गजल

 

बलराम तिमल्सिना

किसान मजदूरका छोराछोरीले वन्दूक नसमाएको भए !
अहँ विहान हुदैनथ्यो सहिदले रगत नवगाएको भए !

यो दुखको पहाड शाहसले मात्रै त पक्कै ढल्ने थिएन !
गरीव दुःखीहरूले खोकिलामा हालेर नहुर्काएको भए !

यो कुम्भकर्ण अझै केही दशक पुरानै थाङ्नामा सुत्थ्यो !
यसको कानमा वन्दूक पड्काएर नजगाएको भए !

त्यो बूढो राजनीतिज्ञ हुवहु ऊजस्तै देखिने थियो !
श्रीपेच लगाएको भए यसले टोपी नलगाएको भए !