गजल

udasi

सानो छ यो झन अटाउछ आटाउदैन
दलानमा आगन अटाउछ आटाउदैन

छोरालाई किनिदिएको खेलौनामा
मेरो बचपन अटाउछ अटाउदैन

हजार भेटिन्छन् बाहिर नजरहरु
एउटीको मन अटाउछ अटाउदैन

हिजोको आज परिवर्तन भयो भने
भोलि त्यो चलन अटाउछ अटाउदैन

काट्न त आखिर दुबैले काट्ने नै हो
चक्कुमा गर्धन अटाउछ अटाउदैन