गजल

चढीगो जवानी कहाँ नीद लाग्छ ।
नराम्रो छ बानी कहाँ नीद लाग्छ ।। १।।

उघारेछु व्यर्थै धरामा नजर यी । गयो
जिन्दगानी कहाँ नीद लाग्छ ।। २।।

सधैँ प्रेमको कल्पनामा म हुन्छु । तिमी छौ
निशानी कहाँ नीद लाग्छ ।। ३।।

म तड्पिन्छु तिम्रो मीठो सुन्न बोली ।
अरे फोन् नहानी कहाँ नीद लाग्छ ।। ४।।

भनिन् प्रेमिकाले तिमी सम्झिएर ।
नच्यापी सिरानी कहाँ नीद लाग्छ ।।५।।

पुरु रिजाल थाँक्रे  धादिङ