गजल

इन्द्र लम्साल
सुर्खेत

दुस्मन संग केवल कातर डराउछ
मुर्खको अगाडि पो ईश्वर डराउछ ।

मान्छे यतिसम्म कठोर भएको छ
उसलाई देखेर स्वयं पत्थर डराउछ ।

जो सङ्ग अथाह धन पैसा निक्षेप छ
उ संग मात्र यो पुरै सहर डराउछ ।

कि तिमीले हतार नगरेको बुझिन्छ
कि म सम्म आउन यो खबर डराउछ ।