चलचित्र ‘लक्ष्यको’ फस्ट लुक्स

काठमाडौं÷रास– शनिबार राजधानीमा एक समारोहबिच चलचित्र लक्ष्यको ‘फस्ट लुक्स’का रूपमा पोस्टर र ट्रेलर प्रदर्शनीगरिएको छ ।आगामी ५ चैतबाट सो चलचित्र देशव्यापी प्रदर्शनी गरिने यसका निर्देशक मिलन आले मगरले बताए । चलचित्र एक्सन प्रधान रहेको उनको भनाइ थियो । यो फिल्ममा सविन श्रेष्ठ, अनु शाह, सारिका केसी, सुनिल थापा, अर्जुनजंग शाहीलगायतको मुख्य भूमिका रहेको पनि उनले जानकारी गराए ।

 चलचित्र ‘लक्ष्यको’ फस्ट लुक्स


चलचित्र ‘लक्ष्यको’ फस्ट लुक्स

चरित्र अभिनेता सुनिल थापाले अर्जुनजंग शाही र आफू चलचित्र चिनोपछि बल्ल लक्ष्यबाटसँगै दर्शकमाझ आउन लागेको खुलासा गरे । यस्तै, चलचित्र दैवसंयोग खेलेपछि फिल्म खेल्न नभ्याएको र १७ वर्षपछि बल्ल आफू पुनः चलचित्र अभिनयमा फर्किएको कलाकार अर्जुनजंग शाहीले कार्यक्रममा जानकारी गराए ।

निर्माता ओमलाल गुरुङले करिब १ करोडको लागतमा निर्माण भएको ‘लक्ष्य’ फरक फिल्म भएको दाबी गरे । यस चलचित्रमा अर्जुन पोखरेल र टंक बुढाथोकीको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको पनि कार्यक्रममा जानकारी गराइयो ।