छक्का पञ्जा’ले राजधानी र मोफसलका २२ ओटा सिनेमा हलमा ५१ दिन मनायो

 

काठमाडौं,  यस वर्षको सर्वाधिक सफल चलचित्र ‘छक्का पञ्जा’ले राजधानी र मोफसलका २२ ओटा सिनेमा हलमा ५१ दिन मनाएको छ । यसै साता यस फिल्मले सफल प्रदर्शनीको ५१ औं दिनमनाएको हो ।

यो चलचित्र गत २४ भाद्रबाट देशव्यापी प्रदर्शनमा आएको हो । फिल्मले काठमाडौं उपत्यकाका १२ ओटा हलमा सफल प्रदर्शनीको ५१ औं दिन मनाएको हो । राजधानीको क्युएफएक्स लबिम मल, क्युएफएक्स सेन्टर, कुमारी, बिग मुभिज, गोपीकृष्ण, गुण, अष्टनारायण, गंगा, बाराही, क्युबलगायतका सिनेमा हलमा ५१ औं दिन मनाएको यस चलचित्रकी निर्देशक दीपाश्री निरौलाले जानकारी गराइन् ।

यस्तै, उपत्यकाबाहिर पोखरा, नारायणघाट, हेटौंडालगायत १० सहरका सिनेमा हलमा यस चलचित्रले ५१ औं दिन मनाएको पनि उनले जानकारी गराएकी छिन् । सो अबसरमा गत शनिबार चलचित्र छक्का पञ्जा टोलीले दर्शकसँग खुसी साट्न काठमाडौंमा ¥यालीको आयोजना ग¥यो । शनिबार बिहान पशुपतिमा पूजा गरेर पशुपतिबाट सो ¥याली सुरु भएको थियो । ¥यालीमा छक्का पञ्जाका कलाकारहरू दीपकराज गिरी, दिपाश्री निरौला, जितु नेपाल, वर्षा राउत, नम्रता सापकोटा, किरण केसी, बसुन्धरा भुसालसहित वितरक गोपाल कायस्थ रविभिन्न प्राविधिक तथा सहयोगीहरू सहभागी थिए ।

व्यान्डबाजासहित सो ¥याली पशुपतिबाट गोपीकृष्ण, गंगा, गुण, कुमारीसहित राजधानीका १२ ओटा हलमा पुग्यो । सो हलमा पुगेर दर्शक र हलका कर्मचारीसँग छक्का पञ्जा टोलीले खुसी साटेको थियो । दर्शकले नै आफ्नो चलचित्रलाई सफल तुल्याएकाले दर्शकहरूसँग खुसी साट्न सडकदेखि सिनेमा हलसम्म ५१ औं दिनको ¥याली आयोजना गरिएको निर्देशक निरौलाले जानकारी गराइन् । उनका अनुसार अहिले चलचित्र छक्का पञ्जाले १५ करोडमाथिको व्यापार गरिसकेको छ । चलचित्र अझै गोपीकृष्ण, गुणसहित केही सिनेमा चलिरहेको छ ।

स्रोतः राजधानी ।