गजल

यात्रीप्रकाश पाण्डे

कोही टाढिरहेछ, कोही कुरिरहेछ,
यहाँ पहिल्यैदेखि यस्तै दुरी रहेछ ।

खामभित्र राखेर ससम्मान पठाएथ्यो
उपहार भनौँ या के भनौँ ? छुरी रहेछ ।

वकिलसाबको विरुध्द उजुरी दिऊ ?
ममाथि प्रहार उसको मजबुरी रहेछ ।

जिन्दगानी अरु कोही नहुँदा नि चल्छ
बाबुआमाको माया भने जरुरी रहेछ ।

उसलाई उक्साएछ, मलाई पनि उक्सायो
थानामा हामी दुवै विरुध्द उजुरी रहेछ ।