर मसीले जीवन्त पारेको इतिहास बोल्ने विकल्पको हाइकूसंग्रह पढ्न पाउ“दा म निकै हर्षित छु । उनको यस हाइकूसंग्रह प्रकाशनका लागि पर्वत साहित्य समाजले अग्रणी भूमिका खेलेको छ ।
वि.सं २०१८ सालमा पर्वतको कुश्मामा जन्मिएका विकल्पले ९ वटा कृतिहरू पाठक समक्ष्ँ ल्याइसकेका छन् । त्यस मध्येको एक जिगीषा हाइकूसंग्रहलाई २०७० मा प्रकाशन गरेका छन् । नेपाली कविताको आन्दोलनमा एक हरफे कविताले पनि इतिहास बनाएको
छ । हाइकूको इतिहासलाई नजिकबाट चिहाउ“दा जापानबाट सुरू भएको देखिन्छ । साहित्यमा स्थापित भइसकेका इन्द्रकुमार विकल्पले ओजिलो भाषामा शब्दहरूलाई निखार्दै शब्दहरू माझदै र टल्काउ“दै विचारलाई परिष्कृत रूपमा प्रवेश गराई उत्कृष्ट संग्रह पाठक माझ ल्याएका छन् । यस हाइकूसंग्रहको आकर्षक नामले गर्दा जो कोहीलाई पनि पढु“–पढु“ लाग्छ । यस भित्र संग्रहित हाइकूहरूले कुनै पनि पाठकलाई साहित्यिक रसको घुट्की पिलाउ“छ । नेपाली साहित्यको इतिहासमा हाइकूसंग्रहले त्यति प्रभाव जमाउन नसकेपनि वर्तमान अवस्थामा भने हजारँैं हाइकू प्रेमीहरू जन्मिएका छन् जसले इन्द्रकुमार विकल्प जस्ता हाइकू लेखकलाई अझै लक्ष्यमा दौडिनका लागि धकेलिरहेका छन् ।
साहित्यकलालाई साहित्यकारले मुर्ती कुदें जस्तै चारैतिर छिनो र घनले हिर्काउ“दै त्यसमा भएका गिर्खा, गा“ठा सफा गरेर मुर्तीलाई सुन्दर बनाउ“छ त्यस्तै हाइकूको शैली पनि भाषा कला र विचारको तार्तम्य मिलाउ“दै निश्चित सीमा भित्र रहदै सुन्दर रूपबाट प्रकट गर्नु लेखकको थप विशेषता हो । मैले यस हाइकूसंग्रहलाई अध्ययन गर्दै जा“दा हाइकूमा बोलिएको आवाज भित्र खेल्दै–खेल्दै जा“दा, लुटपुटिदै जा“दा गुजिल्टोमा अमिलो अंगुरमात्र होइन अति मीठा यस्ता अंगुरहरू लटरम्म फलिरहेका छन् । देशप्रेम र राजनीति मात्र नभइ विश्वको भाषा बोल्ने जिगीषा हाइकूसंग्रह वास्तवमा नै लोकप्रिय छ । यस हाइकूसंग्रहलाई मैले मन फुकाएर हेर्दा १७ वटा अक्षरमा के भनिएको होला त ? सानो रूपबाट हेर्दाको शैली नव पाठकलाई बुझ्न कठिन जस्तो देखिन्छ । यसको मुख्य कारण यसको कठिन लेखन प्रक्रिया नै भएको जस्तो लाग्छ । यस्तो हु“दा–हु“दै पनि यति मीठो संग्रहहरू समाजलाई सौजन्य दिन सक्ने लेखकको खुबी हो भन्न मन लाग्छ ।
जिगीषा हाइकूसंग्रहले सरल र मृदुभाषाको प्रयोग गरि कुनै पनि पाठकलाई पुरा पाठबाट निर्देशित गरेको छ । तसर्थ इन्द्रकुमार विकल्पको जिगीषा हाइकूसंग्रह वौद्दिक कलात्मक चिन्तनको गुजुल्टोमा आधारित मनको लिला सशक्त सौन्दर्य पक्ष्ँ पढों पढौं लाग्ने, पाठकले मन जोड्न पनि सक्ने फुकाउन पनि सक्ने समाजको चित्र उतारेका छन् ।
कुनै पनि सन्तानको खुन–खोट मैले देखिन, कसैले प्रेमबाट हेर्ला, कोही राष्ट्रियता खोज्ला । जसले जे खोजेपनि यस जिगीषा हाइकूसंग्रह भित्र फेला पार्न सक्छ । हाइकूको जटिलता के हु“दो रहेछ भने विम्ब भित्र भन्नु पर्ने हु“दा विचारको नशा कहा“ छ भनेर खोजियो भने मोटो मान्छेको नाडी छाम्दा नशा पत्ता लगाउन चिकित्सकलाई मुश्किल परेजस्तै कला र विचारको स्थिति छाम्दा धौ–धँै पर्दो रहेछ । जे होस् यस संग्रहभित्रका हाइकूहरू पठनीय छन्, वौद्धिक छन्, समसामयिक छन् , कलापक्ष्ँ शसक्त छ । विम्वको उचित रूपमा प्रयोग गरिएको छ । तसर्थ लेखकले आगामी दिनमा यसभन्दा पनि प्रखर विचारयुक्त हाइकूहरू बजारमा ल्याउने सफल मिलोस् । साहित्यको अमृतरूपी चास्नीमा डुबाइएको जिगीषा हाइकूको मिठास यस्तो छ की कुनै पनि पाठकले उनको हाइकू पढ्दा साहित्यिक रसवरी खाएको अनुभव गर्छन् । उनले यस्तै किसिमका हाइकूहरू भविष्यमा पनि पाठक माझ ल्याउने छन् भन्ने आशा गरेको छु ।
लेखक विकल्पले अहिलेसम्म नेपाली साहित्यको फूलवारीमा नौ वटा फूलका विरूवाहरू हुर्काइसकेका छन् । उनले साहित्यरूपी विरूवाको हेरचाहमा कुनै पनि कमी नदिई दिनरात फूलवारी सजाउने प्रयत्नमा छन् । उनको यस प्रयत्न सफल होओस् छिट्टै नै हामीले नेपाली साहित्यको फूलबारीमा धेरै मौरी र रंगीविरंगी पुतलीहरू डुलेको देख्न पाउने छौं भन्ने आशा सहित शालिन शब्द भण्डारका मालिक इन्द्रकुमार विकल्प नेपाली साहित्य जगतमा छलाङ मार्न सकुन् भन्दै साधुवाद π