चोमोलुङ्मा सम्मान एवं साहिल एल्बम सार्वजनिक

स्रष्टाखबर समाचारदाता
शनिबार राजधानिमा चोमोलुङ्मा प्रतिष्ठान नेपालको नवौं वार्षिकोत्सवको अवसरमा चोमोलुङ्मा सम्मान २०७३ एवं साहिल एल्बम सार्वजनिक भएको छ । साहित्य, संगीत र कलाको क्षेत्रमा काम गर्दै आएको प्रतिष्ठानले यस पटक साहित्यको क्षेत्रमा डा.रेणुका थापा र संगीतको क्षेत्रमा खर्क बहादुर बुढालाई सम्मान गरेको छ ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव कार्यक्रमका प्रमुख आतिथि श्री गणेश रसिकको हातबाट नगद रु ८,८४८÷–सहित डा.रेणुका थापालाई ‘चोमोलुङमा मन–लक्की साहित्य सम्मान–२०७३’ प्रदान गरिएको छ भने नेपाल लोक तथा आधुनिक संगीतको क्षेत्रमा निरन्तर लागिपरेका खर्क बहादुर बुढालाई रसिकको हातबाट नगद रु ८,८४८÷– सहित ‘चोमोलुङमा पविधन खालिन संगीत सम्मान –२०७३’ द्वारा सम्मान गरिएको छ ।


प्रमुख अतिथि रसिकले सम्मानीत व्यक्तित्व र साहिल एल्बमकी गायीका संगीता राईलाई बधाई दिनु भयो । उहाँले यस्तो सह्रानीय कार्य गरेकोमा आयोजकलाई धन्यवाद दिँदै आगामि दिनमा अझ उत्कृष्ट ढंगले अगाडि बढ्न सकोस भन्ने कामना गर्नुभयो ।
कार्यक्रममा बोल्दै सम्मानीत व्यक्तित्व डा.रेणुका थापाले यो सम्मानले थप जिम्मेवारी बोध भएको बताउनु भयो । उहाँ भन्नुहुन्छ, “सोलुखुम्बु जिल्लाको मात्र नभएर अब देशकै लागि मैले केही स्मरणीय कार्यहरु गर्नुपर्दछ । मैले यो सम्मानको पनि सम्मान गर्न अझै साहित्य र सामाजिक गतिविधिमा समय समर्पण गर्नुपर्दछ ।” उहाँले सम्मानको कहिल्यै पनि अपमान हुन नदिने प्रण समेत गर्नुभयो ।
त्यस्तै अर्का सम्मानीत व्यक्तित्व खर्क बहादुर बुढाले सम्मानको सम्मान गर्दै आयोजकप्रति आभार प्रकट गर्नुभयो । उहाँले आगामी दिनमा अझ अविस्मरणीय कार्य गर्न उर्जा मिलेको बताउनु भयो ।
कार्यक्रमका सभादक्ष्य जसिहाङ राईले विगतमा प्रतिष्ठानले गरेको कार्य र अब गर्ने कार्यको जानकारी गराउँदै सभालाई विसर्जन गर्नुभयो । दुई चरणमा सम्पन्न उक्त कार्यक्रममा साहित्यिक तथा सांस्कृतिक प्रस्तुती पनि रहेको थियो । वि.सं. २०६४ सालमा स्थापना भएको चोमोलुङ्मा प्रतिष्ठान नेपालले २०६७ सालदेखि प्रत्येक वर्ष साहित्य, संगीत र कलाको क्षेत्रमा अविस्मरणीय योगदान पु¥याएका व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ ।