गजल

 

दिप न्यौपाने

छिनो हम्मर चलाउँदै ठेलामा बिताएँ जिन्दगी
म्यारिज धुम्बल तासको खेलामा बिताएँ जिन्दगी

राम्रो जागिर पाउने आशै आशामा भौतारिँदा
काँग्रेस, कम्युनिष्ट पार्टी कै भेलामा बिताएँ जिन्दगी

कुट्टा,े कोदाली, हँसिया नाम्लो सारथी बनाएर
चैत, वैशाख, आषाढ मंसिर मेलामा बिताएँ जिन्दगी

जाती, धर्म, भाषा बीच खाडल देखा परेपछि
आफ्नै प्रेमिकाको हेलामा बिताएँ जिन्दगी

दोबाटो यो जिन्दगी आउने जाने भइरह्यो
आजसम्म आफन्तकै झोलामा बिताएँ जिन्दगी ।।