अन्तरेको पर्दा उर्घादा सार्वजननिक

स्रष्टाखबर समाचारदाता
पुस २५, २०७२ –शुक्रवार राजधानीमा टङ्क पराजुली (अन्तरे) द्वरा लिखित पर्दा उघार्दा पुस्तक लोकार्पण भएको छ । पुस्तकको रुपमा प्रकाशित भएको टङ्क पराजुलीको यो पहिलो कृति हो । लेखकले पुस्तकमा जीवन र जगतलाई हेर्ने र फेर्ने भौतिकबादी देष्टिकोण प्रस्तुत गरेका छन् ।

अन्तरेको पर्दा उर्घादा सार्वजननिक

अन्तरेको पर्दा उर्घादा सार्वजननिक

एमालेका वरिष्ठ नेता झलनाथ खनाल प्रमुख अतिथि रहेको पुस्तक लोकार्पण समारोहमा दर्शक तथा स्रोताको भिड लागेको थियो । संस्कृतिविद डा.मोदनाथ प्रश्रित, साहित्यकार विष्णु प्रभात लगायत थुप्रै साहित्यकारहरुको उपस्थिती रहेको थियो । पर्दा उघार्दा पुस्तकमा लेखकले जीवन र जगत्को सृष्टि र राज्यसत्ताको उत्पत्ति, हिन्दु संस्कार, संस्कृतिको उत्पत्ति विकास र नेपाल राष्ट्र निमार्ण, मानव जन्म र मृत्यु, भाग्य, कर्म, लेखान्त र भावी आदि जस्ता विषय समेटेका छन् । पाठकले उक्त पुस्तक भित्र पाप र धर्म, सपना, ज्योतिष विज्ञान र समाज विकासक्रममा महिलाको भूमिका हिजो र आज लगायतका विषयहरु सुन्दर ढंगले प्रस्तुत गरेका छन् ।

p

समारोहमा बोल्दै साहित्यकार तथा वरिष्ठ समालोचक विष्णु प्रभातले पुस्तक दर्शनसँग सम्बन्धित भएको र निकै उपयोगी भएको बताए, । त्यस्तै संस्कृतिविद डा. मोदनाथ प्रश्रितले परम्परागत रुढ चिन्तनहरुको गम्भी।र शल्यक्रियासहित “पर्दा उघार्दा” शीर्षकमा युगमुखी, विज्ञानमुखी र जनमुखी रचनासहित लेखक प्रस्तुत भएको बताए । उनी थप्छन्, “मानिसहरुले परम्परादेखि विश्वास गर्दै आएका स्वर्ग, नरकजस्ता धेरै कुरालाई विज्ञानको डोजरले भत्काउँदै पन्साउँदै लगेको छ । यस कृतिले पनि त्यस्तै प्रयास गरेको छ ।”

कार्यक्रमका प्रमुख अतिथि झलनाथ खनालले यो पुस्तक नेपाली समाज एउटा थप नयाँ आयाम भएको बताए । यस पुस्तकले जीवन र जगतलाई हेर्ने र फेर्ने भौतिकवादी दृष्टिकोण दिन सफल हुनेछ भन्नु भयो ।