कलाकारलाई दीर्घ सेवा सम्मान प्रदान

स्रोतः राजधानी

काठमाडौं । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) ले आइतबार आफ्नो स्थापनाको ४४औं वार्षिकोत्सव मनाउँदै २५ वर्ष सेवा पूरा गरेका आफ्ना १२ जना कलाकारलाई दीर्घ सेवा सम्मान प्रदान ग¥यो । जनही एक ग्रेड थपसहित कलाकारहरूलाई दोसल्ला ओढाएर ताम्रपत्रबाट सम्मानितगरिएको हो ।

सम्मानित हुने कलाकारमा नाट्य निर्देशक वीरेन्द्र हमाल, नृत्य निर्देशक केशवराज राई, नृत्यकलाकारहरू मदन थापा, नरेन्द्रकुमार आले, अञ्जु रञ्जितकार, मनोज जोशी, गायक वाद्यवादक खर्कबहादुर बूढा, कृष्णबहादुर गुरुङ, नरसिंहलाल श्रेष्ठ, लोकराज राई र कर्मचारीहरू विद्या राना तथा हरिहर खड्का हुन् ।

यस्तै, जनही ५ हजार रुपैयाँसहित प्रोत्साहन पुरस्कारबाट कलाकार विजय मानन्धर, शारदादेवी सिलवाल, रमेश केसी मट्टारे, सुशीला थापा एवं कर्मचारी दीपक पौडेल र चन्द्रा पोडेलाई पुरस्कृत गरियो । वार्षिक उत्सवको अवसरमा संस्थानका कर्मचारीबीच भएको विभिन्न खेलकुद प्रतियोगिताका विजेतालाई पनि कार्यक्रममा पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवं तत्कालीन पुरातŒव एवं संस्कृति विभागका निर्देशक सत्यमोहन जोशी र संस्कृति मन्त्रालय संस्कृति महाशाखा प्रमुख भरतमणि सुवेदीले संस्थानबाट प्रकाशन सुरु गरिएको चौमासिक बुलेटिन ‘हाम्रो संस्कृति’को विमोचन गरे ।

कार्यक्रममा बोल्दै संस्कृतिविद् सत्यमोहन जोशीले २०१६ सालमा आफूलाई पुरातŒव एवं संस्कृति विभाग निर्देशकमा नियुक्त गरिएपछि जमलको काठ गोदामलाई लिलाममा लिएर अहिलेको राष्ट्रिय नाचघर बनाएको स्मरण गराए । उनले विभिन्न व्यक्तिको योगदानबाट अहिलेको सुविधासम्पन्न नाचघर बनेको हो, भने ।

संस्थानका महाप्रबन्धक राजेश थापाले सांस्कृतिक संस्थानको महŒवबारे प्रकाश पार्दै आफू नियुक्त भएयता १० महिनामा गरेका कामबारे प्रकाश पारे । नेपाली कला संस्कृतिको संरक्षण, प्रदर्शन र प्रवद्र्धनमा आगामी दिनमा अझै धेरै काम गर्ने प्रतिबद्धता जाहेर गरे ।

संस्कृति मन्त्रालय संस्कृति महाशाखा प्रमुख एवं कार्यक्रमका अध्यक्ष भरतमणि सुवेदीले हरेक बाह्य मुलुकमा राष्ट्रिय नाचघर तथा सांस्कृतिक केन्द्रले त्यहाँको कला संस्कृति, नाटक, नृत्य, संगीतको प्रवद्र्धनमा महŒवपूर्ण योगादान पु¥याएको स्मरण गराउँदै सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) ले पनि नेपाली कलासंस्कृतिलाई प्रवद्र्धन गरेर अन्तराष्ट्रिय क्षेत्रमा पु¥याउने धारणा राखे ।अग्रज कलाकार एवं संस्थानका पूर्वमहाप्रबन्धक हरिहर शर्माले नयाँ नाचघर बनाउँदा आफूले खेप्नुपरेको मुद्दामामला र तनावका कारण मुटुरोगी भएको बताए । तर, अहिले सांस्कृतिक संस्थानले गरेको प्रगति देख्दा आफूले पुराना पीडा सबै भुल्ने गरेको बताए । उनले भावुक हुँदै आफूलाई आफ्नो घरभन्दा नाचघरको बढी माया लाग्ने गरेको छ भने । यस्तै, पूर्वमहाप्रबन्धक लक्ष्मण रायमाझीले संस्थानको प्रशासनिक भवन निर्माणका क्रममा मुद्दा झेल्दाका स्मरण सुनाउँदै नेपाली कला संस्कृतिको संरक्षणमा क्रियाशील संस्थानलाई अब सातओटै प्रदेशमा शाखाको रूपमा विस्तार गर्नुपर्ने सुझाव दिए ।

संस्थानका पूर्वमहाप्रबन्धक रायनले आफूले सात महिना संस्थानमा बसेर काम गर्दै अहिलेको सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरको पूर्वाधारको जग राखेको स्मरण सुनाए । यस्तै, संस्थानका पूर्वअध्यक्ष प्रदीप बमजमले आफू अध्यक्ष भएपछि नाचघरमार्फत धेरै नाचको संरक्षण र प्रवद्र्धन गरेको अनुभव व्यक्त गरे ।