चलचित्र नगरी गोरखा लैजान दिएको अभिव्यक्तिप्रति आपत्ति

चलचित्र नगरी गोरखा लैजान दिएको अभिव्यक्तिप्रति आपत्ति

चलचित्र नगरी गोरखा लैजान दिएको अभिव्यक्तिप्रति आपत्ति

पुष १५,२०७२-प्रधानमन्त्री केपी शर्मा ओलीले दोलखाको लाकुरीडाँडास्थित डाँङडुङेडाँडामा निर्माण हुन लागेको नेपालकै पहिलो चलचित्र नगरी गोरखा लान लागेको भन्दै दोलखावासी आन्दोलनमा उत्रिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले दोलखाको लाकुरीडाँडास्थित डाँङडुङेडाँडामा निर्माण हुन लागेको नेपालकै पहिलो चलचित्र नगरी गोरखा लान लागेको भन्दै दोलखावासी आन्दोलनमा उत्रिएका छन्। 

नेपाल चलचित्र विकास बोर्डले डाँङडुङेडाँडामा नेपालको पहिलो चलचित्र निर्माणका लागि चार वर्षदेखि विभिन्न चरणका कार्य गर्दै आएको छ। सामुदायिक वनको क्षेत्रमा पर्ने र चलचित्र नगरीलाई आवश्यक पर्ने करिब १५ सय रोपनी जग्गा प्राप्ति अन्तिम चरणमा पुगेको छ। चलचित्र नगरीको निर्माणका लागि सम्भाव्यता अध्ययन कार्य पूरा भइसकेको छ।

त्यसको प्रारम्भिक प्रतिवेदनसमेत सकारात्मक आएको चलचित्र नगरीका अभियन्ता मदनदास श्रेष्ठले बताए। आयोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकनको कार्यसमेत सम्पन्न भइसकेको छ। आर्थिक वर्ष २०७१÷०७२ मा सरकारले वातावरणीय प्रभाव मूल्यांकन र सम्भाव्यता अध्ययन कार्यका लागि २ करोड बजेट विनियोजन गरेकोमा हालसम्म ३७ लाख खर्च भइसकेको जनाइएको छ।

दोलखामा चलचित्र निर्माणका लागि अभियन्ता एवं अग्रज कलाकार मदनदास श्रेष्ठले सरकारले राष्ट्रिय प्राथमिकतामा राखेको आयोजनाविरुद्ध प्रधानमन्त्रीले बोल्दै हिँड्नु दुःखद भएको बताए । ‘चार वर्षदेखि सरकारले खर्च गर्दै आएको र राष्ट्रिय प्राथमिकतामा परेको आयोजना सरकारी आयोजनाबारे थाहा नपाउने कस्तो प्रधानमन्त्री हो ?’ उनले प्रश्न गरे।

प्रधानमन्त्रीले दोलखाको डाँङडुङेडाँडामा निर्माण गर्न लागिएको चलचित्र नगरीलाई गोरखामा लैजान प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति नेपाल चलचित्र विकास बोर्डले अनभिज्ञता प्रकट गरेको छ।

बोर्डका सदस्य रूपा रानाले चलचित्र विकास बोर्ड दोलखाको डाँङडुङेडाँडामा नै चलचित्र नगरी निर्माणको आयोजनामै लागिरहेको उल्लेख गर्दै प्रधानमन्त्रले दिएको अभिव्यक्ति र त्यस्तो आयोजनाबारे आफूलाई थाहा नभएको बताइन्। यस विषयमा बोर्डमा कुनै छलफल नभएको पनि उनले जानकारी दिइन्। स्रोतः राजधानी