गजल

 

हेमन्त शिशिर

पठाउने ले सधै चिठि पठाउने रहेछ
पाउने ले खालि खाम पाउने रहेछ

आफू लाई नदेखिएको बर्षौ भै सक्यो
ऐना को काम खालि देखाउने रहेछ

बलेको देखेर आँखा मा राख्न खोजे
जुनकीरी आँखा मा बिझाउने रहेछ

तब प्लास्टिक राखि दिईन आमा ले
छोरो हर रात सिरानी भिजाउने रहेछ ।।